Front Gallery


Aswikrit award 066 to Dr. Madhurya, Russia


Aswikrit award 065 to Hom Nath Subedi


Aswikrit award 065 to Hom Nath Subedi handed over in USA


Children's Literature Promotion Honor-065 to Pramod pradhan


Children's Literature Promotion Honor-065 to Kartikya Ghimire for ketaketinews.com


Children's Literature Talent Award 065 to Oskar Sapkota


Bimochan of Novel "James Wilson" (Part II) By Oskar Sapkota


Samman to Dr. Kavitaram Shrestha by Pravashi Nepali Sahitya Parishar UK


BigNepal.com Honor to Kavitaram in UK
Watch Video


Innovation Award for his book Ke Kina Bhaniyo? to Kavitaram in UK

INLS Honor to Kavitaram in USA


Inu Shrestha -064 Talent for International Network for Children's Literature

नन्द जनजाति छात्रछात्रा उत्थान कोष

 
 
नन्द जनजाति छात्रछात्रा उत्थान कोष
श्री लालीगुराँस इंगलिस स्कूल, ओखलढुंगा
 
 नन्दराम श्रेष्ठ मेरा श्रद्धेय पिता हुन् । उहाँको स्मृतिमा स्थापित यस कोषको लागि मैले नेपाल सरकारको स्थानिय बिकास मन्त्रालयको जनजाति बिकास समितिमा उपाध्यक्ष पदको राजनीतिक नियुक्ति पाई त्यसबाट प्राप्त तलब र भत्ताका सबै रकम रु. २००००/- राखेको हुँ । यसलाई मैले मेरा पिताकै कर्मक्षेत्रमा उहाँको शिक्षाप्रेम र समावेशी सोँचको स्मृतिमा स्थापना गरेको हुं । यसलाई उहाँका जन्म तथा कर्मक्षेत्र ओखलढुंगाका स्कूल लालिगुराँस इ. स्कूललाई सन्चालन गर्न प्रदान गरिएको छ । यसको स्थापना सम्बन्धमा एउटा संस्मरण पेश गर्न चाहन्छु :

सन्दर्भ हो ओखलढुंगा जिल्ला विकास समितिले आयोजना गरेको "जन्मथलो सम्झौँ अभियान"को लागि भएको ओखलढुंगा भ्रमणको । २०५५ माघ ७ । सँस्मरण हो पितृऋणबाट उऋण हुने चेष्टाको ।
"जन्मथलो सम्झौँ अभियान"को बेला एउटा कार्यक्रम रहेछ श्री लालीगुराँस इंगलिस स्कूल भ्रमणको । यो विद्योदय सहकारी संस्था प्रा.लि. भन्ने सहकारी संस्थाद्वारा संचालित रहेछ । त्यँहा पुगेपछि कार्यक्रम संचलाकहरु इश्वर उदास, भीमप्रसाद श्रेष्ठ, तथा मोहनकुमार श्रेष्ठले स्कूलको परिचय मात्र दिनुभएन यसले भोग्दै आएका समस्याहरु पनि अवगत गराउनुभयो । एउटा समस्या यसको व्यवसायिकभन्दा पनि पूर्णतः सामाजिक थियो । भनाइ थियो कि यसले गुणस्तरको शिक्षा त दिन्छ, तर तल्लो वर्गको लागि महँगो हुनुको कारणले पहुँच भित्रको हुन सकेन । यसमा सँस्थाकै स्थिति अनुकूल नभएको कारणले कुनै मद्दत पुर्याउन पनि नसकेको स्थिति छ ।

यसले मलाई छोयो । मैले धेरै पहिलेदेखि नै आफ्ना स्वर्गिय पिता नन्दराम श्रेष्ठको नाममा ओखलढुंगामै यस्तै समस्या समाधान गर्ने छात्रवृत्तिको अक्षयकोष खडा गर्ने चाहना राखेको थिएं । त्यसो किनभने मैले जो औपचारिक शिक्षा हासिल गरें उहाँकै प्रेरणा र प्रयाशका कारण भए । मैले १९६६ मा इन्टरमिडिएटस्तरसम्म घरकै संरक्षणमा शिक्षा हासिल गरें र पछिल्ला डिग्रीहरु बर्षौको अन्तरालमा बडो दुखकष्टका साथ आफ्नै खुट्टामा उभिएर लिएं । विए गर्न १९७१ सम्म पाँचवर्ष लाग्यो भने त्यसको दशवर्ष पछि १९८१ मा मात्र मैले एमए गरें र पिएचडि त १६ बर्ष पछि १९९७ मा गरें । तथापि शिक्षाप्रतिको अनवरत लगाव भनेको मेरै पिताले दिनुभएको प्रेरणाको कारणले भयो । मेरो संस्कारमा विद्याको महत्ता उहाँले नहालिदिनुभएको भए सायद म यतिखेर एसएलसीसम्म पास गरेर ओखलढुंगाकै कुनै गाउँमा एउटा शिक्षक मात्र भएर रहने थिएं ।

एकपल्ट म एउटा गाउँमा शिक्षक हुन गएको थिएं बुबाले तत्काल फिर्ता बोलाउनुभयो । पछि म धरानमै शिक्षक हुँदै पढ्न लागें । उहाँले भन्नुभयो शिक्षक हुनु नराम्रो कदापि होइन । ज्ञानको प्रकाश फैलाउने काम एउटा धर्मकै काम हो,  तर कोहीपनि व्यक्ति दशवर्ष शिक्षक भयो भने उ गधा बन्दछ । उहाँको भनाइ थियो शिक्षकहरु सँधैं बालकहरुको सामू रहने भएको र जे विषयमा पनि उ नै ज्ञानश्रोत बन्न पर्ने स्थिति भएको हुँदा उसको चरित्र नै जे कुरामा पनि जान्ने भएर बोल्ने बन्न जान्छ । अरुको कुरा सुन्ने प्रवृत्ति उसमा हुँदैन र जान्ने व्यक्तिहरुको सामुन्ने उसले त्यस्तै व्यवहार गर्दा क्या गधा रहेछ भनेर "गधा" उपाधी पाउँछ । उहाँको बिचारमा यो पेशाले मान्छेको बिकासमा अवरोध ल्याउँछ त्यसैले यो पेशा कसैको पनि साध्य बन्न हुँदैन । यसलाई साधनको रुपमा प्रयोग गर्नपर्छ ।

उहाँ आफूले औपचारिक शिक्षा हासिल गर्नुभएन । उहाँको सामाजिक तथा पारिवारिक स्थिति पनि विवादास्पद नै थियो । धनाढ्यकै छोरा भए पनि उहाँ ल्याइते पट्टिका सन्तान मानिनुभएको हुँदा उहाँको लालनपालन ढुस्केगाउँमा मावलीबाट भयो । मावलीमा समेत उहाँको वाल्यकाल त्यही स्थितिको शिकार पुग्नुभयो  र अरु मावलीभाइहरुको समान उहाँले पढने सुविधा पाउनुभएन । मावलीभाइहरुले समेत राती पढ्दा कुपीको बत्ती छेलेर व्यवधान दिने अपृय संस्मरण उहाँले मलाई प्रेरणा दिने कथाहरुमा समवेश गर्नुहुन्थ्यो ।

अचम्म लाग्ने कुरा यो थियो कि बुवाले क ख ग बाट लेखपढ सिक्नुभएन अपितु उहाँले जान्नुभएको पहिलो अक्षर 'हि' थियो 'ह' पनि होइन र दोश्रो अक्षर 'लो' थियो 'ल'  पनि होइन । त्यसरी पहिलो सिकेको शब्द थियो 'हिलो' ।
बुबालाई प्रल्हादभक्तिका श्लोक कण्ठ आउँथ्यो रे अरुले भनेका सुनेर । त्यसमा पहिलो शब्द नै त्यही 'हिलो' थियो रे । उहाँले गाएर सुनाउनुहन्थ्यो - "हीलो  झै  कसिपु थियो तर छोरा कमल  झै  थिया ।"

यसरी क्रमशः उहाँले  'झै'   अक्षर चिन्नुभयो र पछि 'कसिपु'आदि ।

यसरी शिक्षाका कष्टसाध्य तथा अपृय अनुभूति बोक्नुभएका मेरा पिता पछि ओखलढुंगामा आएर स्थापित हुनुभयो । उहाँले आफ्नै बलबुतोमा टाउको उठाउन हुनेसम्मको सामाजिक प्रतिष्ठना कमाउनुभयो । मैले थाहा पाउँदा उहाँ सगरमाथा हाइस्कूलको कोषाध्यक्ष्य हुनुहुन्थ्यो र सकेसम्म यसको बिकासमा प्रस्तुत हुनुहुन्थ्यो । हरतरहले उहाँ शिक्षाप्रेमी हुनुहुन्थ्यो र हाम्रा बसाई धरानमा सर्दा उहाँको भनाइ नै यही थियो कि राजनीतिक कारणले हाम्रो परिवार विस्थापित हुनुपरेपनि त्यो समस्या उहाँको लागि समाधानहीन थिएन । उहाँले त्यसलाई समाधान गनुसक्नुहुन्थ्यो तर केटाकेटीहरुकै भविष्यको लागि यो परिवार शहरमूखी हुनु अत्यावश्यक थियो । नभन्दै मेरो व्यक्तित्व बिकास तथा शिक्षाको जगमा धरानप्रवासले धेरै महत्वपूर्ण भूमिका खेलेको छ ।

मेरो विद्यावारिधिको शोधपत्रसमेत उहाँकै नाममा अर्पण गरेर मैले त्यसलाई पूर्ण गरेको छु । तथापि मलाई त्यत्ति मात्रले आफ्ना पिताले बोकाउनुभएको रिणबाट मुक्त भएको अनुभुति कहिल्यै भएन र उहाँकै नाममा उहाँकै कर्मभूमीमा उहाँको किर्ती राख्न शिक्षाक्षेत्रमै विपन्न बालबालिकालाई गुणस्तरको शिक्षा हासिल गराउने सुकार्यमा उहाँको नामबाट केही गर्न पाउने मौका मिल्दा मैले यसलाई गुमाउन चाहिनं ।

र मैले उहाँको नाममा छात्रवृत्ति खोल्न अक्षयकोषको लागि रु। बीस हजारको चेक त्यहाँ नै संचालक समितिलाई प्रदान गरें । यो रकम मैले बढी पैसा भएर प्रदान गरेको होइन । अरुबाट प्राप्त रकम पनि होइन आफ्नै आर्जनको रकम थियो । नेकपा माले सरकारमा जाँदा मलाई जनजाती समितिमा राजनीतिक नियुक्ति दिइदा तलबस्वरुप जे पाएको थिएं त्यही सम्पूर्ण रकम यसमा राखेको हुँ । मेरो सपना पुरा भएको छ ।

मैले माथि भने म परलोकमा विश्वास गर्ने व्यक्ति होइन । त्यसैले मेरो बुबाको श्राद्ध मैले ब्राहमणहरुलाई खुवाएर गरेको छैन । त्यसरी मेरो स्वर्गीय पिताको मुखमा माड लाग्ने छैन भन्ने मेरो सोच छ । मेरा स्वर्गीय पिताको श्राद्ध मैले उहाँकै नाम राख्ने हिसाबमा गरें । उहाँको शिक्षाप्रेमको किर्ती राख्न छात्रवृत्ति खडा गरेर गरें । आज म अत्यन्त खुशी छु र पितृरिणबाट मुक्त भएको आभास ममा जाग्रत छ ।

- कविताराम श्रेष्ठ

Late Mr. Nandaram Shrestha (1973-2029)

Okhaldhunga, Rambazar.

Nanda Smriti Janajati Chhatra-chaatraa Utthan Kosh
Laligurash English School, Okhaldhunga


I established this fund as a monument in commemoration of my Late father Mr. Nandaram Shrestha with the entire money (Rs. 20,000) acquired as salary and allowances from the appointment of Nepal Government's Political Appointment i.e. Vice-president of Committee for the Development of Ethnic Nationalities, Ministry of Local Development.  This was established to help educate economically low class people in quality school in honor of my father's spirit to the love of education as well as his inclusive broadness towards suppressed communities. This fund is operated by Laligurash English School, Okhaldhunga and now is educating Suman BK.

Laligurash English School, established in Okhaldhunga in 2047 BS. is founded by Bidyodaya Cooperative Pvt. Ltd., Okhaldhunga and managed by a Management Committee presided by Ishwor Kumar Udas. The school teaches in English medium. It has 600 students, 22 teachers 6 admin staff headed by Principal Surya Bahadur Shrestha. The school is moderately equipped with hostel facilities, library, science laboratory and computers

स्व. नन्दराम श्रेष्ठको परिचय तथा शाखा सन्तान

जन्म : १९०७३ कार्तिक ढुस्के ओखलढुंगा । देहावसान : २०२९ मंसीर २० धरान सुन्सरी । पेशा : व्यापार । ल्याइते आमाबाट जन्म भई न्वार हुन नसकेको र पैत्रिक अंशबाट बंचित । तर पितालाई नौवर्षको उमेरमा दागबत्ती दिनपर्ने अनुकूलताको कारणबाट बजारियाहरुको दवावमा एउटा घडेरीसम्म अंश लिन सफल । पछि व्यापारमा सफलता हासील गर्दै राजनीतिमा संलग्न । ०७ सालको क्रान्तिमा कांग्रेसको तर्फबाट संलग्न भई तत्कालीन पूर्व ३ नं जील्लाका सोही पार्टीमा ०१८ सालसम्म कोषाध्यक्ष । कांग्रेसको  राष्ट्यि अधिवेशनहरुमा पटपटक प्रतिनीधि सदस्य । सगरमाथा हाइ स्कूल ओखलढुंगाका कोषाध्यक्ष तथा बजारका साँस्कृतिक कार्यक्रमहरुका पटकपटक मेनेजर । ०१८ सालमा राजनीतिक दवावका कारण धरान पलायन तथा बसोबास । धरान धोपा गाउँ पंचायतमा प्रधानपंच ।

पूर्खा तथा दाजुभाई दिदी बहिनी र सन्तान : जीजुबुवा लक्ष्मीविलास देउबंजार (श्रेष्ठ) वंशगोपालको चेखाचेटोल भक्तपुरको बराहीजीथानको घरमा कर तिरेर बसेको । बाजे रत्नबहादुर देउबंजार (श्रेष्ठ)  । १९०७ सालमा गुठीबाट निकालिएको । पिता जीतबहादुर श्रेष्ठ ९१९१७- १९८१ हुलाकी बहिदार ओखलढुंगामा जागिरे । पछि चैनपुर सरुवा । मृत्यु ओखलढुंगामा । पिता जीतबहादुरका जम्मा ७ पत्नीहरु (स्व. नन्दराम श्रेष्ठका आमाहरु) । ४ आमाबाट ४ दाजुभाइ र एक दिदी । एक आमाबाट दाजुहरु स्व. धनबहादुर, स्व. पदमबहादुर, दिदीहरु स्व. नन्दकुमारी (टेबहाल) र स्व. बालकुमारी । अर्की आमाबाट स्व. साँगे भन्ने दलबहादुर र दिदी स्व. टुल्की (भोजपुर) । भाई स्व.सूर्यबहादुर । पत्नि स्व. मनमाया । पुत्रहरु डा. कविताराम, कुन्दन, बेनु र रोशन (यनु) । पुत्रीहरु बालकुमारी अंजु । छोरा पट्टिका नातीहरु रसोज, कविन, आरोहण र रोहण । छोरा पट्टिका पनाती आभास ।

 

 




अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Roman font to unicode Keyboard of Preeti font
 


Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   2135   times