Front Gallery


Aswikrit award 066 to Dr. Madhurya, Russia


Aswikrit award 065 to Hom Nath Subedi


Aswikrit award 065 to Hom Nath Subedi handed over in USA


Children's Literature Promotion Honor-065 to Pramod pradhan


Children's Literature Promotion Honor-065 to Kartikya Ghimire for ketaketinews.com


Children's Literature Talent Award 065 to Oskar Sapkota


Bimochan of Novel "James Wilson" (Part II) By Oskar Sapkota


Samman to Dr. Kavitaram Shrestha by Pravashi Nepali Sahitya Parishar UK


BigNepal.com Honor to Kavitaram in UK
Watch Video


Innovation Award for his book Ke Kina Bhaniyo? to Kavitaram in UK

INLS Honor to Kavitaram in USA


Inu Shrestha -064 Talent for International Network for Children's Literature

बूट पालिस आन्दोलन

बुट पालिस अभियानमा मेरो सङ्लग्नता
- डा. कविताराम श्रेष्ठ

यसै क्रममा मैले बुट पालिस अभियानमा आफ्नो सङ्लग्नता पनि पाजीकृत गर्नु पर्ने हुन्छ । साहित्यिक अभियानहरुमा अस्वीकृत जमातपछि बुट पालिसको क्रम देखिएको छ र यसले निकै नै प्रतिष्ठा पनि पायो । वास्तबमा अस्वीकृत जमातको जस्तो सैद्धान्तिक विद्रोह हामीले यसमा सोचेका पनि थिएनौँ । सामाजिक सङ्कलनको प्रकाशन बन्द गरिएको थियो र पत्रिका दर्ता गर्न हाम्रो पूँजीको क्षमताभन्दा बाहिरका कुरा थिए । हामीसँग पत्रिका रहेनन् र किताब छाप्न सक्ने पनि कुनै औकात भएन । हाम्रो कलममा ठप्पा लागेको थियो । त्यस्तै परिस्थितिमा छिटो सजिलो र प्रभावकारी प्रतिकार वा असन्तुष्टीको प्रदर्शन त्यही हुन सक्थ्यो- बुट पालिस । बुट पालिस गरेर कमाएको पैसाले किताबको प्रकाशन । धोवीधाराको वरपर साकार म र मोहन घिमिरे बस्दथ्यौँ । "जागरण" को अफिस त्यतै थियो । कुमुद नारायण ढकाल सन्तोष भट्टराई र भाउपन्थी पनि बेलाबेलामा आउँथे र छोयला कचिला र ऐलाका कार्यक्रमहरु नजिकैको भट्टीमा गर्दथे । आफू परेँ नपिउने । नपिउने भएपछि साथ पनि स्वतः कमै हुने रहेछ । यसै ताका कुरै कुरामा साथीहरुले योंग राईटर्स फ्रंट (नयुवा  लेखन) पनि गठन गरेछन्- मलाई पत्तै भएन ।
एक दिन साथीहरु तेज खरेल (जागरणका सम्पादक) का अफिसमा आइपुगे । योंग राईटर्स फ्रंट को मिटिङ्ग गर्न । म पनि पुगेँ । कुरैकुरामा साथीहरुले आफ्ना किताबहरु प्रकाशित हुन नसकेका तीता-मीठा प्रसङ्गहरु निकाले । सामयिक सङ्कलनको प्रकाशनमा लागेको प्रतिबन्ध र साझा र प्रज्ञा-प्रतिष्ठानका नीतिहरुबाट वाक्क भएका कुनै एकजना साथी सन्तोष वा नारायण ढकाल वा मोहन कुनैले बुट पालिस गरेर किताब निकाल्ने आवेग पोखे । छिट्टै नै सबैको दिमागमा पसेछ । एकै स्वरमा "हो" "हो" निस्कियो । तुरुन्तै भोलिपल्टै नयाँ सडकमा बुट पालिस गर्ने भइहाल्यौँ । म चुप थिएँ । भाउपन्थीले "के सोचेको" भनेर कोट्याए । मैले भनेँ- "सोचेर गर्नु पर्छ ।" मोहनले प्रश्न राख्यो- "के सोच्नु पर्छ ?" मैले भनेँ- "योजनावद्ध काम गर् यौँ भने राम्रो हुन्छ हतार गर्नुहुन्न ।" साकारले स्वीकृति जनायो । किशोर 'झुत्रेु' जङ्गियो- "तिमीहरु सुट-टाइ लाउने मान्छे बुट पालिस गर्न सक्तैनौ …। हामी त भोलि गरेरै छाड्छौँ ।"
म अवाक भएँ । साकार अवाक भयो । अवाक हुनुको मतलब अस्वीकृति थिएन । सबै साथीहरु घर फर्किए । बुट पालिस सोझै बुट पालिस गरेर अर्थ सङ्कलन गर्ने अभियान मात्र थिएन । यसका पछाडि बलियो "अस्वीकृतवाद"   पनि थियो । कहिँ कतै गल्ति भए इतिहासले हाँसो उडाउन सक्थ्यो । यो उछृङ्खल मानिन सक्थ्यो र सरकारका आँखामा पनि बिझाउने कुरा हुन सक्थ्यो । त्यसैले योजनाबद्ध काम गर्नु एकदमै जरुरी थियो ।

साकार, म र मोहन भएर रातभरि कार्यक्रम बनायौँ । यसलाई पब्लिसाइज  गर्न एकदमै जरुरी थियो । सम्बन्धित निकायहरुलाई हाँक पुर् याउन प्रचार पनि हुनु जरुरी थियो । त्यसैले हामीले पर्चाहरु लेख्यौँ । "साहित्यका लागि बुट पालिस" "नवयुवा लेखनका पुस्तक प्रकाशनार्थ बुट पालिस" इत्यादि । नौ बजे बिहान नयाँ सडक पुग्यौँ । योजना अनुरुप बुट पालिस गर्ने केटाहरु दुईवटा बाकस केही पालिस र ब्रसहरु दिन भरिको १०। - रुपैंयाँ दिएर भाडामा लियौँ र महिला संगठनको बिक्री भण्डारको पश्चिम पट्टि गयौँ । त्यहाँ पहिला पोष्टरहरु टाँस्यौँ । तीनजनामा केही लज्जा थियो । शुरु गर्न निकै गाह्रो पर् यो । मान्छेहरुको भीड बढ्न लाग्यो । भीडले हामीलाई नछोपुन्जेल  पोष्टर टाँस्ने व्यस्तताभित्र लाजलाई लुकाउन कोसिस गर् यौँ । अघिल्लो दिन जोस्सिने साथीहरु आइपुगेनन् । तेज खरेलले भीड जम्मा गरे । भीडले राम्रै छोपेपछि हामीले भीडबाट जुत्ता माग्यौँ । जुत्ता आउन लागेपछि हामीलाई लाज लाग्न छाड्यो । केहीक्षणमै काशीनाथ तमोट, नारायण ढकाल, धुर्व सापकोटा, भाउपन्थी गर्दै साथीहरु थपिए । विश्वनाथ आए तर पछि लुसुक्क हिँडे । कुमुद आएर पनि परपरै भागेछ । किशोर झुत्रे जसले यही गर्न हाँक दिएको थियो देखै परेन । जागिर जाने डर भएछ । भवानी घिमिरे, नगेन्द्रराज शर्मा, नृपेन्द्र पुरुष र तेज खरेल भीडबाट ग्राहक तान्न लागे । यस्तै प्रेम कैदी र आनन्द जङ्गलीले पनि केही साथीहरु ल्याए र हामीसँगै बसेर बुट पालिस गर्न सघाए । अपरान्ह पछि देखियो- हाम्रो बुट पालिसको लाम २०/२५ जनाको भएछ । हामीले सबै सहयोगीहरुलाई चिनेनौँ । साँझ ६:३० बजे हामीले उठ्ने निधो लियौँ । धेरै आए । हात मिलाए । धन्यवाद दिए । फोटो खिचे र तिनैमध्ये केही यस्ता पनि थिए जसले "फेसनका लागि बुट पालिस" वा "सस्तो नामका लागि बुट पालिस" भन्ने जस्ता कमेन्ट पनि गरे ।

पैसा गन्यौँ जम्मा २०९ रुपैंयाँ ४० पैसा उठेछ । भोलि पल्ट युनिभर्सीटीमा बुट पालिस गर्ने आग्रह युनिभर्सीटीका साथीहरुले गरे तर भोलिपल्ट आइत्त्वार थियो र हामी- साकार मोहन र मैले समय दिन सकेनौँ । भोलिपल्ट विद्यार्थी साथीहरुले युनिभर्सीटीमा साँच्चै बुट पालिस गरेछन् र झण्डै पाँचसय रुपैंयाँ हामीलाई बुझाउन ल्याए । सो जम्मा रकम रु सातसय  बैकमा मोहन घिमिरे र धुर्व सापकोटाको संयुक्त नाममा राख्यौँ । दुई हजारको आवश्यकता थियो । पछि हामीले चाहिँदो रकम जम्मा गर्न सकेनौँ । आजसम्म नै त्यो पैसा बैंकमै छ र हाम्रो किताब अझै निस्कन सकेको छैन ।

बुट पालिस अभियान निकै चर्चामा आयो । धेरै पत्रपत्रिकाहरुले लेखे । यी मध्ये अर्पण चर्चा राष्ट्रध्वनि ०३१ आश्विन १४ प्रतिज्ञा आश्विन १२ समय दैनिक सही आवाज दैनिकले यस अभियानको सराहना गरे । समीक्षाले सडक बोल्छ स्ततंभमा सडकका मतहरु समेत प्रकाशित गर् यो । भारतको दैनिक अङ्ग्रेजी 'टाइम्स अफ इण्डिया' ले स-सम्मान खबर दियो भने दिनमानले 'सर्व श्री किशोर नेपाल सङ्लग्न भएका अभियान' भनेर झूठो समाचार पनि छाप्यो । बिराटनगरबाट प्रकाशित 'कोशेली' मात्र यस्तो पत्रिका देखियो जसले त्यसबेला देखिएका सुनिएका र समस्त मनगढन्त नकारात्मक कुराहरु सङ्कलन गरी छाप्यो । छिट्टै नै हामीले महसुस गर् यौँ- यस अभियानबारे केही प्रकाशन गर्नुपर्छ । हाम्रासाथमा तेज खरेल थिए । उनको पत्रिका 'जागरन' वर्ष २, अङ्क ३, ०३१ ले 'बुट पालिस परिशिष्टाक प्रकाशित गरिदियो । यसमा हामी सबैजसो बुट पालिसेहरुका अभिव्यक्तिहरु छापिएका छन् । 
(मेरा अस्वीकृत मान्यता बाट उद्धृत)  
Click to see the pictures of the boot Polish Movement in   http://aswikrit.com/index.php?linkId=334

 



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Roman font to unicode Keyboard of Preeti font
 


Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   2159   times