कवितारामका विज्ञानकथाको चीरफार

कवितारामका विज्ञानकथाको चीरफार
(त्रि.वि. अन्तर्गत एम.ए. नेपाली विषयको शोधपत्रको एक अंश)

- सुनिल पोखरेल

२००४ सालमा माघ ११ गते ओखलढुङ्गामा जन्मेका कवितारामको खास नाम रामबहादुर श्रेष्ठ हो । २०२१ सालमा धरानबाट प्रकाशित प्रेरणा प्रत्रिकामा कविता छपाएर नेपाली साहित्यको क्षेत्रमा प्रवेश गरेका कवितारामले २०२६ सालको मन्त्र मा 'एउटा कथा एउटा जीन्दगी' कथा छपाएर कथा यात्रा आरम्भ गरेका हुन् । बहुमुखी प्रतिभाका धनी कविताराम साहित्य सर्जकका साथै चलचित्र निर्माता र निर्देश अभिनयकर्ता र राजनैतिक व्यक्तित्व हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्वका रुपमा परिचित कवितारामका कृतिहरु अङ्ग्रेजी भाषामा पनि प्रकाशित छन् । राजनैतिक रुपमा वाम राजनीतिसँग संलग्न कवितारामको साहित्यिक मान्यता अस्वीकृतवाद र स्वभाववाद हो । उनले अस्वीकृत जमातजस्तो साहित्यिक आन्दोलनको नेतृत्व गर्नुका साथै बुटपालिस आन्दोलनमा पनि निर्णायक भूमिका निर्वाह गरेका छन् । उनका हालसम्म प्रकाशित कृतिहरु हुन् - कालो कथा कथासङ्ग्रह २०३६ प्रलाप कथासङ्ग्रह २०३७ बकपत्र उपन्यास २०४६ मेरा अस्विकृत मान्यताहरु विचार २०४६ मुक्तिप्रसँगका अस्वीकृत कथाहरु कथासङ्ग्रह २०४७ र स्वभावगीता विज्ञान-नाटक २०४८ । त्यसैगरी वालसाहित्य तर्फ यिनले वनदेवी २०३६ पानीको थोपा २०३८ कमिलाको कथा २०४८ र अनौठो यात्रा २००१ ई। जस्ता वालउपन्यास र बुद्धिबङ्गाराको फोन २००१ ई। भाग १ देखि ३ सम्म वाल-कथासङ्ग्रह प्रकाशित गरेका छन् ।

२०३६ सालमा कालो कथामा प्रकाशित 'यान्त्रिक यन्त्रणा' यिनको पहिलो विज्ञानकथा हो अधिकारी; २०५२ः ६ । विज्ञानकथालाई अस्वीकृत मान्यताको विधा मान्ने कवितारामलॆ "-विज्ञानकथा मैले मनोरनजनको लागि भनेर काल्पनिक हिसाबमा पेश गरेको छैन । धेरै अध्ययन गरेर पेश गरेको छु --" भनी गोपालप्रसाद खतिवडासँगको लिखित अन्तवार्तामा उल्लेख गर्नुले विज्ञान साहित्यमा उनको स्पष्ट धारणा प्रकट हुन्छ । कवितारामले विज्ञानकथाका साथै 'स्वभावगीता' विज्ञान-नाटक 'कमिलाको कथा' वाल-विज्ञानउपन्यास 'अनौठो यात्रा' वाल-विज्ञानउपन्यास र 'बुद्धिबङ्गाराको फोन' बाल विज्ञानकथासङ्ग्रह जस्ता विज्ञान साहित्यका कृतिहरु पनि प्रकाशन गरेका छन् । रामहरि शर्माका अनुसार उनका पुनस्र्थापना र समय साजाल दुईओटा विज्ञान उपन्यास प्रकाशोन्मुख अवस्थामा रहेका छन् बहुमुखी प्रतिभा कविताराम; २०६१ः ९७ । विज्ञान साहित्यमा स्थापित व्यक्तित्व कवितारामका हाल सम्म प्रकाशित विज्ञानकथाहरुमा 'यान्त्रिक यन्त्रणा' २०३६ 'गिनीपि ' २०३७ 'अस्वत्थामा उवा' २०५३ र 'प्रmयाङ्केस्टाइन'  २०४७ मुख्य रहेका छन् । उनी विज्ञान साहित्यकार एच्. जी. वेल्सबाट बढी प्रभावित छन् ।

'यान्त्रिक यान्त्रणा'को चीरफार

मृत मानवलाई वैज्ञानिक प्रविधिले भविष्यमा जीउदो तुल्याउन सके पनि अन्ततः मान्छे मर्न चाहन्छ र शून्यमा हराउन चाहन्छ भन्ने कुरा कवितारामले यान्त्रिक यान्त्रणा २०३६कथा मार्फत् चित्रण गर्न खोजेका छन् । भविष्यमा मृत मान्छेका लाशहरुलाई जीवित बनाईए पनि तिनीहरुमा मानवीय गुण र संवेदना नहुने र यन्त्रका रुपमा ती मान्छे रहनेछन् भन्ने कुरा यो कथामा चित्रण गरिएको छ । मान्छे मान्छेकै रुपमा बाँच्न चाहन्छ एउटा यन्त्रवत र खेलौनामय जीवन ऊ भोग्न चाहन्न भन्ने सन्देश पनि यो कथामा छ ।
'यान्त्रिक यन्त्रणा' कथामा एउटा धनी व्यक्तिले प्रशस्त धन खर्चेर मुटु प्रत्यारोपण गरेपछि लम्बाएको जीवनबाट पीडा महसुस गर्दा गर्दै पनि सय वर्षपछि वैज्ञानिकहरुले मृत मान्छेहरुलाई जीवीत गराउन सक्ने सम्भावना पाएपछि नयाँ जीवनको अभिलाषा खोजी आफूलाई सुरक्षित राखेको र चारसय वर्षपछि उसले नयाँ जीवन पाएको कथावस्तु यस कथामा छ । चारसय वर्षपछिको नयाँ सभ्यता र जीवन पद्धतिमा पुनर्जन्म पाएको त्यस व्यक्तिलाई नयाँ जीवन पद्धतिका लागि पुराना स्मृति बिसा्रउन साइकिक गरिन्छ । ऊसँगै उसकी छोरीले पनि पुनर्जन्म पाएकी छे । बाबु भ्ान्दा उसकी छोरीको साइकिक प्रोसेस छिटो हुन्छ र ऊ पुरानो संस्कार र स्मृतिबाट पूर्णतया नवजात बन्छे । नवजात बन्न नसकेको बाबुलाई उसको गाइड रोबोट कान्छाले यस युग सुहाउँदो तालिममा ऊ सफल नभए उसलाई कृत्रिम पृथ्वीमा २० औं शताब्दी भोग्न पठाइने सूचना दिन्छ । साइकिक प्रोसेसमा सफल नभए एउटा खेलौनाको रुपमा बाँच्न पर्ने कुरा बुझेपछि चिन्तित बाबु फेरि मृत्यु वरणगरी शून्यमा हराउन चाहेको कुरा उल्लेख गर्दै कथा टुङ्ग्याइएको छ ।

मृत मान्छेलाई वैज्ञानिक विकासले कुनै दिन जीवित तुल्याउन सक्छ भन्ने मान्यतामा यो कथा अडेको छ । रोग विरुद्धका चिकित्सा क्षेत्रका कार्य र अङ्ग प्रत्यारोपणका वैज्ञानिक प्रगतिले मान्छेको आयु लम्बाइदिन सफल भइसकेका उदाहरणहरु वर्तमान समयमै देख्न सकिन्छ । मृत चीजलाई पुनर्जीवन दिन र मृत्युलाई पराजय गर्न वर्तमान अवस्थामा कतिपय वैज्ञानिकहरु लागिपरेको उदाहरण पाइएका सन्दर्भमा यो कथा रचिएको छ । अतः यो मान्यता विज्ञान सम्मत छ । विशेषतः कवितारामभन्दा अगाडिका कथाकारले कुनै एउटा वैज्ञानिक आधारमा अडेर कथा रचना गरे पनि त्यसको वैज्ञानिक विधि र प्रकि्रयाको चर्चा गरेको पाइदैन; तर कवितारामको यो कथामा विज्ञानका विधि र प्रकृयाको पनि चर्चा गरिएको छ । मृत मान्छेलाई पुर्नजीवन दिँदैमा ऊ पूर्णतः पुरानै मान्छे बन्दँैन उसलाई पुर्न ताजकी गर्नु पर्छ भन्ने मान्यता राख्दँै ती मान्छेहरुलाई साइकिक कन्डिसनिङ प्रोसेसमा लगेको चर्चा यहाँ कथाकारले गरेका छन् । चार सय वर्ष पछिको समाजको संस्कृति सभ्यता र जीवन धेरै फरक हुनेमा कथाकार सचेत छन् । यहाँ साइकिक कन्डिसनिङ प्रोसेसको चर्चा कथाकारले नगरेको भए कोरा काल्पनिक कथा बन्थ्यो; तर विज्ञानकथाको वैज्ञानिकतामा कथाकार धेरै सचेत छन् । त्यसैगरी रोबोटमय संसार तथा प्राविधिक र यन्त्रवत् जीवनशैलीको चित्रण गरेर ४०० वर्षपछिको समाजको जुन कल्पना कथाकारले यहाँ गरेका छन् त्यो विज्ञानसम्मत छ । बाबु भन्दा छोरीको साइकिक कन्डिसनिङ प्रोसेस छिटो सफल हुनुमा पनि वैज्ञानिकता छ । नयाँ पुस्ता नयाँ युगसँग छिटै घुलमिल हुनसक्छ भन्ने वैज्ञानिक मान्यतामा यसो गरिनु कथाकारको सफल प्रयोग हो ।

विषयवस्तु अनुसार यो कथा अवसानका कथाहरुको वर्गीकरणमा पर्दछ । मानव संवेदना मानवीय गुण मानव संस्कृतिलाई विज्ञानले भविष्यमा ध्वस्त पारिदिन्छ भन्ने मान्यता यस कथामा छ । मान्छेको मानवीयता अवसान हुने र ऊ जड यन्त्रका रुपमा विकसित हुँदै जाने कुरालाई कथाले उठान गरेको छ ।

यो सरल विज्ञानकथा हो । यसमा विज्ञानका केही जटिल विवरण उल्लेख गर्न खोजिए पनि मुख्यतः कथाले मानवीय कि्रयाकलापलाई नै बढी जोड दिएको छ । विज्ञानको विकासले भविष्यमा मानवलाई यन्त्रवत बनाईदिन सक्ने र उसका मूल्य मान्यता भविष्यमा ध्वस्त हुन सक्ने कुरालाई कथाले उठाएको छ । विज्ञानले मानव र मानव समाजमा नकारात्मक प्रभाव पार्छ भन्ने सन्देशसँगै विज्ञानको टिकाटिप्पणी र आलोचना यस कथाले गरेको छ ।

विज्ञानको विकासलाई यस कथामा नकारात्मक रुपमा लिइएको छ । यहाँ कथाकारले विज्ञान र प्रविधिको विकासले मान्छेलाई संवेदनाशून्य बनाई यन्त्रवत् बनाउँछ भन्ने धारणा व्यक्त गरेका छन् । अतः यो कथा निरासावादी विज्ञानकथाको वर्गमा पर्दछ । एक मृत व्यक्तिले चार सय पर्षपछि पुर्नजीवन पाए पनि उसले फरि मृत्यु चाहेको घटनाचित्रण कथामा गरिनुले; कथाकारले आधुनिक विज्ञानका विकासहरु मानव हित विपरित हुनसक्ने तर्क राख्न खोजेको पुष्टि हुन्छ ।

अस्वीकृतवादी मान्यता राख्ने कवितारामले यस कथामा उत्तरआधुनिकतावादी चिन्तन राखेको पाइन्छ । मानवीय मूल्य र मान्यताको विखण्डनता यस कथामा छ । मरेको मान्छेलाई जीवित बनाइनु र साइकिक कन्डिसनिङ प्रkri याबाट उसलाई पूर्णतः शून्य बनाई नयाँ संस्कृति र भाषा सिकाउनुमा डेरिडाको विनिर्माणवादी धारणा पाइन्छ । पुराना मानव मूल्यको विखण्डन र नयाँ मानव मूल्यको स्थापनाको प्रयोग यहाँ छ । मान्छेको जीवन र मृत्यु ईश्वरको हातमा छ हामी ईश्वरकै खेलौना हौ भन्ने मान्यतालाई भङ्ग गर्दै मानवको जीवन र मृत्यु मान्छेकै वातावरण अनुकूल हुन सक्ने धारणा यस कथामा राखिएको छ । जन्मिएपछि मर्नै पर्छ भन्ने मान्यताको अन्त्य गर्दै नविनतम् मानवीय मूल्य यहाँ स्थापना गर्न खोजिएको छ । मृत मानवलाई पुनर्जीवन दिन सकिने प्रविधिको विकास भइसकेको त्यो समाजमा नोकरका रुपमा रोबोट खानाको रुपमा टेबलेट राडरबाट साचालित उड्ने कार जवानी कायम राख्ने पिल्स र छुट्टी मनाउन दोस्रो ग्रहको टुरका साथै लेव्रोटोरीबाट बच्चा जन्माइने विकास पनि भइसकेका छन् । त्यति मात्र होइन मान्छेलाई कन्डेन्सन यन्त्रमा राखेर हजार गुणा सानो गरिनुका साथै कृत्रिम पृथ्वीको निर्माण गरी तिनलाई त्यहाँ राख्न सकिने व्याख्या यहाँ गरिएको छ । यो कथामा हाइपर रियालिटि युक्त अत्यधिक वैज्ञानिक र प्राविधिक परिवेशको चित्रण पाइन्छ जुन उत्तरआधुनिक मान्यता हो । विज्ञानद्वारा स्थापित प्राविधिक संस्कृतिलाई उजागर गरेको यस कथामा टेक्नोलोजीले मानवका लागि भयावह दाशता र विभ्रमको संसार निर्मित गरिदिन्छ भन्ने मान्यता राखिएको छ । मानव केन्द्र भङ्ग गरी मान्छेलाई यन्त्रहरुको इसारामा चलाइएको छ । ग्रहकॊ पर्यटकीय विकासको कल्पना गरी सम्पूर्ण केन्द्रहरु भङ्ग गरिएको छ । मानव जीवनको विनिर्माण पुराना मूल्य मान्यताको भङ्ग र नयाँ मान्यताको स्थापना साइवर संस्कृति पुराना केन्द्रहरु भङ्ग र नयाँ केन्द्रको स्थापनाको खोजी आदि यस कथामा पाइने उत्तरआधुनिक चेत हुन् ।

यस कथाको मुख्य पात्र एउटा धनी व्यक्ति जो ४०० वर्षपछि फेरि बाँचेको छ हो । कथामा ऊ कथा वाचक 'म' पात्रका रुपमा उपस्थित छ । यहाँ सहायक पात्रका रुपमा रोबोट कान्छा उपस्थित छ । नेपाली विज्ञानकथामा यन्त्रपात्रलाई सहायक पात्रको स्थान दिने कार्य कवितारामबाटै सुरु भएको हो । त्यसैगरी म पात्रकी छोरी यहाँ गौण पात्रका रुपमा उपस्थित छे । मुख्यतया यस कथामा 'म'  पात्र र उसकी छोरी अतिमानवीय पात्र हुन् । पहिले मरिसकेका र ४ सय वर्षपछि पुनर्जीवन पाएका यी पात्र वर्तमाना मानव भन्दा भिन्नै छन् । साइकिक कन्डिसनिङ गरिएका यी दुवै पात्रको मस्तिष्क शून्य पार्न खोजिनु र छोरी पूर्णतया शून्य हुनुले पनि यी पात्रलाई वर्तमानका मानवभन्दा भिन्न बनाएको छ । अझ कन्डेनसनर यन्त्रमा राखेर एकहजार गुणा सानो गरिन सकिने र कृत्रिम पृथ्वीमा पठाउन सकिने गुण पाइनुले पनि यी अतिमानवीय पात्र हुन् । पृथ्वी कै कुनै स्थानमा घटित यो कि्रयाकलापमा समावेश पात्र कुन देशका हुन भन्ने कुरा यहाँ स्पष्ट्याइएको छैन । समयका हिसाबले यो चौबीसौं शताब्दीको घटना हो । कथाकारले कथामा समयलाई स्पष्ट उल्लेख गरेका छन् । पूर्णतया भौतिक र वैज्ञानिक प्रविधियुक्त विकसित परिवेशको चित्रण कथामा पाइन्छ । मुख्य पात्रले वैज्ञानिक जीवनबाट मुक्ति खोज्नुले विज्ञानले समाजमा सकारात्मक नभई नकारात्मक प्रभाव पार्ने सन्देश यस कथाले दिएको छ ।

यहाँ 'म'  पात्रको केन्द्रीयतामा कथा रचना गरिएको छ । उसैले भोगेका र देखे सुनेका घटनामा कथा केन्द्रित छ । अतः यो कथामा प्रथम पुरुष दृष्टिविन्दु प्रयोग छ । आन्तरिक दृष्टिविन्दुको प्रयोग गरिएको यो कथामा कथानकमा विवरणात्मक शैलीको प्रयोग गरिएको छ । आलङ्कारिक नभई सरल ढङ्गको प्रस्तुति यस कथामा पाइन्छ ।

यहाँ साइकिक लेब्रोरेटरी कन्डेसनर डाइमेन्सन जस्ता वैज्ञानिक पारिभाषिक शब्दावली प्रयोग गरिएका छन् । यी शब्द सिधै अङ्ग्रेजीबाट लिइएका छन् । यी बाहेक अन्य अङ्ग्रेजी शब्दावलीको प्रयोग कथामा खासै गरिएको छैन ।

विज्ञान र प्रविधिको विकासले भविष्यमा मानवलाई संवेदनाहीन र मानव मूल्यहीन बनाइदिनेछ र ऊ यन्त्र बन्दै यान्त्रिक दुःख भोग्न बाध्य हुनेछ भन्ने मुख्य सन्देश यस कथाले प्रवाहित गरेको छ । मान्छे सुख सुविधा र अमरत्व मात्र चाहँदैन; उसले मानवीय मूल्य र मान्यताको पनि खोजी गर्छ भन्ने मान्यता यस कथामा पाइन्छ । मृत्युअघि अमरत्व र पुनर्जीवन चाहँदै ४०० वर्षपछि पुनः जीवन पाएको पात्रले फेरि मृत्यु वरण गर्दै शून्यमा हराउन खोजको चित्रण कथामा उल्लेख हुनुले मान्छे सधै मानव मूल्यको खोजी गर्छ र उसलाई मुक्ती र स्वतन्त्रता चाहिन्छ भन्ने कुरा प्रष्टिन्छ । । "…।  मान्छे मान्छेमा यहाँ संसर्ग छैन सम्पर्क छैन व्यवहार छैन मतलव छैन मानवता यहाँ कथा भइसकेको छ……।" यान्त्रिक यान्त्रणा; २०३६ः २४-२५ भन्नुले मान्छेमा क्रमशः हराउँदै गएको मानव मूल्यको सङ्केत गर्छ । पीडाहीन र अमर जीन्दगी पाउँदा पाउँदै पनि यस कथाको मुख्य पात्रले मृत्यु चाहेको; तर मृत्यु उसको वश भन्दा टाढा भएको कुराको चित्रण गर्दै मान्छेले चाहेर जीवन मात्र होइन मृत्यु पनि भोग गर्न नपाउने चेतावनी कथाकारले दिएका छन् । मान्छे यन्त्रको यन्त्रणा भोग गर्न बाच्ने कि; मान्छे मानवीय जीवन भोग गर्नका लागि बाँच्ने भन्ने प्रश्नको उठान यस कथाले गरेको छ । विज्ञानको चरम विकाससँगै मान्छे यन्त्रको यन्त्रणा भोग्दै रोबोटको खेलौना बनेर बाँच्न बाध्य हुनॆे स्थिति आउनसक्ने चेतावनी दिँदैै त्यसतर्फ मान्छे सचेत हुनुपर्ने सन्देश यो कथाले दिएको छ ।

'गिनीपीग' को चीरफार

कवितारामको 'गिनीपीग' २०३८ मा प्रकाशित प्रलाप कथासङ्ग्रहमा सङ्ग्रहित एक उत्कृष्ट विज्ञानकथा हो । विज्ञान र प्रविधिको विकाससँगै भविष्यमा मानवीय संवेदना र बीसौं शताब्दीका मूल्य मान्यता भविष्यमा लोप हुने कुरा यस कथामा उल्लेख गरिएको छ । भविष्यमा बाबु आमा छोरा छोरी जस्ता वर्तमान नाता र ती नाताबीचका मूल्य विघटित भई पुरुष र स्त्रीमा मात्र मान्छे सीमित हुनसक्ने कुरा यस कथाले देखाउन खोजेको छ । भविष्यमा मानवीय संवेदना तथा मूल्य मान्यतालाई भन्दा मानवीय आवश्यकतालाई मान्छेले बढी जोड दिने छ भन्ने सन्देश यस कथामा पाइन्छ ।

बीसौं शताब्दीमा मरेर झण्डै ४०० वर्षपछि अर्थात चौबीसौं शताब्दीमा पुनर्जीवन पाएका बाबु र छोरीको कृयाकलापलाई यो कथाले कथावस्तु बनाएको छ । यी दुई पात्र मात्र त्यस समयका त्यस्ता जीवित मानव हुन जो मान्छेकै गर्भबाट दस महिना लगाएर जन्मिएका छन् । अतः त्यस समयमा मानव जातिको नयाँ विकासका लागि यी बाबु छोरीलाई यौन समागम गराएर वैज्ञानिकहरु नयाँ सन्तान जन्माउन खोजिरहेका हुन्छन् । छोरीको दिमाग पूर्णतया शून्य भएकाले छोरी नाङ्गिएर कामोत्तेजित हुदै बाबुमाथी खनिन्छे; तर बाबुको मस्तिष्कमा बीसौं शताब्दीको मानव मूल्य र संस्कार अझै जीवित भएकाले छोरीसँग यौन सम्पर्क राख्न अनुचित मान्दै टाढा भाग्छ र रुन्छ । बाबु र छोरी बीचको यौन सम्पर्क बीसौं शताब्दीका मान्छेका लागि अनैतिक भएको वैज्ञानिकहरुलाई ज्ञान नभएको कथामा उल्लख छ । भविष्यमा यी दुई स्त्री पुरुषबाट बच्चा जन्माउने योजना कसरी समाधान होला त भन्ने प्रश्न गर्भमै राख्दै कथा टुङ्गिएको छ ।

भविष्यमा विज्ञान र प्रविधिको विकासले मृत मानवलाई पुनर्जीवन दिन सफल हुनेछ र भविष्यमा वर्तमान मानव मूल्य र मान्यताहरु ध्वस्त हुनेछन् भन्ने समाज विकासको वैज्ञानिक मान्यतामा यो कथा अडेको छ । विशेषतः यस कथामा दुई किसिमको वैज्ञानिक मान्यता पाइन्छ । पहिलो मान्यता विज्ञानको प्रविधिगत विकासको मान्यतासँग सम्बन्धित छ । मृत प्राणीलाई पुनर्जीवन दिन विज्ञानको प्रविधिगत पक्ष भविष्यमा सफल हुनेछ भन्ने मान्यता नै यस कथाको वैज्ञानिक प्रविधिगत मान्यता हो । यसरी पुनर्जीवन दिदा धेरै वर्ष अघिदेखि सुरक्षित गरिएका मृत मानिसहरुलाई पुनर्जीवन दिएपछि भविष्यमा ती मानवलाई विज्ञानले अनेकन परीक्षण र अनुसन्धानका लागि उपयोग गर्नेछ भन्ने मान्यता पनि यस कथामा छ । यो पनि विज्ञानको प्रविधिगत मान्यता नै हो । त्यसैगरी यस कथामा रहेको दोस्रो वैज्ञानिक मान्यता समाज विकासको मान्यता हो । समयको विकासक्रमसँगै मानव सभ्यता र संस्कृतिका साथै मानवीय मूल्य मान्यताहरुमा पनि परिवर्तन आउने कुरालाई कथाले उजागर गरेको छ । संवेदनाहीन मानव समाजको कल्पना कथामा गरिनु बाबु छोरीको यौन सम्वन्ध कायम गरिन खोज्नु समाज विकासको मान्यतासँग सम्बन्धित छ । समय बित्दै जाँदा भविष्यमा बाबु आमा छोरा छोरीका नाता सम्बन्ध हराई पुरुष र स्त्रीको नाता सम्बन्ध मात्र बच्नसक्ने कल्पना यस कथामा गरिएको छ । यहाँ प्रयुक्त विज्ञानको प्रविधिगत मान्यता र समाज विकासको मान्यता दुवै विज्ञानसम्मत छन् र यो कथा सफल विज्ञानकथा बनेको छ । बीसौं शताब्दीलाई यहाँ आदिम युग भनिएको छ । के आउदो ४०० वर्षपछि नै वर्तमान युग आदिम युगमा दजिन्छ त भन्ने प्रश्न उब्जन्छ; तर कवितारामले "आदिम भन्नाले पुराना स्वरुप भन्ने अर्थ मैले दिन खोजेको हुँ" (गिरी र गौतम सं.; २०६१ः २६१) भनि स्पष्टीकरण दिएका छन् । त्यसैगरी आजका संस्कार र मूल्यलाई त्यो समयका वैज्ञानिकहरुले पत्ता लगाउनै नसक्नु अपत्यारिलो देखिन्छ अधिकारी; २०५२ः ६ । कथामा बाबु छोरीबीच यौन सम्पर्क गराई बच्चा जन्माइन खोजिनु मानवीय संस्कार र मान्यता विरुद्ध छ । साथै सरुभक्तले शुद्ध नश्ल प्राप्तीका लागि हाडनातासम्बन्ध विज्ञान सम्मत हुँदैन (गिरी र गौतम सं.; २०६१ः ५८) भन्ने मान्यता राखेका छन् । त्यसैगरी ४०० वर्ष अघि बाकसमा प्याक गरेका मृत शरीर जीवित हुनुको वैज्ञानिक कारण नखुलाई स्वचालित ढङ्गले बाकस खुल्नुमा पनि कथाकारको कमजोरी देखिन्छ ।
यो कथा अवसानको विषयवस्तुमा आधारित विज्ञानकथा हो । विज्ञान र प्रविधिको विकास र समाज विकाससँगै भविष्यमा मानवीय मूल्य मान्यता र समवेदना समाप्त हुनेछन् भन्ने कुराको उठान यो कथाले गरेको छ । मानव मूल्य मान्यता र समवेदनामा विज्ञानको विकासले नै त्यो समाजमा अवसान ल्याएको यहाँ प्रस्टाइएको छ । मान्छे मान्छेकै गर्भबाट जन्मन छोडेका र उनीहरु यन्त्रवत बनिसकेको चित्रण यस कथामा छ । मान्छे संवेदनाहीन हुनु र उसले आफ्ना मूल्य मान्यता बिस्रनुको मूल कारण पनि मान्छे मान्छेकै संसर्गबाट ज्ान्मिन छोड्नु हो भन्ने कुरा कथाबाट पाइन्छ । अतः यान्त्रिक युग र परिवेशले मानवीय संवेदनामा अवसान ल्याउँछ साथै भविष्यमा वर्तमानका मानवीय मूल्य मान्यतामा पनि स्वतः परिवर्तन हुन्छन् भन्ने कुरालाई कथाकारले यहाँ उठाएका छन् ।

यो कथाले विज्ञानको विकास तर्फ पूर्ण नकारात्मक धारणा त राखेको छैन; तर यो आधुनिक विज्ञानको सकारात्मक धारणा भएको कथा भने होइन । विज्ञानको विकास तर्पु कथाकार आशावादी भन्दा बढी निराशावादी छन् । किनभने कथामा उनले विज्ञान र प्रविधिले मानवलाई संवेदनाहीन बनाइदिने कुरा चित्रण गरेका छन् साथै मानवीय मूल्य र मान्यतामा पनि ठूलो अन्तर आउने कुरा कथाकारले उठाएका छन् । मानवीय संसर्गबाट मानव जन्म हराइसकेको समाज खडा गरी वैज्ञानिकहरु मानव संसर्गबाट बच्चा जन्माई पुरानो मानवीय मूल्य बचाउन लाग्नु र मानवीय संवेदनाको अध्ययन गर्न खोज्नुले कथाकार ४०० वर्षपछिको समाजप्रति सकारात्मक छन् भन्न मिल्दैन । विज्ञान र प्रविधिले ध्वस्त पारेको समाजको पुनर्निमाणको खोजी हो; बाबु छोरीको यौन समागमबाट जन्माइन खोजेको बच्चा । अतः हाल विकास भइरहेका विज्ञानका प्राविधिक आविष्कारले मानव समाजमा पार्न सक्ने यस्ता नकारात्मक असरबाट सचेत हुनुपर्ने सन्देश यस कथाले दिन खोजेको छ । त्यसैले यो आधुनिक विज्ञानको विकासमा निराशावादी धारणा राख्ने कथाकै वर्गमा पर्दछ ।
विज्ञानको जटिलतम विवरण र सैद्धान्तिक ज्ञान दिनु भन्दा मानवीय कृयाकलापलाई नै यस कथाले बढी जोड दिएको छ । यहाँ मानवीय मूल्य मान्यता र संवेदनालाई कथाले उठान गर्दै विज्ञानको समाजशास्त्रीय प्रभावको पक्षलाई बढी जोड दिइएको छ । त्यसैले यो ठोस नभई सरल विज्ञानकथा हो ।

यो कथामा यौन तथा समाज मनोविज्ञानको प्रभाव छ । यहाँ कथाकारले छोरी बाबुप्रति यौन आशक्ती देखाउदै नाङ्गिएको कुरा चित्रण गरेका छन्; जसलाई phraaयडको मानव मनको नैसर्गिक खोज अन्तर्गत पितृप्रणय ग्रन्थीको उच्चतासँग जोडेर हेर्न सकिन्छ । छोरीको बाबुप्रतिको आशक्ती पितृप्रणय ग्रन्थीको उच्चता हो । यौन संस्कारलाई जोडेर लेखिएको यो कथामा बाबु छोरीको आशक्तीबाट भाग्नु र रुनु समाज मनोविज्ञानसँग सम्बन्धित छ । बाबु सामाजिक मूल्य र मान्यतासँग बाधिएको छ र ऊ चेतन मनबाट नियन्त्रित छ । यहाँ छोरीको शून्यता र उसको यौन आशक्ती अचेतन मनको प्रवलता हो भने बाबुको मस्तिष्कमा रहेका पूर्व जीन्दगीका सम्झना चेतन मनको प्रवलता हो । जे होस् मनोविज्ञान भन्दा विज्ञानका सन्दर्भलाई जोड दिइएको यो कथा मुख्यतः विज्ञानकथा नै हो भने मनोविज्ञानको पक्ष यसको गौण पक्ष हो ।

यस कथाको मुख्य पात्र बाबु हो उसलाई भालेका रुपमा कथामा चित्रण गरिएको छ । छोरी यस कथाकी सहायक पात्र हो । पोथीका रुपमा उसलाई कथामा चित्रण गरिएको छ । त्यस्ौगरी वैज्ञानिकहरु प्ानि यहाँ सहायक पात्रका रुपमा उपस्थित छन् । यी सबै मानव पात्र हुन । स्थानका हिसावले यसै पृथ्वीमै घटित घटनालाई यहाँ लिइएको छ; तर देश भने चिनाइएको छैन । समयका हिसाबले यो चौबीसौं शताब्दीको घटना हो ।

कथाकारले सिधै बाबुको संवेगात्मक स्थितिबाट कथा हिडाएका छन् । कथाकार कथा वाचक बनी पात्रको संवेगात्मक स्थितिको विवरण दिएकाले यो कथामा बाह्य वस्तुपरक दृष्टिबिन्दुको प्रयोग गरिएको छ । विवरणात्मक शैलीको प्रयोग गरिएको यो कथा आलङ्कारिक नभई सरल ढङ्गको कथा हो ।

यो कथामा वैज्ञानिक पारिभाषिक शब्दावलीको प्रयोग खासै छैन । यहाँ लेव्रोटोरी क्यापसुल गिनीपिगजस्ता थोरै मात्र अङ्ग्रेजी शब्दको प्रयोग छ ।

विज्ञान र प्रविधिको विकासले मानव सभ्यतालाई एकदमै छिटो छिटो परिवर्तन गरिदिन्छ जसले गर्दा निकट भविष्यमै वर्तमान मानव मूल्य र मान्यता परिवर्तन हुनेछन् र मानव संवेदनाहीन बन्ने छ भन्ने सन्देश यस कथाले दिएको छ । यस कथाका सम्बन्धमा स्वयं कथाकारले "…॥ सबै मूल्य र मान्यता मान्छे निर्मित हुन्; त्यो जसरी आज बनेको छ सधै रहिरहन्छ भन्ने छैन…ू गिरी र गौतम सं। २०६१; २६२ भनी टिप्पणी गरेका छन् । यसरी मूल्य र मान्यताका परिवर्तनका पक्षलाई उठान गरेको यो कथाले संवेदनाहीन समाजको कल्पना गरी मान्छेको प्राकृतिक पक्षमा आउनसक्ने क्षयीकरणलाई उठान गरेकोछ । मान्छेको प्राकृतिक पक्षलाई उठाउँदा कथाकारले एकातिर पूर्ण वैज्ञानिक विकसित समाजको कल्पना गरेका छन् । छोरीलाई संस्कारशून्य गराई बाबु छोरीबीच यौन सम्पर्क गराउन खोजिएको चित्रण कथामा गरिनुले विज्ञानले मान्छेलाई पशुवत गुणमै फर्काउनेछ भन्न अर्थ प्रदान गरेको छ । यो कुराले भविष्यमा मान्छले सम्पूर्ण मानव संवेदना गुमाए पनि उसमा प्रकृतिका पशुवत मूल स्वभाव भने कायम रहने छ भन्ने सङ्केत दिन्छ । 'यान्त्रिक यन्त्रणा' कै निरन्तरका रुपमा यो कथा रचिएको देखिन्छ । कुनै बाकसमा सुरक्षित राखिएका बाबु छोरीले ४०० वर्षपछि पुनर्जीवन पाएको चर्चा 'यान्त्रिक यन्त्रणा'मा पनि छ । 'यान्त्रिक यन्त्रणा'मा छोरी पूर्वस्मृति शून्य छे र बाबुमा पुराना स्मृति जस्ताको तस्तै रहेको चर्चा गरिएको छ यही कुरा यसकथामा पनि छ । यस्ता 'यान्त्रिक यन्त्रणा'मा उल्लेखित एकै प्रकारका घटना र विवरण यस कथामा पनि पाइनुले 'यान्त्रिक यन्त्रणा' कै निरन्तरको झलक दिन्छ ।
 
'अश्वत्थामा उवाच' को चरफार

२०३८ मा प्रकाशित प्रलाप कथासङ्ग्रहमा सङ्ग्रहित 'अश्वत्थामा उवाच' कवितारामको अर्को विज्ञानकथा हो । महाभारतको युग एक वैज्ञानिक उन्नतिको युग थियो भन्ने कल्पना यस कथामा गरिएको छ । महाभारतको युद्धमा अत्याधुनिक वैज्ञानिक हातहतियारको प्रयोग गरिएको थियो भन्ने कुरालाई यस कथाले उठाएको छ । महाभारतमा वर्णित घटना र कृयाकलापलाई आधुनिक वैज्ञानिक मान्यताअनुसार व्याख्या गर्ने कार्य कवितारामले यस कथामा गरेका छन् । नेपाली लोककथा महाभारत शास्त्र र वैज्ञानिक सिद्धान्तको सम्मिश्रण गरी यो कथा रचना गरिएको छ ।

महाभारत युद्धका कौरव पक्षका एक सेनापति अश्वत्थामा एउटा लेकको गोठमा पुगेपछिको कथावस्तु यस कथामा लिइएको छ । महाभारतको युद्धमा भीमले अश्वत्थामाको टाउकोको मणि निकालिदिएकोले टाउकोमा रहेको घाउको जलन कम गर्न उनी लेकको गोठगोठमा पुगी गोठालासँग नौनी माग्छन् र घाउमा थोपर्छन् भन्ने लोक मान्यतामा यो कथा आधारित छ । अश्वत्थामाको टाउकोमा मणि नभई गिदीको स्वभाविक कार्यक्षमतालाई हजारौं गुणा बढाउने एउटा जैविक मगज विस्तारक यन्त्र भएको र महाभारतको युद्धमा यस मगज विस्तारक यन्त्रका भरमा अश्वत्थामाले पाण्डव पक्षमाथि भिषण हमला गरेपछि संसारमा प्रलय सुरु हुनथालेको चर्चा यस कथामा छ । आत्मरक्षामा मात्र प्रयोग गर्न पाइने अस्त्र अन्य अवस्थामा प्रयोग गरी अन्तबर््रह्माण्डीय नियम तोडेकोमा कृष्णले भीमद्वारा अश्वत्थामालाई पकि्रई जैविक मगज विस्तारक यन्त्र निकालिदिएको कुरा स्वयम् अश्वत्थामाले गोठालालाई बताएको कुरालाई कथाकारले कथावस्तु बनाएका छन् ।

विशेषतः यो कथा वैज्ञानिक एरिक भोन डेनिकेनको सिद्धान्तमा आधारित भएको कथाकारले कथा सुरु गर्नु अगाडि उल्लेख गरेका छन् । डेनिकेनको सिद्धान्तअनुसार पृथ्वीका हर क्षेत्रमा देवताबारे जुन कथाहरु विद्यमान छन् ती वस्तुतः युगौ पहिले बाहिर अन्तरिक्षबाट यस पृथ्वीमा आउने वैज्ञानिक जीवहरुलाई लिएर बनेका हुन् (कविताराम; २०३८ः ६५) । प्रागऐतिहासिक वैज्ञानिकतालाई यस कथाले उठान गरेको छ । महाभारतमा उल्लेखित कृष्ण घटोत्चक कर्ण अश्वत्थामा अर्जुन भीम आदिका अतिमानवीय गुणलाई वैज्ञानिक सिद्धान्तअनुसार व्याख्या विश्लेषण यस कथाले गरेको छ; जो विज्ञान सम्मत छन् । उनीहरुको अतिमानवीय गुणलाई मगज विस्तारक यन्त्रसँग जोडेर कथाकारले वैज्ञानिकता दिने प्रयास गरेका छन् । त्यसैगरी महाभारतमा उल्लेखित अग्न्यास्त्रलाई आगो वर्षाउने एटम बम वरुणअस्त्रलाई पानी पार्ने बम ब्रह्मास्त्रलाई पारमाणविक बमका रुपमा उल्लेखित गरेका छन् । मुख्यतया पौराणिक पात्र अस्त्र र उपकरणलाई आधुनिक वैज्ञानिक मान्यताअनुसार ढाल्ने काम यहाँ कथाकारले गरेका छन् ।

यहाँ कथाकारले गोठालासँगको अश्वत्थामाको भेट वैज्ञानिक तरिकाले नगराई स्वैरकल्पनात्मक ढङ्गले गराएका छन् । यो उनको पहिलो कमजोरी हो । त्यसैगरी कथामा वर्णीत पात्र अस्त्र र उपकरणलाई आधुनिक वैज्ञानिक साधन र उपकरणबाट प्रमाणित नगरी अश्वत्थामाको मुखबाट मात्रै वर्णन गराउनु कथाकारको अर्को कमजोरी हो । यी दुई कमजोरीलाई कथाकारले बुझ्न सकेका भए यो एक उत्कृष्ट सरल विज्ञानकथा बन्थ्यो; तर त्यसो हुन नसक्दा यो एक स्वैरकाल्पनिक विज्ञानकथा बनेको छ । वैज्ञानिक सिद्धान्तमा कथा आधारित रहदारहदै पनि कथाको प्रस्तुतिमा देखिएको कमजोरीले यस कथालाई स्वैरकाल्पनिक उडन्ते विज्ञानकथा बनाएको छ । विज्ञानकथा वैज्ञानिक सिद्धान्तमा आधारित हुनुका साथै प्रस्तुतिमा पनि वैज्ञानिक सिद्धान्त र उपकरण हुनु आवश्यक हुन्छ । अश्वत्थामालाई लेकको गोठमा सिधै उपस्थित गराउनु भन्दा आधुनिक विज्ञानका उपकरणद्वारा भूतका बोली वा छाँयाका रुपमा प्रस्तुत गरिएको भए यो कथाको प्रस्तुतिमा वैज्ञानिकता पाइन्थ्यो । त्यसैगरी अश्वत्थामाको जीन वा अवशेषबाटै अश्वत्थामाको पुनर्जन्म गराएको भए पनि वैज्ञानिकता भेटिन्थ्यो । यहाँ कथाकारले सोझै लोक कथाकै प्रस्तुतिलाई समातेका छन्; जुन विज्ञानकथाका लागि अवैज्ञानिक ढङ्ग हो । वास्तवमा भन्ने हो भने कथाको कथावस्तु वैज्ञानिक सिद्धान्तमा आधारित छ र कथामा थुप्रै वैज्ञानिक विवरणहरुलाई कथाकार वैज्ञानिक विश्लेषण गर्न ज्यादै सफल छन्; तर विज्ञानकथाको प्रस्तुति अँगाल्न नसकी लोक कथाको प्ा्रस्तुतिमा कथाकारले कथा कथ्नुले सम्पूर्ण घटनावलीलाई स्वैरकाल्पनिक बनाइदिएको छ । अतः यो स्वैरकाल्पनिक विज्ञानकथा हो ।

यस कथामा प्रस्तुत गरिएको कथावस्तु प्रागऐतिहासिक विषयवस्तुमा आधारित छ । वर्तमान मानवको इतिहास सुरु हुनु अगाडि नै यस लोकमा अनेक वैज्ञानिक उन्नति भएको थियो र समयक्रमसँगै सो सभ्यता ध्वस्त भई आजको नयाँ सभ्यता विकास भएको हो भन्ने मान्यतामा यो कथा आधारित छ । द्वापर युगमा मानव सभ्यता अत्यन्तै विकसित थियो भन्ने कुरालाई यस कथामा उल्लेखित द्वापर युगका मान्छेका सभ्यता चलन कृयाकलापले देखाउँछ । मुख्यतया प्रागऐतिहासिक विज्ञानकथा विज्ञान र प्रविधिको धरातलमा टेकेर विभिन्न अवशेष र तथ्यका आधारमा प्राचीन मान्छे र प्राणीका चलन मान्यता परम्परा र कृयाकलापको उल्लेख गरिएका हुन्छन्; तर कविताराम यहाँ प्रागऐतिहासिक विषयवस्तुलाई लिएर पनि त्यसलाई विज्ञान र प्रविधिको धरातलमा टेकाएर प्रस्तुत नगरी सोझै प्रागऐतिहासिक कालको वैज्ञानिक उन्नतिको चर्चा यहाँ गरेका छन् । यसलाई उनको प्रस्तुतिगत कमाजोरी भनी माथि पनि टिप्पणी गरिसकिएको छ ।

यस कथाको मुख्य पात्र अश्वत्थामा हो । गोठालाहरु कृष्ण कर्ण अर्जुन भीम घटोत्कच विष्णु शिव ईन्द्र आदि सहायक पात्रका रुपमा कथामा देखापरेका छन् । यस्तै उत्तरा पाण्डव फौज आदि गौण पात्रका रुपमा रहेका छन् । अश्वत्थामा कृष्ण कर्ण अर्जुन भीम घटोत्कच विष्णु शिव ईन्द्र पात्र अतिमानवीय पात्रहरु हुन् भने गोठालाहरु मानव पात्रहरु हुन् । कथामा उल्लेखित गोठालाहरु वर्तमान समयका पात्र हुन् भने अरु सबै प्रागऐतिहासिक पात्र हुन् । गोठालाहरु नेपाली पात्र भएको कथाकारले कथाको भूमिकामा उल्लेख गरेका छन् । कथाको भूमिका अनुसार यो नेपालमा घटेको घटना हो । कथाको घटना नेपालमा घटेको देखाइए पनि यो कथाको पृष्ठभूमिगत परिवेश महाभारतमा वर्णित कुरु क्षेत्रमा घटित घटनाको उल्लेख छ ।

अवैज्ञानिक परिवेशगत चित्रण यस कथामा पाइन्छ । आधुनिक वैज्ञानिक प्रविधिगत यन्त्र उपकरण बिना नै प्रागऐतिहासिक कथाको कथावस्तु वर्तमानमै प्रस्तुत गरिन कथाकारको अवैज्ञानिकता हो । लेकको गोठमा अश्वत्थामा कसरी आए यसको वैज्ञानिकता के वर्तमान समयमा अश्वत्थामा के लेखका गोठमा उपस्थित हुन सक्छन् कथाकारको अवैज्ञानिक परिवेश चित्रणले गर्दा नै यस्ता प्रश्नहरु यहाँ उठेका छन् । अतः विज्ञानकथा सन्दर्भमा यो कथा कमजोर परिवेश भएको विज्ञानकथा हो ।

अश्वत्थामाको संवेगात्मक स्थितिबाट हिडाइएको यो कथा बाह्य सीमित दृष्टिबिन्दुको प्रयोग गरिएको कथा हो । यहाँ अश्वत्थामाले देखेको भोगेको र अनुभव गरेका घटनावलीलाई कथाकारले प्रस्तुत गरेका छन् । कथाकार कथावाचकका रुपमा उपस्थित भई तृतीय पुरुष पात्रका माध्यमबाट कथा अगाडि बढाएका छन् । नाटकीय शैलीको प्रयोग गरिएको यो कथा अश्वत्थामाको विवरणमा आधारित छ । यो आलङ्कारिक नभई सरल ढङ्गको कथा हो ।

महाभारतकालीन युग अर्थात द्वापर युगमा अत्याधिक वैज्ञानिक उन्नति भएको थियो भन्ने मूल सन्देश यस कथाले दिन खोजेको छ । द्वापर युगमा भगवान कहलाइएका मानवहरु जैविक विज्ञानद्वारा विकसित अतिमानव हुन् र त्यसबेला प्रयोग गरिएका अस्त्र आधुनिक आणविक पारमाणिक तथा एटमिक रासायनिक हातहतियार हुन् भन्ने सन्देश कथाकारले यहाँ दिन खोजेका छन् । शास्त्रमा उल्लेखित कुराहरुको वैज्ञानिक अनुसन्धान र विश्लेषण जरुरी छ भन्ने कुरा नै यस कथाको मूल मर्म हो । पौराणिक शास्त्र र ग्रन्थमा उल्लेखित घटनाहरुलाई अन्धविश्वासका रुपमा होइन वैज्ञानिक दृष्टिकोणमा हेरिनुपर्छ तथा ती शास्त्र र अन्य ग्रन्थमा उल्लेखित मान्यतालाई वैज्ञानिक मान्यतामा ढालेर अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने मर्म यस कथाले बोकेको छ ।


 

 



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   34023   times