कविताराम श्रेष्ठका दुई कृति एक पर्यावलाेकन - होम सुवेदी

९६ पृष्ठमा २२ वटा कथा अटाउनुले ८७ पृष्ठमा ६ कथाहरू अटाउनुले के कुराको सिद्ध हुन्छ भने कथाको बान्की, बनोट र आकारप्रकार समान प्रकारको छैन । यसो हुनुलाई कुनै अर्घेलो गरेको पनि भन्न मिल्दैन र यो विवेचनाको मूल वा गौण कडी पनि होइन । आकारगत सन्तुलनका हिसाबले नियालिने एक प्रकारको सानोतिनो गणितीय जोडघटाउ मात प्रसङ्गपूर्वको केही विषय समीक्षणकर्मका लागि मेराअघि २०३६ र २०३८ सालमा प्रकाशनमा आएका दुई वटा कथाका पुस्तक रहेका छन् । पहिलो संग्रह चाहिं सारसंग्रह प्रकाशन काठमाडौंबाट छापिएको हो । अर्काे कथासंग्रहको प्रकाशन भने साझा प्रकाशनबाट भएको छ । पहिलो कथाको पुस्तकको नाम ‘कालो कथा’ हो र दोस्रोको नाम चाहिं ‘प्रलाप’ हो । दुवै कृतिहरू कथाका संग्रह नै हुन् र दुवै संग्रहका कथाकार पनि एक हुन् अर्थात् कविताराम श्रेष्ठ हुन् । दुवै पुस्तक क्राउन साइजमा छापिएका छन् । दुवैका बाहिरी कभर पृष्ठ आकर्षक, अर्थपूर्ण र कलात्मक रहेका छन् । ‘कालो कथा’ का कभर पृष्ठमा नली हाड भात्र रहँदसम्म पनि खुट्टाको पासो नफुसेको दर्दनाक कथाको चित्र खिचेको छ । र ‘प्रलाप’ कथासंगहले पनि आफ्ना कभर पृष्ठमा कलाकार टेकवीर मुखियाको कलाकारितालाई अङ्कित गरेको छ । कथाकार कवितारामका २०२१ सालपछि २०३८ सालका बीचमा लेखिएका कथाहरू नै यी दुई कथासंग्रहमा सङ्ककलित गरिएका छन् । पहिलो कथासंग्रह ८७ पृष्ठसम्मको मात्र छ । पहिलो कथासंग्रहमा जम्मा ६ वठा कथामात्र परेका छन् भने दोस्रो कथासंग्रहका ९६ पृष्ठमा भने २२ वटा कथाहरू समावेश भएका छन् । यी कुनै कथाको पनि आयतन एकनासको छैन । तिनको लम्बाइचौडाइ गणितीय रूपमा समान रूपको छैन । कुनैको आकार १६ पृष्ठसम्म लामो रहेको छ भने कुुनैको आकार ४ पृष्ठको मात्र पनि रहेको छ । ९६ पृष्ठमा २२ वटा कथा अटाउनुले ८७ पृष्ठमा ६ कथाहरू अटाउनुले के कुराको सिद्ध हुन्छ भने कथाको बान्की, बनोट र आकारप्रकार समान प्रकारको छैन । यसो हुनुलाई कुनै अर्घेलो गरेको पनि भन्न मिल्दैन र यो विवेचनाको मूल वा गौण कडी पनि होइन । आकारगत सन्तुलनका हिसाबले नियालिने एक प्रकारको सानोतिनो गणितीय जोडघटाउ मात्र हो । १. ‘कालो कथा’ कथाकार कविताम श्रेष्ठले यस संग्रहको नामबारे रोचक र घतलाग्दो टिप्पणी गरेका छन् । समाजका कालो पाटोको चित्रण, औपचरितकता भन्दा भिन्दै रहेको प्रत्येक व्यक्तिसँग रहन सक्ने भित्रि अमिल्दो स्वभाव जुन बारम्बार समाजमा घटिरहन्छ, तर देखावटी ढ्वाङ्गले छोपेर स्पष्टसँग देखिन पाउँदैन, त्यसै प्रकारको कालो वस्त्ुलाई हेर्न र चित्रण गर्न वा औंलो ठड्याउन ‘कालो कथा’ मा कवितारामले आफूलाई ‘क’ पात्रका रूपमा उभ्याएका छन् । यो ‘क’ पात्रलाई उनी कथाकार वा आफ्नै प्रतिनिधि पात्रको रूपमा रहेको कुरा पनि स्वीकार गर्दछन् । ‘भन्दा भन्न पर्ने कुरा’ कथाकारले भूमिका लेखेका छन् । भूमिकाका रूपमा उनले आफैं १४ सूत्र दिएका छन् । त्यसरी उनले प्रकाश पारेका सूत्रभूमिकाको नवौं सूत्रमा उनले आफ्ना कथा भएका समग्र विशेषताको प्रकाश गर्ने काम गरिएको छ । त्यहाँको नवौं सूत्रको उनको भनाइ छ— “ंंंंंंंंंंंंंंंंं……….. तथाकथित सभ्य, शिक्षित, आदर्श र उच्चवर्गका पैस्तुत गर्ने ढोड्ड मैले रचेको छैन । आफ्नो अभिव्यक्तिमा म इमानदार सहेको छु ।” वस्तुतः माकिो सूत्रलाई कसीका रूपमा लिई जाँच्ता उनका ‘कालो कथा’ मा माथिको सूत्र घटित हुन सक्छ । त्यसैले कथाकारको भनाइ मा बेइमानी कतै छ वा छैन भनी खोजिरहनु पर्दैन । उनी पूर्णतः इमानदार रहेका छन् । कालोलाई देखाउनमा उनले कुनै पनि पूर्वाग्रहको कसर राखेका छैनन् । उनको भूमिकाको तेस्रो सूत्रले भनेकै छ— “विधा वया परिवेशभित्र रहेर मैले केही लेखेको छन ।” त्यसैले उनको कथासंग्रहभित्रका पूर्ण रूपमा आत्मपरक निबन्ध भन्न सििकने किसिमका ‘विचार तिलस्म’, ‘खुली प्वाँट सेन्टिमेन्ट’ र बयान’ आदि निबन्धहरूलाई पनि कथा भित्रै हालेकोमा कुनै बेइमानी गरेको भनेर भन्न सकिन्न । उनले बेइमानी गरेको पनि ठहर्दैन । उनका विचार हुन्, जसरी उनाई अभिव्यक्तिका लागि सजिलो भयो, उसरी नै उनी प्रस्तुत गर्न सक्छन् । यो कथाकारको निजी विषय (?) हो । उनको तजबीज हो । तर कथा भनेका विषयमा कथाको तत्वका आधारमा खोजबीन गर्नु भने समीक्षणकार्यमा आवश्यक हँुदो रहेछ । त्यस अर्थमा केही अप्ठेरोको अनुभव भइरहेको छ । चाहे निबन्धका प्रकार हुन् चाहे पूर्णतः कथा भन्न सकिने र कथाका आंििशक तत्वहरू बोकेका कथाहरू हुन् जे जस्ता भए पन ती कथाको नामाकरण गरी कथाकै सीमामा आबद्ध गरिएका छन् । आजको हाम्रो नेपाली समाज अत्यन्तै देखावटीको पक्षमा रहेको छ । बाहिर एक थोक र भित्र अर्कै थोक पाइनु नेपाली समाजको विशेषता नै रहेको छ । भित्र जेसुकै भए पनि बाहिर बडो सभ्य देखिनु पर्छ यहाँ । देखावटीको लागि बडो शिष्ट हुनुपर्ने चलन छ यहाँ । मन भरि लालसा, लिप्सा, लोभ, अनैतिक सोचसमझ, अन्यायी व्यवहार, पाखण्डी वृत्ति आदि भएर पनि देखावटी वा बनावटी रूपमा भए पनि यहाँ ठूलो हुनु पर्छ । बाहिर सेतो देखिनेहरूको भित्रि यहाँ कुनै न कुनै रूपको कालो हुने गरेको छ । यो समाज नै अब कालाहरूको भइसकेको छ । त्यही समग्र कालो पक्षसँग कवितारामको ‘कालो कथा’ ले मितेरी लगाउँछ । समाजको यथार्थ त्यही कालो हो । त्यसलाई सेत्याउन वा सेततो पार्न खोज्ने हामीहरू स्वाँङ पार्दै आएका छौं । हामी जे देखिन्छौं त्यो हाम्रो सत्य होइन । त्यो शुद्ध असत्या हो । त्यो शुद्ध ढ्वाङ्ग हो । असत्यका संसारमा उभिएर हामी आपूmलाई सत्यको मूर्ति देखाउन सधैं तत्पर रहेका हुन्छौंंं । कथाकारको मूल धारणा यही हो । भित्रका काला कुरालाई बाहिरका राम्रा लुगाले लुकाएर, लाज र सरमलाई पचाएर मान्छे जुँगा मुठार्छ । मान्छे यथार्थमा नाड्डो हो । उसको अस्तित्वलाई लुगाको क्रित्रिम परिधानले उसैलाई असत्यमा लगिरहेको हुन्छ । यो सारांश उनका ‘शुकदेव’ र ‘मुक्तिप्रसङ्ग’ नामक कथाले दिएका छन् । मान्छे लाई मान्छेले नै कसरी ठगेको हुन्छ, आफैंलाई आफैंले कसरी ढाँट्छ, मान्छे प्राणी प्राणीमा कति धूर्त र व्यभिचारी हुन सक्छ भन्ने कुरा उनका ‘दोकान’ कथाबाट खुलासा गरिएको छ । यौनको प्रसड्डमा सबैभन्दा बढी घिनलाग्दो प्राणी पनि मानव नै हो भन्ने आशय पनि कवितारामले आफ्ना कथामा सहज र सटिक रूपमा दिएका छन् । यौनवासनाको फोहोरमा नित्य मान्छे पौरी खेलिरहेको हुन्छ । कवितारमाका दृष्टिमा प्रत्येक मान्छे यौनको लिप्सा रूपी महमा टाँसिएको झिंगो जस्तो हो । यो वास्तवमा कवितारामको दृष्टिको सत्य मात्र नभई सार्वजनिन सत्य हो । वास्तवमा यौनको सन्दर्भमा मान्छे कति ठूलो पाप गर्दछ भन्ने चिताउन पनि सकिन्न । प्रत्येक मान्छै वास्तवमा यौन अपराधी हो । ऊ चाहे त्यो आपराध स्वयंमा सीमित भएर आत्मपीडन गरोस् वा परपीडन गरोस् । जे भए पनि हरेक मान्छे यौनको सन्दर्भमा महान् अपराधी हुन्छ । क्षणिक सुखका लालसाले जीवनलाई भइङ्कर अपराधको खौलोमा हाल्न पनि उसलाई कुनै अप्ठेरोको अनुभव हुँदैन । यो यथार्थ हो, सत्य हो । तर जीवनभरि यो अपराधका नानाथरीका टाटा टाँसिएको देखिदा पनि आफूलाई निरपराभीको टाँचा लगाउँदै छाती फुकाएर हिंड्ने बानी चाहि आपराधिक वा असत्य हो, देखावटी हो, आफैंलाई आपूmबाटैै हुने ठूलो ठगी हो । कवितारामका अधिकंश कथाहरू उप¥युक्त धारणाका निकटतामा रहेका पाइन्छन् । कवितारामले जुनसुकै विषयमा आधारित रहेर कथा लेखेको भए तापनि उनको कलम निश्छ, निडर र सत्य बोल्न आनेकाने नगर्ने प्रकृतिको छ । उनी आफ्ना भावनालाई कलमले सर्लक्क उतार्छन् । त्यस सन्दर्भमा जति मात्रामा सत्यलाई उधिन्न चाहेको हो त्यसलाई त्यो भन्दा अझ बढी उजिल्याउने उनले प्रयास गरेको हुन्छ । उनलाई सत्य कुरा भन्न र लेख्न ‘प्रस्तुत हुनुहोस्’, ‘जागीरे’, ‘रावणायण’ जस्ता कथाले यस भनाइलाई बढी मात्रामा साक्षीको काम गरेका छन् उनलाई कथात्मकताको बुनोटमा खास तारतम्य मिलाइरहनु पर्दैन । एकाएक वा गफैगफका कुरैकुरा विवरणहरूबाट कथाको तानतुन गरिहाल्छन् । त्यसैलाई एउटा आकार दिएर कथात्मक परिधान लगाइदिन थाल्यो, उनको कथा बश त्यति हो । कवितारामका कथामा शिल्प, शैली कथाको संरचना, वा यावत् कथाका तत्वको खोजी गर्न आवश्यक पनि छैन । अधिकांश उनका कथा लघु आकारक छन् । यस्ता छोटा आकारमा कथाको रचना गर्नाले त्यस्ता कथामा केही मात्रामा भए पनि रोचकता थपिन सक्छ । उनका कथामा मानसिक द्वन्द्व, मनोविज्ञानको चित्रण, मनोविश्लेषण, मनोद्वन्द्व वा बाह्य वा आन्तरिक संघर्ष आदिको सर्वेक्षण नगरे पनि हुन्छ । ऐतिहासिक, पौराणिक, मनोवैज्ञानिक, सामािजक जस्ता किसिममा उनका कथा अट्तैनन् । उनका कथाहरू खालि सामाजिक परिवेशभित्रै अडेका छन् । ती कथाको समाज पनि देखिने समाजको नदेखिने पाटोपट्टिको वा कालो समाजको स्वरूप मात्र छ । यस अर्थले हेर्दा उनका सबै कथाहरूले कालो समाजको चित्रण गरेक गरेका हुँदा यथार्थमा अडेका छन् भन्न सकिन्छ । कथाकार कविताराम र उनका कथाहरूलाई अध्ययन गर्ने बानी परेकाहरूले फलानो वादी र ढिस्कानो वादी को लेविल लगाएरै अध्ययन परम्परा निर्बाह गर्नेहरूले उनलाई अतियथार्थ वा अधियथार्थवादी भन्न पनि रुचाउन सक्लान् । तर यथार्थलाई अतिक्रमण गर्ने अर्थमा प्रयोग हुने अतियथार्थ चाहिं उनका कथामा प्रयोग हुन सक्तैन । त्यसो गर्नु उनका कथामाथि अन्याय हुन जान्छ । उनका कथालाई खुला व्यङ्ग्य बोकेका हतियार पनि भन्न सकिन्छ । शाब्दिक गोलमाल वा जन्जाल उनलाई मन परेको जस्तो लाग्दैन । उनका कथामा घुमाउरो पाराले भन्ने विधि, लक्षणात्मकताको प्रयोग गर्ने बानी वा व्यञ्जनावृत्ति आदिको अभाव भए पनि मर्मस्पर्शी व्यङ्ग्य भने उनका कथाले सहज रूपले नै बोकेका छन् । त्यो व्यङ्ग्य खास गरी समाजप्रति छ र त्यसको प्रयोगविधि व्यञ्जनामूलक नभएर अभिधामूलक नै रहेको छ । कविताका हाल चम्कन लागेका मीनबहादुर बिष्टले आफ्ना कवितामा जुन अभिधामूलक व्यङ्ग्य प्रयोग गर्ने विधि स्वीकार गरेको देखिन्छ, त्यही विधि कथाकार कविताराम आफ्ना कथामा प्रयोग गर्दछन् । भनाइमा शब्दको पर्दा कतै पनि उनले राखेका छैनन् । उनको स्पष्टवादिता प्रत्येक कथाले प्रमाणित गरेका छन् । गरिबको जीवन निर्बाह गर्ने चालचलन चित्रण, जागिरेको जीवन भोगेकाहरूका यथार्थता, वेश्याहरूका वेश्यावृत्तिहरूका नग्नचित्र, वेश्यावृत्तिमा रत हुने पुरुषहरूका वास्तविक चरित्रहरू, घूस्याहाहरूको चरित्रचित्रण, वेश्यालयको चित्रण जस्ता अनेकौं यथार्थताहरूको चित्रण यस संग्रहका कथाले जिउँदो रूपमा पोखेका छन् , जो सामान्यतः समाजसको यथार्थका पछिपङ्गि रहेको कालो हुन्छ, जो यथार्थ भन्दा पनि महायथार्थ हुन्छ, जसलाई तथाकथित सत्यले ढाकिएको हुन्छ, कोे प्रत्यक्षीकरण नै मूलतः ‘कालो कथा’को साध्य हो । वास्तवमा कवितारामले आफ्नो ‘कालो कथा’बाट देखाउन खोजेको मूल विषय यही हो र यथार्थ पनि यही नै हो । २.प्रलाप कवितारामकै अर्को कथासंग्रहका ‘प्रलाप’ का बारेमा चाहिं केही भिन्न विचार यो कथा संग्रह चाहिं कवितारमकै कथासंग्रह ‘कालो कथा’ भन्दा भिन्न स्वभाव भएका कथाहरूको संग्रह हो । ‘प्रलाप’ समग्र रूपमा ‘कालो कथा’ को प्रखर अभिव्यक्ति भन्दा निकै फरक छ ।फरक कुन अर्थमा पनि छ भने यसको चित्रणपक्ष समाजको कालो विषयसंग मात्र सम्बन्धित रहेको छैन । अझ ‘प्रलाप’ लाई साँच्चै भनूँ भने ‘कालो कथा’ कथाका कथाकारकै कथासंग्रह यो हो के ? भनि प्रश्न गर्न सकिने स्थिति छ । यसको अर्थ के चाहि होइन भने कथाकार कवितारामको ‘प्रलाप’को अभिव्यक्तिमा बेइमानी भएको छ । उनले आफ्नो ‘भन्दा भन्नु पर्ने कुरा’ मा स्पष्टसंग यसै कृतिमा पनि आफ्नो विषय राखेकै छन् । प्रस्तुत कथासंग्रहमा कथामात्र छन् भनि उनको हठ छैन । त्यसैले यस संग्रहमा अकथाहरू पनि हुन सक्छन्, तर एकएक खालका यो कथा संग्रह चाहिं कवितारमकै कथासंग्रह ‘कालो कथा’ भन्दा भिन्न स्वभाव भएका कथाहरूको संग्रह हो । ‘प्रलाप’ समग्र रूपमा ‘कालो कथा’ को प्रखर अभिव्यक्ति भन्दा निकै फरक छ ।फरक कुन अर्थमा पनि छ भने यसको चित्रणपक्ष समाजको कालो विषयसंग मात्र सम्बन्धित रहेको छैन । अझ ‘प्रलाप’ लाई साँच्चै भनूँ भने ‘कालो कथा’ कथाका कथाकारकै कथासंग्रह यो हो के ? भनि प्रश्न गर्न सकिने स्थिति छ । यसको अर्थ के चाहि होइन भने कथाकार कवितारामको ‘प्रलाप’को अभिव्यक्तिमा बेइमानी भएको छ । उनले आफ्नो ‘भन्दा भन्नु पर्ने कुरा’ मा स्पष्टसंग यसै कृतिमा पनि आफ्नो विषय राखेकै छन् । प्रस्तुत कथासंग्रहमा कथामात्र छन् भनि उनको हठ छैन । त्यसैले यस संग्रहमा अकथाहरू पनि हुन सक्छन्, तर एकएक खालका प्रलाप भने यी अवश्य नै हुन् भन्नेमा उनि सफाई दिन्छन् । यौनलाई प्रतीकबाट व्यक्त गर्न यस कथासंग्रहमा उनले प्रयास गरेका छन् भन्ने कुरामा उनकै आफ्नै सहमति छ । वस्तुतः ‘प्रलाप’ कथासंग्रहको टढ्कारो विषय यौन हो, तापनि समग्र ‘प्रलाप’ का २२ वटा कथाहरू यौनसँग मात्र सम्वन्धित रहेका छैनन् । यसको यौन प्रयोग उनकै भनाइअनुुसार प्रतीकका माध्यमबाट व्यक्त भएको छ । तृष्णा, जुँगा, आगो, श्रृङ्गार जस्ता माध्यमबाट कथाकारको यौन सन्दर्भ र विषयको चित्रण भएको छ । कुनै पनि विषयलाई प्रतीकको माध्यमबाट व्यक्त गर्नु शिष्टता तथा मनोहारितको एउटा राम्रो लक्षण मानिन्छ । शिष्टता के अर्थमा पनि हो भने प्रतीक कुनै पनि वस्तुलाई हेर्ने एउटा त्यो प्रतिविम्ब हो, जसले प्रतिविम्बका रूपमा वस्तुलाई देखाउँछ । राम्रो गरी नियाल्दा मात्र प्रतिविम्बबाट प्रकट गर्न खोजेका कुरालाई अथ्र्याइन्छ, नत्र प्रतिविम्बित कुराहरूको साटो वस्तु मात्रै आभासित हुन्छ, ऐना मात्र देखिन्छ । यसैले प्रतीकविधानको साहित्यमा प्रशस्त प्रयोग हुँदै आएको र हुने गरेको छ । कवितारामको ‘प्रलाप’ कथा संग्रहभित्रकोयौन यसै प्रतीकात्मक रूपले स्पष्ट भएको छ । पात्रहरूको यौनजन्य मनोगति, मनःस्थिति एवम् त्यसले क्रियात्मक रूपमा मान्छेमा देखाउने भिन्न क्रियाकलाप नै ‘प्रलाप’को यौन चित्रण हो । यसलाई सोझै यौनप्रभावित देखाउनुको बदला यौनलाई प्रतीकको स्वरूपबाट नै आकार दिएको छ । ‘आँखा लाग्नु’, ‘तृष्णा’, ‘श्रृङ्गार’, ‘कोठा बोल्छ’ जस्त कथाका पात्रहरू यौनप्रभावित भए पनि तिनका ेयौनलाई अन्य शारीरिक अवस्थामा वा क्रियाकलापमा लगी जोड्ने काम गरिएको छ । तुलनात्मक रूपले हेर्ने हो भने ‘कालो कथा’ को यौन प्रयोग यथार्थ हो । लाजको पर्दा लगाउने परिपाटीलाई हेर्ने हो भने ‘कालो कथा’ को यौनप्रयोग यथार्थ हो भन्नमा सन्देह नभए पनि लाजको पर्दा लगाउने चलनअनुुसार मान्ने हो भने त्यसमा गरिएको यौनप्रयोग अलिक फोहोरी र अशिष्ट प्रकारको छ भन्न सकिन्छ भने प्रस्तुत संग्रहको यौनप्रयोग चाहिं शिष्ट प्रकारको रहेको देखिन्छ । कुनै पनि कुरा ढाकछोप नगरिकन भन्न रुचाउने ‘कालो कथा’ का कथाकार कवितारामले यस संग्रहका कथाहरूमा चाहिं केही पर्दा हालेर, प्रतीकको राम्रो प्रयोग गरेर आफ्ना कुराहरू पाठकका अघि प्रस्तुत गर्न रुचाएका छन् । यसबाट उनमा सामाजिक दायित्वको बोध बढिरहेको कुरा पनि बोध हुन आउँछ । यस अतिरिक्त ‘प्रलाप’का कथाहरूकले थुप्रै विषयलाई ढाकेका छन् । मानवको मृत्युबोध, जीवनको सुन्दर पक्ष, मूक पशुसँगको मानवीय प्र्रेम, करुणा, स्नेह आदि विविध विषयसम्म ती कथाले ढाकेका छन् । हरेक विषयमा कवितारामका परम्परा भन्दा भिन्न प्रकारका धारणाहरू देखिन्छन् । यस संग्रहमा प्रायशः हरेक कथालाई लघु आकारमै पूर्णता दिइएको छ । आकारमा लघुता देखिए पनि ती कथाहरूमा आन्तरिक संरचना वा विषयवस्तुको आयामिक पूर्णताभने हरेक कथाले दिएकै छन् । कतिपय कथाहरूलाई मुक्तककथा भने पनि हुन्छ । मुक्तकपन जेजेमा र जहाँजहाँ हुन्छ, त्यो तीब्र हुन्छ । मुक्तककथा भन्नु तीब्र बेधनशक्ति भएको कथाको आकारको रचना हो । त्यसैले मुक्तककथा वा लघुकथा भएको हुँदा हरेक कथाहरूलाई प्रभावशालीताका आधारबाट हेर्दा तीब्रतर रहेका छन् । कुनै पनि कथा शिथिल छैन । आरम्भको तारतम्य मध्यको अभिवृद्धि वा क्रमिक विकासर समाप्तिको ढाँचा उनका कथालाई आवश्यक नै परिरहँदैन । उनका यी कथाहरू अनायास आरम्भ भएर अनायासै कुनै तारतम्य नमिलाई समाप्तिमा पुग्दछन् । अधिकांश कथाहरूमा कथाकार स्वयंको ‘म’ पात्रको रूपमा उपस्थिति देखिन्छ। अर्थात् ‘म’ पात्रकथानकका कथाको भोक्ता पात्र हो । यस अतिरिक्त अनभावका, दर्शक, वा श्रोता पात्रका रूपमा पनि म वा कवितारमा स्वयं को उपस्थिति रहेको छ । यस कारण उनको शैली अधिकांश मात्रामा आत्मकथनात्मक रहेको छ । पात्रहरू पनि वैयक्तिक अधिक रहेका छन् । कथोपकथन वा सम्वादको त यसै पनि कमी छ । तर जतिजति स्थानमा प्रयोग गरिएको छ त्यसमा अस्वाभाविकताको गन्ध कतै पनि पाइन्न । वस्तुतः कवितारमाका कथाहरू चित्रण गर्न खोजेको विषको भित्री मर्मलाई समेत उद्घाटन गर्दछन् । भन्न खेजेका करामा कुनै मोलाहिजा नगरी वा पर्दा नलगाई प्रस्तुत गर्नु उनको वैयक्तिक विशेषता हो । शाब्दिक जालझेल गोलमटोल, वा शब्दपाण्डित्यको कतै पनि देखिदैन । उनलाई शब्दजाल मन पर्दैन । भावुकताकोमात्रालाई कथामा प्रवेश गराएका छैनन् । वैचारिक गरिराइहरू पनि उनका कथाले बोकेका छैनन् । जीवनको अनिश्चित स्वरूप, मृत्युको अपरिहार्यता, मानवीय अन्तःप्रेम, सद्भाव आदि विषयमा उका कथामा सतही विचारहरू मात्र यदाकदा देखिन्छन् । वास्तवमा उनका कथाहरू समाजको सेतो सत्य वा कालो यथार्थ देखाउने चखिला अभिलेख हुन् । यसै रूपमा कवितारामका कथाको मूल्याङ्कन हुनु पर्छ । युगज्ञान, वर्ष, १४ अङ्क २०३९



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   33965   times