कविताराम, संघर्ष र मुक्ति –रमण घिमिरे

कविताराम, संघर्ष र मुक्ति
–रमण घिमिरे
कवितारामलाई साहित्यले कविताराम बनायो । साहित्यका निम्ति उनी कविताराम बनिए । साहित्यतर्फका मेरो छोटो अध्ययनले यसै भन्छ । तर कवितारामको परिचय यति मात्र चाहिँ होइन । उनी साहित्यमा पनि आफ्नै मौलिकता र पृथक दृष्टिकोणले अझ बढी पहिचानको चुलीमा उभिन पुगे । यथास्थिति र रुढीवादलाई भत्काएर नौलो सिर्जनाको जग बसाल्ने क्रममा उनले धेरै भोटा फटाए अनि थुप्रै पाना कागजहरु रंगाए । उनी “अस्वीकृत जमात्” को नाइके भएर समसामयिक नेपाली साहित्यमा धेरै बर्षसम्म निरन्तर लागिरहे र स्थापित हुन पुगे । आफ्ना सिद्धान्त र दृष्टिाकोणहरुलाई बाटो दिन उनले धेरै कितावहरु (जम्मा २३) लेखे र प्रकाशन गरे । उनले गद्य पनि लेखे, पद्य पनि लेखे । कविता, कथा, उपन्यास, नाटक लगायत बाल सािहत्यमार्फत आफ्नो आन्दोलनलाई व्यापक पार्दै प्रत्येक विधामा सशक्त रुपले कलम चलाए । बास्तवमा रुढीग्रस्त मूल्य र मान्यताहरुको बिरुद्धमा “अस्वीकृत जमात्” को मोर्चा बाँधी संघर्षमा ओर्लिएका कवितारामलाई अस्वीकृतवादले नै साँचो मानेमा रामबहादुर श्रेष्ठबाट कविताराम बनायो पनि ।

नेपाली साहित्यको फाँटमा कविताराम भन्ने व्यक्तित्वलाई सदैव चनाखो र सजग पारी संघर्षका निम्ति जुर्मुराउन प्रेरित गर्ने प्रमुख तत्व संभवतः “मुक्ति” शब्द नै थियो । त्यसैले उनले यस शव्द र प्रसंगलाई साहित्य, चलचित्र र आफ्नो संलग्नता रहेका प्रत्येक क्षेत्रमा प्रयोग गरे । अर्थात उनले आफ्ना सिर्जनाहरुलाई मनको भावना पोख्ने मात्र नभई मुक्तिकालागि नै माध्यम बनाउने चाहे । समष्टिमा कवितारामका साहित्यिक सिर्जनाहरुको प्रसंग उठाउँदा उनका कृतिलाई साहित्यिक मूल्य र मान्यताबाट हटेर एउटा संघर्षशील सिर्जनाका दुष्टिले पनि हेर्नुपर्छ जस्तो मलाई लाग्छ । त्यसैले उनी “कलम–योद्धा” हुन् । मैले थोरै पढेका आधारमा कवितारामका बारेमा म यो भन्दा गहिरो रुपमा भन्न सक्दिन ।

तर यो भन्दा पर, अर्कै विधामा पनि यी कविताराम उत्तिकै सक्रिय रहे र अद्यापि सक्रिय छन् । यी कवितारामलाई भने म माथिका कलमजीवी कवितारामलाई भन्दा अझ नजिकबाट अझ स्पष्टसँग चिन्न  सक्दछु । साहित्यको आफ्नो मूलघरबाट अलग्ग, चलचित्रको डेरामा बास बस्न आए, कविताराम । बास्तवमा यो उनको विधा थिएन र यसका निम्ति केही गर्नु पर्ने उनलाई वाध्यता पनि थिएन । यस अर्थमा चलचित्र विधा उनकालागि सोख र रहर मात्र हो । यति हुँदा हुँदै पनि उनले यस विधालाई गम्भीरतापूर्वक अंगाले अनि आफ्नै सिद्धान्तमा ढाल्ने कोसिस गरे । साहित्यमा उनी जसरी “अस्वीकृत जमात” को राँको बालेर मुक्तिका निम्ति संघर्षमा ओर्लिए – त्यसरी नै चलचित्रमा पनि त्यही मान्यता र प्राप्तिका निम्ति समर्पित भए । यथास्थितिलाई मात्र होइन, कुनै परिवर्तन  र परिस्थितिलाई समेत तुरुन्तै नस्वीकारी त्यसको गुणदोष खोट्याउने स्वभाव भएका कविताराम आफूले बनाएका भिडियो चलचित्रहरु मार्फत मानिसलाई प्रत्येक परिवर्तित अवस्थामा सजग रहन अभिप्रेरित गर्छन् । “रहस्यमय गुफा” र “मुक्ति–संघर्ष” नामक दुईवटा भिडियो चलचित्र बनाए उनले । यस मध्ये “मुक्ति–संघर्ष” को संक्षिप्त चर्चा गर्नु म यहाँ प्रासंिगक ठान्दछु ।
२०४७ साल चैत्र २७ गते । देशभरि जताततै स्वतन्त्रताको आवाज घन्केको छ । नारा, जुलुस–जिन्दावाद, मूर्दावादका गगनभेदी स्वरले नेपाली धर्ती गुन्जायमान् भएको छ । अवीर र रंगले नरनारीहरु पुरिएका छन् । के गाउँ, के शहर, के चोक, के गल्ली सर्वत्र मानिसको घुईचो छ । कतै तीलको दाना राख्नेसम्म ठाउँ छैन । सारा देशवासीहरु उल्लासित भई लामो समयपछि मुक्तिको मुक्त सास फेरिरहेछन् । तर कविताराम यो प्राप्तिप्रति अझै ढुक्क हुन सकिरहेका छैनन्, सशंकित नै छन् । जनताको संघर्ष र बलिदानबाट प्रजातन्त्र त आयो तर सम्पूर्ण प्रजातन्त्र आउन अझै बाँकी नै छ । उनी यस पछि पनि फेरि अर्को संघर्ष गर्नु पर्ने निश्चयमा पुग्छन् । “मुक्ति–संघर्ष” ले बर्तमान नेपाली अवस्थाको चित्रण गर्न धेरै अंशमा सफल भएको छ । जुन वर्गले प्रजातन्त्र प्राप्तिका लागि आफूलाई आन्दोलनमा होमे, आहुति हाले जसले आफन्तजनहरुलाई सदाकालागि गुमाए के तिनीहरुका निम्ति अहिले साच्चिकै प्रजातन्त्र आयो त ? के तिनीहरुले प्रजातन्त्र आउनुको सुखानुभूति पाउन र यस परिवर्तनको पृथक अनुभव गर्न सके त ? कवितारामले प्रजातन्त्रको पुर्नप्राप्ति सँगसँगै केही आशड्ढाहरु उठाए । अनि मानिसहरु प्रजातन्त्र प्राप्तिको कल्पना गरिरहेको बेला उनी सुटुक्क गाउँ पस्छन् र “मुक्ति–संघर्ष” बनाउँछन् तथा एउटा यथार्थपूर्ण भविष्यबाणी गरिदिन्छन् । अहिले यस्तै यस्तै अनुभव भइरहेछ । साँचो प्रजातन्त्र पाउनलाई चरणबद्ध रुपमा पुनः पुनः संघर्षहरु गर्दै जान्नु पर्छ । उनले “मुक्ति– संघर्ष” मा यही भनेका छन् ।

संघर्ष र मुक्ति कवितारामका अपरिवर्तनीय अभीष्टि हुन् । उनी जुनसुकै परिस्थिति र क्षणमा पनि यिनै कुराप्रति चिन्तित हुन्छन् । त्यसैले चलचित्रमा पनि यी कुराहरुलाई उनले प्रमुखता दिएका छन् । व्यवसायिक महत्वलाई गौण राखेर जनचेतनाका निम्ति चलचित्र बनाउने चलचित्रकर्मी बत्ती बालेर खोज्नु पर्ने अहिलेको अवस्थामा मूलघर छाडेर केही क्षण डेरामा बस्न आउँदा पनि उनले आफ्नो “अस्वीकृत मान्यता र मुक्ति–प्रसंग” लाई जीवन्त नै राखे । यही उनको विशेषता पनि हो । उनको “मुक्ति–संघर्ष” नेपलमा ६ वटा पुरस्कारहरुबाट र उत्तर कोरियाको प्योङयाङमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एशिया अफ्रका सोलाडारिटि अवार्ड बाट पुरस्कृत भए पश्चात् कवितारामको मान्यता र दुष्टिकोण पनि पुरस्कृत भएको छ तथा यस नयाँ विधाको उनको प्रवेश पनि पुरस्कृत भएको छ ।

“मुक्ति–संघर्ष” का कुरा उठाउँदा यसको निर्माण पछिका संघर्षका प्रसंगहरुलाई पनि भुल्नु हुदैन । बल्लतल्ल यसको निर्माण त सकियो तर सेन्सर पास गराउन भने उनलाई फलामका चिउरा चपाउनु जत्तिकै सकस भएको थियो, धेरै दौडधूप र खर्चहरु भएका थिए । सेन्सर बोर्डका पदाधिकारीहरुलाई अनावश्यक सेन्सरभत्ता र  सेन्सरबोर्डको लागि खानाखर्च भर्दाभर्दा उनको खल्ती झन्डै रित्तिएको थियो । “मुक्ति–संघर्ष” का लागि भने अनेर्कौ पल्ट बोर्ड बस्यो, अनेकौं तर्कहरु तेस्र्याइयो र “मुक्ति–संघर्ष” लाई रोक्न अनेकथरी व्यवधानहरु अघि सारियो । कविताराममा यदि धैर्यवान् संयमित व्यक्तित्व नभएको भए “मुक्ति–संघर्ष” ले मुक्तिका निम्ति सायद निराश नै हुनुपर्ने थियो । अन्ततः उनको लगनशीलता र निष्ठाको जीत हुनु नै लेखिएको रहेछ, “मुक्ति–सांघर्ष” ले खुला आकाश पायो र दर्शक समक्ष पुग्ने मौका पायो ।

कविताराम जति खँदिलो र दृढ बिचारका धनी छन्, साहित्य र संस्कृतिका निम्ति त्यत्तिकै सहयोगी र सहज पनि छन् । “नवीना स्मृती पुरस्कार” स्थापना गरिंदा उनले त्यस बर्षको, पहिलो पुरस्कार र आयोजना खर्चको सम्पूर्ण जिम्मेवारी लिन सहर्ष तयार भएका थिए । रविन नेपाली, प्रदीप भट्टराई, प्रकाश सुवेदी र म – हामी चारजना एक अपरान्ह कवितारामकहाँ गयौं । केही साहित्य र चलचित्रका कुरा भए पश्चात उनलाई हामीले यो प्रस्ताव राख्यौं । उनले एक पल्टसम्म प्रश्न नगरी उनले “हुन्छ” भने । पछि उनी नेपाल टेलिभिजनमा अध्यक्ष भएर गए र त्यहाँ पनि नौलो र सिर्जनात्मक कुराहरुलाई नै प्रोत्साहित गरे । उनको क्रियाशीलताप्रति आलोचना गर्दै केही मानिसहरुले भने पनि– “कविताराम अध्यक्ष भएर आफै क्यामेरा सोझ्याएर हिंड्छन् ।” कत्तिले फत्तुर लगाए– “त्यत्रो ठूलो पदमा बसेर पनि जाबो क्यामेरामेन हुन खोज्छ ।” तर उनले क्यामेरा आफ्नो काँधमा तेस्र्याएर कुनै क्यामेरामेनको जागिर खान खोजेका थिएनन् बरु क्यामेरामेनको महत्वलाई अझ गरिमामय बनाउन खोजेका थिए । टेलिभिजन माध्यममा क्यामेरामेन पहिलो यस्तो महत्वपूर्ण व्यक्ति हो, जसको अभावमा कुनै दृश्य छायाड्ढित हुन सक्दैन र छायाड्ढन बिना टेलिभिजन नै चल्न सक्दैन । (जनवादी छायांकन)  त्यसैले उनले त्यो गरेकै भए पनि त्यो महत्वपूर्ण विधामा लागेका हरुलाई आफ्नो पदको खोल झिकेर सघाएका थिए ।

उनले नेपाल टेलिभिजनमा अध्यक्षको पद सम्हाले पछि केही महत्वपूर्ण सुधारहरु गर्न खोजेका थिए । टेलिफ्लिम, कार्यक्रम र संगीतलाई आकर्षक र स्तरयुक्त बनाउन तत्तत् वीधाका ज्ञाताहरुको एक एक कार्यदल बनाई आवश्यक सुझाव लिने काम पनि गरेका थिए । ती विभिन्न पक्षका सुझावहरु भलै अहिले नेपाल टेलिभिजनको कुनै कारिन्दाले आफ्नो रद्दीको कुनै फाइलमा थन्क्याएर राखेकोहोला तर त्यसमा सड्ढलित सुझावहरु सदाका लागि महत्वपूर्ण थिए । यो लेखक पनि संंगीत तर्फका कार्यदलमा संलग्न रहेको हैसियतले यतिसम्म भन्न सक्छ– ती सुझावहरु कुनै राजनैतिकवादमा नअल्मलिई विशुद्ध पेशागत हकहितका लागि दिइएका थिए । उनी त्यहाँ कसैको काममा हस्तक्षेप नगरी राम्रो परिणामका निम्ति केही गरौं भन्ने भावनाले कहिले क्यामेरा समाउन पुग्थे त कहिले एडिटिङको टेबुलमा पुग्थे । (आफू कथाकार, गीतकार, संगीतकार, कलाकार भएपनि क्यामेरामा देखिन लोभ नगर्नु एउटा उल्लेख योग्य कुरा)
कविताराम सधैं केही गर्न चाहने, नौलो र सिर्जनशील कार्य गर्न उत्सुक व्यक्तिको नाम हो । साथै केही गर्न चाहनेहरुको सहयोगका लागि सदा केही गरिदिने व्यक्तिको नाम हो कविताराम । कविताराम साह्रै व्यस्त रहन्छन् । तर राम्रो कामका निम्ति जस्तै व्यस्त समयमा पनि फुर्सद निकाल्छन् । समष्टिमा भन्नु पर्दा कविताराम धेरैवटा सिर्जनाहरुको एउटै केन्द्रबिन्दु हुन् ।



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   1   times