कवितारामः अस्वीकृत जमातदेखि स्वभाववादसम्म – देवीप्रसाद सुवेदी

कवितारामः अस्वीकृत जमातदेखि स्वभाववादसम्म
– देवीप्रसाद सुवेदी

प्रतिक्षणको नवीनता मानवीय जीवनको स्वभाविक चाहनाको विषय हो । नेपाली वाड्डमयमा समय–समयमा देखा परेका वैचारिक रङ्ग र शैलीगत ढङ्गहरु पनि यस्तै चाहनाका उपज हुन्, त्यसैले स्वाभाविक हुन् । हिजोको मान्यताको शवलाई आजको पुस्ताले सतीदेवीको मृतदेहलाई शिवले झैं काँधमा बोकेर हिंड्न अस्वीकार गरेका उदाहरण अनगिन्ति छन् । यही कारण हो विश्वमा नयाँ दर्शन, वाद, मान्यता, विचार वा दृष्टिकोणहरुमध्ये जुनकुनैले पनि कुनै न कुनै रुपमा स्थान पाएकै छन्,  मात्रा अन्तरको मात्र हो । एउटै जमिनमा उस्तै आकार–प्रकारका अमृत र विषका वोटहरु उमे्रका हुन्छन् । अझ एउटै वस्तु दृष्टिकोण र ग्रहणशीलताको भिन्नताले गर्दा विष र अमृत दुवै हुन सक्छ । जीवन–जगत्प्रतिको आशावादिता र आस्थासंगै निराशावाद र अनास्थाले पनि जन्म लिएका हुन् । त्यसैले अनास्था, निराशा र अस्वीकृतिविना आस्था, आशा र स्वीकृति सार्थक वन्न र ती परिभाषित हुन पनि सक्दैनन् । यसरी अस्वीकृत विचारलाई पनि त्यही सापेक्षतामा राखेर हेर्दा केही अर्थिन र परिभाषित हुन सक्दछ ।

सन्दर्भ अस्वीकृत जमातको हो । तर यस जमातले कुनै वाद वा विचारमा आधिरित आफूलाई वनाएको भने पाइएन । समाजप्रतिको आक्रोशलाई व्यक्त गर्ने एउटा शैली लिएर समष्टिमा देखा परेको थियो अस्वीकृत जमात । तर “अस्वीकृत” शव्दले अस्वीकारवादमा आधारित धारणालाई नवुझाएर अरु कसैवाट वा कतैवाट स्वीकृत नभएको (जमात) भन्ने वुझिन्छ । यसैले “अस्वीकृत जमात” अरुवाट विस्थापित वा अस्वीकृत बनेको हो वा ऊ स्वयं नै अस्वीकृतिवादी बनेको हो ? भन्ने प्रश्नले अझै पनि उत्तर पाएको छैन तात्कालिक अस्वीकृत जमातका सदस्यहरुवाट ।  “अस्वीकार एउटा प्रकृया हो, युद्धचेतना हो जसलाई म सत्ताहीन लेखन भन्न  चाहन्छु ।” “विस्थापित अनुहार” – शैलेन्द्र साकार (मन्त्र ।। ६ ।।)

यसरी हेर्दा अस्वीकृत जमातका शैलेन्द्र साकारको उक्ति अस्वीकारवादी पाइन्छ । तर त्यसै आन्दोलनका अर्का सदस्य कवितारामको भनाइ छ – “स्थापित वूढो मान्यतावाट अस्वीकृत हाम्रो जमातलाई “अस्वीकृत जमात” सबभन्दा उपयुक्त नाम थियो ।” (मेरा अस्वीकृत मान्यताहरु पृ. ८)

मान्यताहरुवाट आफू अस्वीकृत हुनु र आफूले मान्यताहरुप्रति अस्वीकृति जनाउनु अवश्य नै फरक विषय हो । यसमा अस्वीकृत जमात अझै स्पष्ट वन्न सकेको  छैन । तर अब यस अस्वीकृत जमातलाई व्यष्टिमा अर्थात् कविताराममा मात्र हेर्न सकिन्छ । अब कवितारामले त्यस अस्वीकृत जमातले लिएका अस्पष्ट एवं ढुलमुल दृष्टिकोण र मान्यताहरुलाई “स्वाभाववाद” को नामले व्याख्या गर्न खोजेका छन् । केही समयसम्म छाडापनलाई वोकेर हिंडेको अस्वीकृत जमातलाई कविताराम अव सीमाभित्र वाँध्न खोज्दैछन् । विश्रृङ्खलित जमातले अव व्यक्तिमा आएर सूत्रवद्ध हुन चाहेको छ । कवितारामको अहिलेको प्रयास त्यसैको उपज हो । यसैलाई कवितारामले “स्वभाववाद” भनेका छन् जहाँ विभिन्न वाद र सिद्धान्तहरुको घोल उनले तयार गरेका छन् । उनी लेख्दछन् – “ममा र मेरो परिभाषित स्वभाववादमा मार्क्सका  Dilectical Materialism, Anarchism / Theory of Super-stricture and sub-structure  का प्रशस्त प्रभावहरु छन् । त्यस्तै बाकुनिनका Anarchism र अगस्त काम्टको positivism ले झनै वेसी प्रभाव पारेका छन् । उत्तिकै प्रभाव हिन्दू दर्शन, चार्वाक सिद्धान्त र वाममार्गी शाक्तिहरुका सिद्धान्तले पनि पारेका छन् ।” “मेरा अस्वीकृत मान्यताहरु” (पृ. १५)

कुनै वाद वा सिद्धान्तवाट प्रभावित भई धेरै वादहरुको निष्कर्षमा कुनै मान्यताको सिर्जना हुनु अस्वाभाविक र अनुचित कुरा होइन । तर नयाँ सिर्जित मान्यतामा कति दम छ र त्यसमा सर्जकको मौलिकता कसरी प्रस्फुटित भएको छ भन्ने विषय मुख्य हुन जान्छ । यहाँनेर के देखिन्छ भने कवितारामले विश्वका कतिपय भौतिकवादी दर्शन एवं सिद्धान्तहरुको मिश्रित प्रभावको रुपमा “स्वभाववाद”को घोल तयार गरे पनि यस वादको मौलिक चिन्तन पक्ष भने कमजोर देखापर्दछ । यद्यपि उनको चिन्तनको आधार भौतिकवाद नै हो तापनि उनको निजीपनमा भने चिन्तनदारिद्¥य टड्कारै छ । जस्तै उनी लेख्छन् – “स्वभाववादी चिन्तनको मूल घरातल अर्थ वा खाना हो । सबै मान्छेको जीवनी एउटा खानाको कथा हो । सबै समाज सबै राष्ट्रको कथा पनि खानाकै कथा हो र सबै इतिहास खाना कै इतिहास हो ।” (मेरा अस्वीकृत मान्यताहरु” – पृ.१५)

सम्भवतः स्वभाववादका चिन्तक कवितारामले प्रस्तुत गरेका यिनै मान्यता एवं धारणाहरुलाई लिएर होला मदनमणि दीक्षितले कवितारामलाई “एउटा साहित्यिक स्कूलको रुपमा स्थापित भइसकेको लेखक हो” भन्ने निष्कर्ष प्रस्तुत गर्नुभएको छ । अवश्य नै किशोर अवस्थादेखि वर्तमानसम्मको आफ्नो साहित्यिक यात्रामा संघर्षमय अवस्थाका निकै उकाली ओरालीहरु पार गर्दै अनिर्दिष्ट विद्रोह र नेपाली साहित्यका कतिपय आन्दोलनहरुवाट खारिंदै आएको कवितारामको साहित्यिक वौद्धिक व्यक्तित्व प्रौढ वन्दै गएको छ । त्यसले आफ्नो गन्तव्यलाई सही दिशातिर मोड्ने जमर्को पनि गरेको छ । तर पनि के देखिन्छ भने कवितारामको साहित्यिक स्कूल–स्थापनाको यो पूर्वाभ्यास मात्र हो र यस क्रममा उनले आफूलाई स्पष्ट पार्नुपर्ने धेरै कुराहरु अझै वाँकी नै छन् । अस्वीकृत जमातको गाजेमाजे वहकाउवाट आफूलाई सच्याउन खोजेर उनले एउटा निश्चित दिशा समात्ने प्रयास मात्र गरेका छन् । उनको वर्तमानको प्राप्ति यही हो । यसवाट अगाडि वढेर एउटा स्कूलको रुपमा स्थापित हुन उनले आफ्नो चिन्तनलाई माथि उल्लेख गरे झैं दरिद्र वनाउनु हुन्न र आफ्नो मार्गलाई प्रथमतः स्पष्ट राख्नु आवश्यक छ ।

वास्तवमा मानिस, मानव–समाज र यसको इतिहासलाई सबभन्दा ठूलो प्रभाव उसमा विकसित चेतनाले पारेको छ । चेतना भौतिक पदार्थसंग असम्वद्ध त होइन तर त्यसको विकासको निश्चित विन्दुमा पुगेपछि चेतनाले पृथक रुपमा आफ्नो अस्तित्वको पहिचान दिन्छ । चेतनाको स्तर न्यून रहेका पशुपंछी र कीट–पतङ्गहरुले पनि आफ्नो पेट भरेकै छन् र भौतिक पदार्थवाट उर्जा प्राप्त गरेकै छन् । तर मानवीय उर्जा स्रोतको उच्च स्वरुप भौतिक तत्ववाट अझ विकसित बनेको चेतना नै हो । यसैले त्यस चेतन–तत्वलाई एकातिर पन्छाएर लेखकले “खाना, खाना र मात्र खानाकै रुपमा मानवीय इतिहासको विश्लेषण गरेर आफ्नो चिन्तन पक्षलाई कमजोर र निरीह वनाएका छन् ।
हुन त दर्शनको गह्रुंगो भारी वोकेर अस्वीकृत जमातको जन्म भएको होइन जसलाई लेखकले “स्वभाववाद”को जगको रुपमा लिएका छन् । केही साथी–भाइवीचको आक्रोशयुक्त तर हल्काफुल्का टेविल–गफको रुपमा जन्मेको यस जमातलाई उसले धान्नै नसक्ने वाद वा सिद्धान्तको वोझ वोकाउने इच्छा उक्त जमातका सदस्यहरुले पनि गरेनन् (“अस्वीकृत आन्दोलन” कुनै “वाद”का लागि लडाई थिएन” – “मेरा अस्वीकृत मान्यताहरु” – पृ. ८) र कुनै वाद वा सिद्धान्तसंग जोड्ने प्रयास कसैले गर्दा पनि गरेन । नेपाली साहित्यिक जगत्मा उम्रिएका “अस्वीकृत जमात” लगायतका “राल्फा” “अमलेख” “वुटपालिस” “सडक, कविता, क्रान्ति” “तरलवाद” अभियानहरु दिशाहीन आक्रोश र विद्रोहद्वारा प्रेरित भएर जन्मेका निकै वर्षपछि तिनले आफू अडिने सैद्धान्तिक आधार खोज्न थालेका हुन् । राल्फा मण्डलीकी नेतृ पारिजात र त्यसका युवा विद्रोहीहरुले मार्क्सवादी जीवन–दर्शनको नजिक पुगेर त्यहाँ आफू वाँच्ने आधार भेट्टाएका हुन् र “वुट पालिस” “अमलेख” “सडक–कविता क्रान्ति” “तरलता” जस्ता साहित्यिक आन्दोलनसम्वन्धी असन्तुष्ट युवा लेखकहरुले प्रजातान्त्रिक राजनीतिक वातावरणको प्राप्तिसंवन्धी समस्यासंग आफूलाई जोड्ने जमर्को गरेका हुन् । “अस्वीकृत जमात”का संस्थापक र संचालक वनेका कतिपय युवाहरुले जमातसंगको आफ्नो संलग्नताको वकालत गर्न छोडेको लामो अन्तरालपछि कवितारामले भने आफू संस्थापक रहेको “अस्वीकृत जमात” को नयाँ संशोधित र परिर्वितत संस्करणको रुपमा अहिले “स्वभाववाद” लाई अगाडि ल्याएका छन् र उनले नेपाली साहित्यिक वौद्धिक जगत्लाई दिएको यो “स्वभाववाद” नामको “वाद” वहुसिद्धान्तद्वारा प्रभावित हो भन्ने पनि देखाउन खोजेका छन् । तर त्यो “स्वभाववाद” को स्थापना गर्ने क्रममा उनको सिद्धान्त वा चिन्तन अराजकता, पलायन, नग्नता, वीभत्सता, कुण्ठा, निराशा, मूल्यको विघटन, जस्ता विक्षिप्त र विकीर्ण धारणाहरुले जेलिएर अस्पष्ट बनेको छ भने अर्कोतिर समाज र यसभित्रको कमजोर वर्गको प्रवक्ता वन्ने लालसा पनि जीवितै रहेको छ (“मैले सधैं प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रतीकका माध्यमवाट वा आत्मकथाका शैलीवाट हार्ने, पिसिने, हतोत्साह हुने, अल्मलिने, जानेर वा नजानेर भरौटे हुने, पिठ्ठु हुने, विवश भएर नोकर हुने, चोर हुने, रण्डी हुने इत्यादि कमजोर वर्गको प्रवक्ता भएर लेखें” – “मेरा अस्वीकृत मान्यताहरु” पृ. १७) र संगसंगै  प्राचीन र प्रचलित मान्यताहरु विरुद्धको विद्रोह मात्र नभएर तिनलाई वदल्ने जिकिर पनि छ (“उनीहरु वीचका सम्पूर्ण मान्यता र मूल्य मान्छे स्वयंले वनाएका हुन् र सबैलाई उनीहरुले वदल्न सक्छन्”  (“मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” पृ. २१)

“बकपत्र”का रोगिनी, रण्डी र वाउन्ने पात्रहरु समाजभित्रका प्रताडित र उत्पीडित पात्रहरु हुन् । यसरी तिनलाई मूल्यविहीन स्थितिमा पु¥याउनमा समाजिक मूल्यहरु मान्यताहरु जिम्मेवार छन् भन्ने स्वर यसमा उद्घाटित छ “बकपत्र” भित्र । उनका “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” भित्रका “हरिभुङ्गे राजा र भताभङ्गे काजी” “रावणयण” जस्ता कथाहरुले प्राचीन प्रचलित मूल्यहरुका विरुद्ध आक्रोश पनि व्यक्त गरेका छन् । (“हाम्रो सामाजिक व्यवस्थामा कत्रो खाल्डो ?” – बकपत्र पृ. ५२) भनेर सामाजिक असमानताप्रति सचेत वन्दै संगठित विद्रोह (“समस्त पीडाहरु विरुद्ध म सुसंगठित कीरा लाग्नेछु ।” – “बकपत्र” पृ. ६८) का निम्ति जुर्मुराउने प्रवृत्ति ठाउँठाउँमा व्यक्त भए पनि सामाजिक अव्यवस्थादेखि पलायन (“मृत्यु कहाँ हामी जस्ता पलायनवादीलाई आउँछ ?” बकपत्र पृ. ४४) वीभत्सता र कुण्ठा नै यी रचनाहरुको मूल ध्येय वन्न पुगेका छन् । केही मात्रामा सामाजिक अस्तित्व स्वीकार्य भए पनि अस्तित्वहीनताको आग्रह वढी छ । ईश्वरीय सत्ता मूर्त रुपमा अस्वीकृत वने पनि अमूर्त रुपमा अस्वीकृत छ नै (“मैले भगवानलाई कहिल्यै मूर्त रुपमा स्वीकारेको छैन” बकपत्र पृ. ३४) । यसरी अस्वीकृत मान्यताको आकांक्षा तीव्र वने पनि “स्वभाववाद” मा संक्रमण हुँदाको स्थितिमा स्वीकृतिको मात्रा पनि त्यसमा रमरम पाइन्छ । यसरी अस्वीकृतिपरक मान्यताको पूर्णता सन्देहास्पद बनेको छ ।

कवितारामले आफ्ना अस्वीकृत मान्यताहरुको नयाँ संस्करणको रुपमा प्रस्तुत “स्वभाववाद” मा “काका म्ष्बभिअतष्अब िःबतभचष्बष्किm र ब्लबचअजष्कm को प्रशस्त प्रभाव परेको भनी उल्लेख गरेको कुराको चर्चा माथि पनि भइसकेको छ । अर्को ठाउँमा पनि कविताराम स्पष्टीकरण दिन्छन् – “मैले स्पष्ट भनेको छु म मार्क्सको अराजकतावादवाट निकै प्रभावित छु । मार्क्सलाई साम्यवादी भन्दा पनि अराजकतावादी भन्नु उपयुक्त हुन्छ । उनको परिकल्पित वैज्ञानिक समाज पूर्णतः अराजकतावादमा आधारित छ । समाजवाद वा साम्यवाद उनका अराजकताको वाटो हुन् । अराजकतावादको प्रसङ्ग आउँदा म माकर््सभन्दा पनि बाकुनिनलाई ज्यादा आफू नजिक पाउँछ । उनको अराजकतावादमा शासन कुनै तहमा हुन्न । म अराजकतावादको समर्थक हूँ ।” (“मेरो अस्वीकृत मान्यताहरु” – पृ. २२)

यस कथनले कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकवादलाई ज्यादै गलत रुपमा प्रस्तुत गरेको छ । राज्यले मानिसमाथि शोषण र उत्पीडन गरेको छ, यसैले राज्यव्यवस्थालाई समाप्त पार्नुपर्छ र जनजीवनवाट सत्ताको सिद्धान्तलाई सदाको लागि हटाईदिनुपर्छ भन्ने बाकुनिनको अराजकतावादी सिद्धान्त व्यक्तिवादी पूँजीवादी सिद्धान्त हो भने द्वन्द्वात्मक र ऐतिहासिक “भौतिकवाद, राजनीतिक अर्थशास्त्र र विज्ञानसम्मत कम्युनिजमको संघटक वादको रुपमा स्थापित मार्क्सवाद पूर्ण समाजवादी सिद्धान्त हो । यी दुई दृष्टिकोणहरु पृथक धु्रवीय दृष्टिकोणहरु हुन् । यसैलेमार्क्सको द्वन्द्वात्मक भौतिकवादसंग अराजकतावादलाई जोड्नु ज्यादै असङ्गत र हास्यास्पद कुरो हो । स्वयं मार्क्स  र एङ्गेल्सका रचनाहरुमा अराजकतावादी युटोपियन सिद्धान्तको खण्डन पाइन्छ । अराजकतावाद शोषणविरुद्ध त वोल्छ तर त्यसभन्दा उता उसको पहुँच छैन । शोषणका कारणहरु, शोषणविरुद्धको वर्गसंघर्ष एवं समाजवादी क्रान्तिवारे अराजकतावादीहरु मौन छन् । यसैले महान् रुसी समाजवादी क्रान्तिमा यसले प्रतिक्रान्तिलाई वल दियो र फलस्वरुप रुसवाटै अराजकतावाद नष्ट हुन पुग्यो । समाजको पुनर्निमाणमा राज्यको भूमिकालाई महत्वपूर्ण ठान्ने मार्क्सवाद र राज्यको भूमिकालाई नै अस्वीकार गर्दै राज्यलाई नै समाप्त गर्नुपर्छ भन्ने अराजकतावादलाई कसरी मार्क्ससंग लेखकले जोडेका हुन् ? यो दिग्भ्रमित र सिद्धान्तहीन कुरा छ । अराजकतावादका सिद्धान्तकार स्टर्नर (ई. १८०६–१८५६), प्रूँधो (ई. १८०९–१८६५) र बाकुनिन (ई. १८१४–१८७६) अनि साम्यवादका प्रवर्तक कार्ल माकर््स (ई. १८१८–१८८३) एकै समयका थिए र अवश्य नै यी दुवैथरिको दृष्टि समाजमा प्रचलित शोषणमाथि परेको थियो र दुवैथरिले शोषणको अन्त्यको सवाललाई मुख्य पनि मानेका छन् तर शोषणको अन्त्यको कुरा गर्दैमा एउटा पृथक दृष्टिकोण भएको सिद्धान्त र विचारलाई अर्कोको नजिक देख्नु वौद्धिकताहीन तर्क मात्र हो ।मार्क्सद्वारा (“परिकल्पित” होइन, जस्तो यहाँ लेखिएको छ । द्वन्द्वात्मक भौतिकवाद युटोपियन होइन वरु मार्क्स  र एङ्गेल्सले नै बाकुनिनको अराजकतावादलाई युटोपियन भनेका छन्) “परिकल्पित वैज्ञानिक समाजलाई पूर्णतः अराजकतावादमा आधारित मानेर लेखकले मार्क्सवादी सिद्धान्तवारे अल्पज्ञाताको परिचय दिएका छन् । मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक समाज अराजक समाज होइन वरु पूर्ण राजकतायुक्त समाज हो र अराजकता र पूर्ण राजकता ठीक विपरीत कुरा हुन् भन्ने वुझ्नुपर्छ ।

“म कुनै वर्गको विरोधमा छैन, हिंस्रक शासक र शोषक मूल्यहरुका विरोधमा छु ।” (“मेरा अस्वीकृत मान्यताहरु” – पृ. २३) भनेर अर्कोतिर लेखकले वैज्ञानिक धरातललाई छोडेर आकाशे फूल फुलाउने चेष्टा गरेका छन् । कुनै शोषक वर्गविहीन हुन्छ र उसका मूल्यहरुभन्दा ऊ पृथक् रहन सक्छ भनी मान्न सकिन्छ ? शोषकहरुका मूल्यका विरुद्धमा रहने तर वर्गको विरोधमा नरहने कुरा एक–अर्कोमा विरोधाभासपूर्ण छन् । तर यसरी वर्गसंघर्षलाई अस्वीकार गर्ने कथाकार “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” को भूमिका अर्थात् “भन्दा भन्नुपर्ने कुरा” मा लेख्छन् – “रावणायण” २०३१ सालमा लेखिएको एउटा प्रगतिशील कथा हो । “रामायण” को प्रतिवादमा लेखिएको यो कथा मूल्य र मान्यताकै एउटा अर्को संघर्ष कथा हो । ‘‘रावणको वर्गीय चरित्र र भौतिकतामा आधारित समानतावादी रक्ष संस्कृतिका “राक्षस धर्म” को पक्षमा लेखिएको यो कथा ‘‘ यसरी “कुनै वर्गको विरोध”मा आफू नहुने कुरा एकातिर उल्लेख छ भने अर्कोतिर “रावणायण” लाई प्रगतिशील कथा मान्दै “रावणको वर्गीय चरित्र” का पक्षमा वकालत पनि लेखकवाट भएको छ । प्रगतिशील कथाकारको रुपमा उभिने इच्छा र वर्गविरोधप्रतिको अस्वीकृती एउटै कविताराममा कसरी मेल खान सक्छन् ? यो जटिल प्रश्न बनेको छ ।

कवितारामको “अस्वीकृत मान्यता”को कुरा चल्दा ल्ष्जष्ष्किm अर्थात् निषेधवादको चर्चा पनि हुने गरेको पाइन्छ । माकर््सवाद अराजकतावाद, प्रत्यक्षवाद जस्ता वादहरुको प्रभाव आफूमा परेको उल्लेख गर्ने लेखकले “निषेधवाद”को चर्चा भने गरको पाइएन । तर पनि नेपाली साहित्यका समीक्षकहरुले निषेधवादसंग तुलना गर्ने क्रममा लेखेका छन् – “यस्तो अवस्थामा अस्वीकृतिहरु सामयिक ठहरिन सक्छ कि त नकारवादीहरुको शून्यवादसंग तुलनीय हुनेछ । निषेधको मूल्य छैन भन्दिन तर निषेधकै लागि निषेधको अर्थले शून्य समतुल्य nihilism कलाई संकेत गर्नेछ ।” (“अस्वीकृत विद्रोहभित्र स्वीकृतिको संकट” – “समकालीन साहित्य” पृ. ८९ – कृष्णचन्द्रसिंह प्रधान)
“कवितारामले मूल्यहरुको निषेध गर्नुभएको छ, मूल्यहरुका विघटनको पक्ष लिनुभएको देखिन्छ तैपनि उहाँले सिफारिस गर्न खोजेको विघटन र इन्कार गर्नुभएका मूल्यहरु के कस्ता हुन् भन्नेतिर ध्यान दिंदा उहाँ शून्यतावादी  देखिनु हुन्न । त्यसै कारण होला उहाँले आफूलाई “स्वभाववादी” (तरलवादी ? भन्न रुचाउनुभएको समाजलाई र समाजका मानिसलाई स्वभावअनुरुप प्रवाहित हुन दिने माग गर्नुलाई निषेधवादी भनिहाल्न मिल्दैन भन्ने म ठान्छु ।” (“मेरा अस्वीकृत मान्यताहरु” माथि “सामान्य पर्यावलोकन शीर्षक भूमिकामा मदनमणि दीक्षित)

वस्तुतः निषेधवाद को अर्थ पूर्ण खण्डन हो । कुनै पनि सकारात्मक आदर्शहरुको अस्वीकार गर्ने दृष्टिकोणलाई नै निषेधावादको नामले लिइने गरिन्छ । अस्वीकृत मान्यताहरु निषेधावादको निकै निकट छ तापनि “स्वभाववाद” भने निषेधवादसंग धेरै मात्रामा पृथक् पहिचान राख्दछ । यस अर्थमा स्वभाववाद पूर्ण खण्डनवाट आफूलाई टाढा देखाउँछ । स्वभाववादको व्याख्या गर्ने क्रममा स्वयं लेखकको भनाइ छ – “स्वभाववाद एउटा सामाजिक चिन्तन भएको नातामा यसले एउटा समाजका सबै मूल्य, संस्था, निकाय र सदस्यहरुलाई यथास्थिति हेर्दछ । अर्थात् एउटा समाजमा कार्यरत राजनैतिक, आर्थिक, धार्मिक, साहित्यिक सबै संरचनाहरु र यस पछाडिका संस्था, मूल्य, मान्यता, परम्परा, प्रवृत्ति, परिवर्तनशीलता, संगठन, विघटन आदि यसका विषयवस्तु हुन्छन् । स्वभाववादी चिन्तन एउटा वैज्ञानिक दृष्टिकोण हो । यसले वस्तुलाई वस्तुकै स्वभावमा यथास्थिति हेर्दछ ।”  (कविताराम – “मेरा अस्वीकृत मान्यताहरु” पृ. १४)

यसरी स्वभाववादी चिन्तनभित्र निषेधवादले ठाउँ पाएको देखिंदैन । अस्वीकृत जमातका कवितारामले मूल्य र मान्यताहरुको विघटनका सवालहरुलाई मात्र अघि सारेका थिए भने स्वभाववादमा आएर उनले “संगठन”लाई पनि समेट्न थालेको स्पष्ट देखिन्छ । अस्वीकृत मान्यतावाट स्वभाववादतिर संक्रमण गर्दा थुप्रै स्वीकृत धारणाहरु भित्रिन पुगेका छन् । आफ्ना मान्यताहरु “सामाजिक चिन्तनसंग सम्वद्ध र वैज्ञानिक दृष्टिकोण सम्भत भएको स्वीकृति” पनि स्वभाववादमा अएर विकसित भएको सकारात्मक चिन्तन नै हो । निषेधवाद खण्डित भएको कुरा यस उक्तिबाट पनि स्पष्ट हुन्छ – “मेरा मान्यताहरुका सन्दर्भमा भनुँ समाजभित्र पालिएर पोसिएर धेरै सामाजिक शिक्षाहरु पाएको छु, सोच्ने प्रकृयाहरु पाएको छु । मेरो पृष्ठभूमिमा समस्त मानवजातिका हज्जारौं बर्षका सघर्षहरु छन्, प्राप्तिहरु छन् र अनुभवहरु छन् ।” (मेरा मान्यतापछिका भूमिका पृ. ण) यसरी लेखकले आफ्ना चिन्तन सकारात्मक मोडमा मोडिएको पुष्टि गरेका छन् ।

कवितारामले “स्वभाववाद” लाई माथि उल्लिखित कतिपय वादहरु र दार्शनिक सिद्धान्तहरुको मुकुण्डो भिराइदिएर आफ्ना रचनाहरुलाई मान्यताको वोझ वोकाउन खोज्दा (“मैले शायद मेरो लेखनीको थालनीदेखि नै कथा कविताहरुमा वैचारिक मान्यता दिन खोजें” – “मेरा अस्वीकृत मान्यताहरु” – पृ. ५) तिनले न त दार्शनिक वौद्धिकतालाई नै पचाउन सकेका छन् न त साहित्यिक धरातललाई नै राम्ररी टेक्न सकेका छन् । “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” वा “बकपत्र” का कतिपय पात्र र घटनाहरु यस दिशाहीनताको मारमा परेका छन् उनको आख्यानकारितालाई हेर्दा उनको कतिपय मान्यताहरु कुनै पनि दर्शन वा सिद्धान्तसंग सम्बन्ध राख्दैनन् जस–जससंग उनले चासो राखेका छन् । उनका रचनामा देखापरेको “पलायनवाद” न द्वन्द्वान्तमक भौतिकवाद, न अराजकतावाद न त प्रत्यक्षवाद अन्तर्गत नै पर्दछ (“मृत्यु हामी जस्ता पलायनवादीलाई कहाँ आउँछ ?” – बकपत्र पृ. ४४) । त्यस्तै अमूर्त ईश्वरवाद पनि (मैले भगवान्लाई कहिल्यै मूर्तरुपमा स्वीकारेको छैन – बकपत्र, पृ. ३४) लेखकीय प्रभावभित्रका कुनै पनि वाद वा दर्शनसम्मत कुरा होइन । हो, माकर््सको द्वन्द्वात्मक भौतिकवादको प्रभाव उनमा परेको छ तर त्यसलाई उचित ढङ्गले प्रयोग गर्न सकिएको देखिंदैन जसको चर्चा माथि नै भईसकेको छ । अराजकतावादी सिद्धान्तका झिल्काहरु भने ठाउँठाउँमा चम्केका भेटिन्छन् । शासक, शोषण, कानून आदिको मात्र विरोध छ विद्रोह छ । त्यसैले त्यसलाई अराजकतावादकै प्रभाव मान्नुपर्छ । तर कतिपय अर्थमा यस लेखनलाई अराजकतावादी लेखन भन्नुभन्दा पनि अराजक लेखन भन्न वढी  सुहाउला । यस्तै धारणा कृष्णचन्द्रसिंह प्रधानको पनि रहेको छ – “आफूलाई सर्वाधिक स्तन्त्र उन्मुक्त हुनाको अर्थमा सबैवाट निबंन्धित र स्वाभाविक मुक्तिको खोजीमा यो लेखन अराजक छ ।”  (अस्वीकृत विद्रोहभित्र स्वीकृतिको संकट “समकालीन साहित्य” वर्ष १ अड्ढ २ – पृ. ९०)

“मुक्ति प्रसंगको अस्वीकृत कथा” र “बकपत्र” का आख्यानहरुको रचनापछि त्यसमा दर्शन र वादको लेप लगाएको हुनाले हुनसक्छ उनका मान्यताहरु र साहित्यिक लेखनमा विरोधाभास देखा परेको हो कि ? भन्ने शंका गर्नुपर्ने ठाउँ पर्याप्त देखापरेको छ । यही कारणले कथाकारले “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु“ का प्रत्येक कथालाई भूमिकाद्वारा व्याख्या गर्नुपरेको हो भन्ने लाग्दछ ।

वाद र सिद्धान्तको भ्रमजालहरुले जेलिंदा जेलिंदै पनि अस्वीकृत जमातदेखि (अझ त्यसभन्दा पनि अघि) हालसम्मको कवितारामको लेखनयात्रा नेपाली साहित्यका लागि निकै उपलव्धिपूर्ण रहेको छ । थोत्रा अन्धविश्वस र परम्पराहरुका विरुद्ध डुक्रेर तिनीहरुसंग जुध्दै खुला आकाशमा विचरण गर्ने र अरुलाई त्यसतिर आकृष्ट गर्ने उनको प्रयासलाई सार्थक प्रयासको रुपमा लिनुपर्छ । मानव–जीवन र समाजलाई नित्य–नवीन रुपमा हेर्ने र तद्नुरुप साहित्य सिर्जना गर्ने कविताराममा एउटा अनौठो, त्यसैले आकर्षक, सिर्जनशीलताले ठाउँ पाएको छ जसमा निरन्तरता र अथक प्रयास पनि छ । यद्यपि प्रचलित मान्यताअनुसार उनका आख्यानहरुमा आख्यानकारिताको संकट देखा पारोस् तापनि “बकपत्र” र “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” का आख्यानहरु जुन कथ्यमा अडिएका छन् तिनमा विम्वव्यवस्थाको नवीन अवधारणा पाइन्छ । विधागत साहित्यसिर्जनाका दृष्टिले पनि अस्वीकारमूलक र अराजक बनेको यस लेखनमा आख्यानलाई नवीन स्वरुप दिने लालसा जीवित छ । संगसंगै यस लेखनकोे यस प्रयोगशीलतामा शास्त्रीयतासंग पौंठाजोरी खेल्ने आकांक्षाको प्रबलता समेत रहेको छ सिद्धान्तको बखानरुपको कथ्यप्रधानताले उनको आख्यानगत संरचनालाई उपेक्षा गरे तापनि ती रचनाहरुमा पाइने उन्मुक्तताको अनुशीलन र स्वच्छान्दताको अनुगमनले नै तिनले निजी वैशिष्ठय प्राप्त गर्न सकेका हुन् भन्ने आधारहरु पर्याप्त मात्रामा पाइन्छन् ।
“मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” अथवा “बकपत्र” यी दुवैको भाषामा त्यस्तै नग्नता देख्न सकिन्छ जस्तो यिनको विचार पक्ष छ । यी लेखनहरु शव्द–श्रृङ्गारविहीन हुँदा आफ्नो स्वाभाविक स्वरुपलाई स्पष्ट प्रदर्शन गर्दछन्, यसैले नग्न छन् । त्यो नग्नता उनको सिद्धान्तसम्मत नै रहेको छ, जस्तै कविताराम लेख्छन् – “सिंगारपटारका भाषा र विषयलाई बुर्जुवा साहित्य भनें र आफ्नै स्तरवाट लेख्न लागें । मैले संधै आफ्ना कुराहरु मात्र भन्न चाहें । शैली सिंगार्न चाहिन । त्यसैले मेरो शैली सुन्दर वनेन । एउटा साधारण प्रवक्ता वनें । यसमा मेरा विषयले पनि प्रभाव पा¥यो । मेरो विषय नै यस्तो बनेन जसले सुन्दर, मोहक, मनोरम, नरम र लचिलो शैली शव्दविन्यासको माग गरोस् । मैले भनिहाले, लडाकू बेनें लडाकू भाषा लेख्छु ।” (मेरो अस्वीकृत मान्यताहरु” – पृ. १७)

यस परिस्थितिमा उनको लेखनमा प्रचलित परम्परामा जेलाई साहित्य भनिंदै आएको छ त्यो तिरोहित बनेको छ र भाषा उदाङ्गिएको छ । शाव्दिक अलड्ढारमा मिठास खोज्ने साहित्यशास्त्रीहरुका निम्ति यस लेखनले “साहित्य” नाम नपाउन पनि सक्छ । यसरी परम्परागत मूल्य र मान्यताहरुका विरुद्ध उनको भाषिक वनोट एक किसिमले असाहित्यिक नै बनेको छ । शैली, शैलीहीनतामा उभिएको छ, एकदमै निर्वाङ्ग र निर्वस्त्र वनेर । यो नै उनको शास्त्रीयता, प्रचलित मान्यता र मूल्यप्रतिको अस्वीकृतिको जीवन्त उदाहरण हो ।

अर्कोतिर प्रचलित विधागत मान्यतालाई स्वीकार नगरेर कवितारामले आफ्नो कथा लेखनलाई के कुराले अस्पष्ट वनाएका छन् भने उनका कथाहरु निजात्मक अनुभूतिका अभिव्यक्ति हुन् कि कथात्मक अनुवन्धनका प्रस्तुति ? “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” अथवा “बकपत्र” दुवैमा लेखकले आफ्ना मान्यताको तीतो झोल पात्रहरुलाई जवर्जस्ती पिलाउन कम्मर कसेका छन् । यसैले उनका यी रचनाहरुमा स्वकथन, व्यक्तिसत्ताको छाप र अनुभूतिका प्रकाशनहरुले घटना, समस्या, विषय जस्ता उपकरणहरुलाई पछाडी छोडिदिएका छन् । यी रचनाहरुवाट पात्रहरुलाई झिकिदिने हो भने यी पक्कै अस्वीकृत मान्यता वा स्वभाववादका निजी अनुभूतिका अभिव्यक्ति भन्दा वढी केही वन्दैनन् । कवितारामको “आफ्नै” धारणा के छ भने – “लेखभित्र पात्र हुल्ने वित्तिकै कथा हुन्छ” (मेरा अस्वीकृत मान्यताहरु – पृ. १९) त्यो हुने हो भने निजात्मक निवन्धभित्र “म” पात्रले प्रविष्टि पाउँदा त्यो कथा किन नहुने ? त्यहाँ निवन्ध र कथा वीचका सीमा रेखाहरु कसरी छुट्याउने ? कथामा भावपक्ष विल्कुलै हुँदैन भन्ने होइन तर भावपक्ष प्रति कथाकार तटस्थ  हुन्छ । तर त्यो तटस्थता यी कथा नामधारी रचनाहरुमा पाइँदैन । प्रचलित मान्यताहरुप्रति अस्वीकृति जनाउँदैमा वा यति सहज रुपमा कथावारे अवधारणा व्यक्त गर्दैमा यिनलाई कथाको स्थानमा वसाल्ने औचित्य सिद्ध गर्नु स्वाभाविक लाग्दैन जसरी “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” भनी लेखकले नामाकरण गरेका छन् । यसैले “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” वा “बकपत्र” दुवैलाई सोलोडोलोमा आख्यानको नाम दिने काम यहाँ भएको हो । “बकपत्र” जस्तो लामा र “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” भित्रको छोटा पात्रयुक्त वैचारिक विवरण भएका रचनाहरुलाई एउटै शव्दमा उल्लेख गर्न सजिलो दृष्टिले पनि यिनलाई “आख्यान” भन्नु उपयुक्त हुन्छ । “शायद निवन्ध, विचारसंग अरु विधाभन्दा नजिक छ । त्यस्तो हो भने मैले लेख्ने गरेको निवन्धै सही ।” (मेरो अस्वीकृत मान्यताहरु – पृ. १९) भनेर लेखकले आफ्नो विधागत अडान छोडे पनि यी रचनाहरुलाई निवन्धकै रुपमा स्वीकार्नु पनि कठिन छ । यो विधागत संकट कवितारामका लेखनमा पाइन्छ । “बकपत्र” वा “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” भित्र निवन्धमा झै विचार वा भावको श्रृङ्खलारुपको प्रस्तुतीकरणको अभाव छ र निजात्मकता वा वर्णनात्मकता कुनैले पनि प्रवाहित हुने अवसर पाएका छैनन् । यसैले विधागत दृष्टिले पनि अस्वीकृतिमूलक प्रस्तुतिका रुपमा यी आख्यानहरु भेटिन्छन् ।

अस्वीकृत मान्यताले विधागत मान्यतालाई समेत अस्वीकृत गरेको भएतापनि लेखकलाई “कथाहरु” भनेर विधागत विल्ला टाँसेर त्यसलाई स्वीकृत वनाउने रहर भने छँदैछ । त्यसो त विधागत रुपमा उनी अस्वीकृत नाटकको रचना गर्छन् र पनि ती नाटक हुँदैनन् । (“मैले यो पुस्तक नाटक लेख्छु भनेर लेखेको थिइनँ । उपन्यास लेख्दै थिएँ । ‘‘ ‘‘‘ ‘ नचाहँदा नचाहँदै नजानी नजानी यो नाटक वन्न थाल्यो । ‘‘नाटक लेखेको होइन “स्वभावगीता” लेखेको हुँ ।”) (“स्वभावगीता”को भूमिका भन्दा भन्नुपर्ने कुरा), वालसाहित्यलेखनलाई गतिशीलता दिन्छन्, कवितालेखनवाट आफ्नो साहित्य–यात्रालाई अगाडि वढाउँछन् । तर आफ्नो बालसाहित्यलेखनलाई भने अस्वीकृत मान्यता वा स्वभाववादको विवाददेखि मुक्त राख्ने प्रयोसमा देखिन्छन् – “मेरा लेखन बिषयमा यो (बालसाहित्य) एउटा अर्को क्षेत्र हो – जसमा मस्तिष्कमा समाजको त्यो वीभत्सता, त्यो असन्तुष्टि, त्यो विवशता, त्यो विसंगति र ती विद्रोहहरु हुलेर तिनका मन–मस्तिष्कमा विचलन ल्याउन चाहन्नँ” (मेरा अस्वीकृत मान्यताहरु – पृ. ७०) । यसदेखि बाहेक अस्वीकृतिको छाप आफ्ना लेखन र कलाकारितामा छोड्ने प्रयासमा उनी लागेकै छन् । ती सबै विधागत सिर्जनाहरुको चुरोभित्र अस्वीकृत मान्यताले ठाउँ पाएको छ कि छैन त्यो अर्को कुरो हो तर पनि हरेक रचना र सिर्जनालाई उनी “अस्वीकृत मान्यता” वा “स्वभाववादको रङ्गले रङ्गाउने प्रयास भने गरिरहेकै हुन्छन् । हुन त उनको सिर्जनाधर्मिता एवं रचनाशीलताभित्र खोतल्दै जाने हो भने उनले निर्माण गरेका कथानक चलचित्रहरु र तिनमा उनको निर्देशन एवं अभिनय रुपको कलाकारिताभित्र पनि अस्वीकृति भेटिन सक्छ । द्वन्द्वात्मक सिर्जनालाई स्वीकृति दिनेले अस्वीकृतिलाई पनि स्वीकार गरकै हुनुपर्छ । यो स्वाभाविक प्रक्रिया हो यसैले स्वाभाविक मान्यता पनि ।

नेपाली साहित्यको इतिहासदेखि वर्तमानसम्मका नेपाली साहित्यका अत्यधिक लेखकहरुले स्वीकृतिको वाटो लिए । तिनीहरुले विचारगत, विधागत, शिल्पगत एवं भाषागत दृष्टिले अस्वाभाविकतालाई पछ्याए । वनावटी भाषा र परम्परागत मान्यताहरुलाई स्वीकार गर्ने अस्वाभाविक परिपाटीलाई आफ्नो लेखनको आधार वनाए । तिनै परम्परा निर्वाहका विरुद्ध कवितारामले आफ्नो अस्वीकृतिमूलक स्वभाववादी धारालाई निरन्तरता दिएर नेपाली भाषा, साहित्य एवं कलाका क्षेत्रमा आफ्नै विशिष्ट पहिचान कायम गर्न खोजेका हुन् । नेपाली साहित्यको आधुनिक कालको प्रारम्भदेखि नेपाली साहित्यलाई आफ्नो प्रभावक्षेत्रभित्र समेट्न खोज्ने स्वच्छन्दतावादी लेखनका विरुद्धकै रुपमा अस्वीकृत जमात र यसको आन्दोलनले जन्म लिएको किन नहोस् (Thus they rejected the romanticism of the generation of older poets who still dominated the literature ……" – Nepal in the Nineties – The Nepali Literature of the Democracy Movement, Editor Michael Hutt Page 85) अस्वीकृत मान्यता झण्डा बीसैं वर्षको परम्पराविरुद्धकालाई आफ्नो सिर्जनाहरुसंग जोडेर आख्यानहरुको निर्माण गर्ने    (त्जष्क ष्क ब अयििभअतष्यल या जष्नजथि गलयचतजयमयह कजयचत कतयचष्भक दथ च्बm द्यबजबपगच क्जचभकतजब ९द्य। ज्ञढद्धड० धजय धचष्तभक बक ुप्बखष्तबचबmु बलम धबक ष्लखयखिभम ष्ल तजभ ुच्भवभअतभम न्भलभचबतष्यलु mयखझभलत या ज्ञढटड – क्ष्दम)    र त्यसको एक्लै वोकेर भए पनि त्यसलाई अगाडि वढाउँदै स्वभाववादसम्म ल्याइपु¥याउने योगदानमा कवितारामकै एकछत्र आधिपत्य रहेको कुरा अव विल्कुलै पारदर्शी बनेको छ । त्यसैले उनी आफ्नो क्षेत्रका अद्वितीय प्रतिभा वनेका छन् । उनी परम्परागत लेखनदेखि स्वतन्त्र र मुक्त वन्ने प्रयासमा अझै पनि लागिपरेकै छन् । हेरौं उनको यो यात्रा कहाँसम्म पुग्ने हो र त्यसले कुन मोड लिने हो । उनको यस मान्यताले साहित्यिक स्कूल स्थापित गर्दाको परिस्थितिमा पनि कवितारामले झैं उनीभन्दा पछिल्लो–पछिल्लो पुस्ताको नयाँ लेखकले यी मान्यता र विचारलाई सम्भवतः कुनै दिन परम्परावादी र प्राचीन भन्न थाल्ने छ उसले पनि आफ्नो नयाँ मान्यता प्रतिस्थापित गरेर “उत्पत्स्यतेक्स्ति मम को क्पि समानधर्मा” (मेरो समानधर्मी अर्को कुनै मानिस जन्मने छ) भन्दै प्रतीक्षा गर्नेछ । किनभने समय निरवधिक छ र पृथ्वी विशाल छ (कालो ≈यं निखधिर्पिपुला च पृथ्वी) जस्तो संस्कृत साहित्यका महान् नाटककार भवभूतिकले लेखेका छन् ।
           ––         
 समकालीन साहित्य, बर्ष ४, अड्ड ४, पूर्णड्ड १६, कात्तिक, मंसीर, पूस ०५१



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   34003   times