दोलखामा रामबहादुरदेखि कवितारामसम्म – अमरकुमार प्रधान




दोलखामा रामबहादुरदेखि कवितारामसम्म

– अमरकुमार प्रधान

पानीका मसिना छिर्काहरू हावामा बर्सिरहेका थिए, जसमा सूर्यको किरण परावर्तित भएर इन्द्रेणी आभास झल्कदै थियो । हामी गोठालो लागेकाहरू यही पानीले हातगोडा जीउ भिजाएर शीतल महसूस गर्दै सानो इन्द्रेणीको दर्शनमा रमाइरहेथ्यौं । तर यो कुनै सौन्दर्य बृद्धि गर्ने कृत्रिम फोहरा थिएन, न त प्राकृतिक झर्ना थियो । यो त विद्यालय (भीम पब्लिक हाई स्कूल) को प्राङ्गणको पश्चिमी कुनानेर अवस्थित कलधाराको पाइप जोर्नी खुकुलिएर पानीको चापले उचालिएका थिए । सकेसम्म रोक्न पियन भक्तबहादुर श्रेष्ठले (हाल स्वर्गीय) ईंटले छोपे पनि त्यो प्रयास कामलाग्दो थिएन । पानीको अधिकांश भाग त्यहीबाट निस्कनाले कलधाराको मूल टुटी जमोट भएर खोल्न नसकिने हुँदा पनि हामीलाई मतलब थिएन । असार र साउन दुबै महिना विद्यालय बन्द रहन्थ्यो । बर्से छुट्टीमा खेत बारीको काम गर्न नसक्ने, अल्छी मान्ने हामीहरू (सुरेन्द्रमान जोशी आदि) गाई–गोरु, भेडा–बाख्रा  चराएर घर परिवारलाई सघाउँदथ्यौं । प्रायशः गोरु बर्षामा खेतीपातीकै काममा उपयोग हुन्थे । विद्यालय वरिपरिको हरियो चउरमा भेडाहरू चर्न छोडेर खेल्नु, कथा–कुथुुङ््ग्री भन्नु वा फुर्मासका पत्रिका वा किताब पढ्नु अथवा मौसम सफा हुँदा कागजी विमान उडाउनु त्यति अपठ्यारो हुँदैनथ्यो । यो २०२४ सालको कुरा हो ।

भदौमा विद्यालय खुल्यो । विद्यालयको भवन अवस्थित क्षेत्र यसै पनि धमिरा लाग्ने माटो छ । कलधाराकै चिस्यानले होला पश्चिमपट्टिको कोठाभित्र धमिराको महल तैयार भएको रहेछ । त्यसकै लागि माटो खर्चिएर जग भासिई गारो चर्किएर जस्ताको छाना खस्न खोजेको जस्तो देखियो । धमिराको झण्डै ३ फुटे अग्लो घर भत्काएर कोठा सफा गरी बस्यौं, तर पढाइ शुरु  भएन । हुने लक्षण पनि थिएन । किनकि ६ देखि १० सम्म पढाइ हुने ५ वटा कक्षाका लागि मात्र दुई जना शिक्षक हुनुहुन्थ्योः नारायण गिरी (हाल स्व.) गुरू र भरतबहादुर श्रेष्ठ ।

यसरी शिक्षक थोरै हुनुको पृष्ठभूमि पनि उल्लेख गरौं । भीमदल राई हेडमास्टर र उहाँलेनै ल्याउनु भएका असिष्टेण्ट–हेडमास्टर आइ.बी.योन्जन दुबै वैशाखमा चुपचाप पलायन भएका थिए । पहाडका अधिकांश स्कूलहरू जनसहभागितामा ूसेवामुखीू रूपमा संचालित हुन्थे, जसलाईसरकारले वार्षिक कोटा अंकमा रकम आर्थिक सहायताको रूपमा उपलब्ध गराउँदथ्यो, बाँकी सबै स्थानीय स्रोतकै भरमा चल्नु पर्दथ्यो ।

भी.प.हाई स्कूल पनि यस्तै स्कूल थियो, जसलाई वार्षिक रु.७,६००। –सरकारबाट प्राप्त हुन्थ्यो । स्थानीय रूपमा उपलब्ध केही शिक्षकहरू थिए नै । उपत्यकामा उच्च शिक्षा हासिल गर्दा गर्दै फुर्सद पाएको समयमा  दोलखालीहरूमध्ये कोही स्वयंसेवी शिक्षकको रूपमा क्यै महिना सेवा गर्न आउँदथे ।

त्यसै क्रममा स्वयंसेवी शिक्षक हुनुहुन्थ्योः माधवमणि राजभण्डारी । त्यही विद्यालयबाट एस.एल.सी.उत्तीर्ण गर्नु अगावै शिक्षकको रूपमा सेवारत हुनुहुन्थ्योः श्याम जोशी । नारायण गिरी गुरू दोलखा भीमेश्वरको महिमा सुनेर दर्शन गर्न केही वर्ष अगाडि आउनु भएका यही मन्दिरको पाटीमा अध्यात्मजीवी सन्यासीको रूपमा निवास गरे पनि संस्कृत र नेपाली अध्यापन गर्ने शिक्षक हुनुहुन्थ्यो । भरतबहादुर श्रेष्ठ विद्यालय संचालक समितिको सदस्य, तत्कालीन दोलखा गाउँ पन्चायतका प्रधानपंचका अतिरिक्त शिक्षकको रूपमा नागरिक शास्त्र, सामाजिक विषय पढाउने गर्नु हुन्थ्यो । अंग्रेजी, गणित, विज्ञान जस्ता प्राविधिक विषयका लागि नपुग शिक्षक खोजी गरी ल्याइएका । थिएः भीमदल राई । राईको ससुराली मालु, दोलखा जिल्लामा थियो । अंग्रेजी पढाउन योन्जनलाई राइले नै दार्जिलिङ्गबाट मगाएको मात्र हामीलाई थाहा थियो ।

म २०२३ साल माघदेखि यो विद्यालयमा दश कक्षामा भर्ना भएको थिएँ । राजकुलेश्वर प्राथमिक विद्यालय (२०१९) स्थापना हुनु अघि १ देखि १० कक्षा यहीं पढाइने गरिंदा २०१७–१८ सालमा कक्षा ३ मा अधूरो पढाइ गरी धुलिखेल लागे– पछि ५ कक्षा प्रभात निम्न माध्यमिक विद्यालय, नघल, काठमाडौं र कक्षा ६ देखि ९ सम्मको पढाइ संजीवनी माध्यमिक विद्यालय धुलिखेलमा पूरा गरेपछि बुबा (कमलप्रसाद प्रधान) को सरुवा सिंधुलीमा भएकोले म घर फर्केको थिएँ । अध्यापन गर्न भीमदल सीपालु हुनुहुन्थ्यो, रिसाएको बेलामा महांकाल, चर्को रिस पनि । यस्ता प्राविधिक शिक्षकहरूलाई सकेसम्म आफनो विद्यालयमा लान मोलमलाइ गर्ने चलन पनि गाउँघरमा  थियो । संभवतः भीमदललाई पनि यस्तो प्रस्तावहरू आउँथ्यो होला । हामीलाई सुनाउनु हुन्थ्यो– ूयस्तो राम्रो स्ट्युडेण्ड  (मलाई समेत देखाएर) छन्, म छाडेर अन्यत्र जान्न । ू तर अचानक २०२४ बैशाखमा एक दिन विहान विद्यालय पुग्दा थाहा भयो, दुबै जनासरहरू छैनन् । एउटाको निवास अफिस कक्षकै समीपको कोठा थियो । अर्कोको छात्राबासको एउटा लङमा । दुवै कोठाका झिटी–गुण्टा उठाएर अघिल्लो साँझतिर वा बिहान सवेरै अज्ञात ठाउँतिर हिंडेको बुझियो ।

त्यसपछि विद्यालय चल्यो । माधवमणि राजभण्डारीले का.मु.प्र.अ.मात्र सम्हाल्नु भएन, ९ र १० का कक्षालाई एउटै पाठ्यक्रम हुनाले संयुक्त गरेर अंग्रेजी विषय आफैले पढाउन थाल्नुभयो । श्याम जोशीले अरु विषयहरू पनि लिन थाल्नुभयो । जेठको पुछारमा अद्र्धवार्षिक परीक्षा सम्पन्न भयो । ६ देखि १० सम्म जम्मा ४५ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएको मलाई राम्रो संझना छ । बर्से बिदापछि विद्यालय खुल्दा उहाँहरू दुबै हुनु हुन्नथ्यो । आउने संभावना पनि थिएन । सुनेथ्यौंः जोशीले इन्जिनियरिङ्ग पढ्न कलेज प्रवेश गर्नुभयो । (पछि त्यो छोडेर आर्ट पढ्न लाग्नुभयो) । राजभण्डारीले (हाल समाजसेवी, उद्योगपति तथा ने.का.को जिल्ला स्तरीय नेता) आफनै बुबाको व्यावसायिक फर्म सम्हाल्न थाल्नुभयो र त्यसकै सिलसिलामा जापान जानुभयो । २ दिन त्यतिकै वितेपछि हामी विद्यार्थीहरूले सल्लाह ग–र्यौं स्ट्राइक अर्थात् हडताल गर्ने । संभवतः यो विद्यालयमा अहिलेसम्म नभएको “हडताल“ पहिलो चोटि हामीहरू अर्थात् म, चोकबहादुर दाहाल, उदय नारायण, कल्याणी देवी आदि गरी १०, ९, ८ कक्षाका केही सक्रिय विद्यार्थीका अगुवाइमा हुन गइरहेथ्यो । परन्तु गुरू नारायण गिरी, प्रधानपंच र शिक्षक भरतबहादुर श्रेष्ठले अनेक गरी संझाउनुभयो हडताल नगर्न । क्यै दिन भित्र विद्यालय संचालक समितिका सेक्रेटरीलाई उपस्थित गराई छलफल गर्ने वचन दिनुभयो । हामीहरूले सेक्रेटरी खड्गबहादुर श्रेष्ठलाई घरमा फेला नपरे पनि आमन्त्रण पत्र छोडिराख्यौं– ूविद्यालय भवन भत्कन लागेकोले छलफल गर्न उपस्थित हुनु होलाू भनेर । लागेथ्यो, शिक्षक नभएको विवरण उल्लेख गरेमा उहाँ आउनु हुन्न । भदौ ४ गते तोकिएको दिन र समयमा उहाँ आउनुभयो । उहाँले बडो भावुकतापूर्वक आपूmले १६ वर्षसम्म सेक्रेटरी भएर विद्यालयको सेवा गरेको, यस्तो संकट पहिलोपल्ट देखापरेको, शिक्षक पूर्तिको लागि काठमाडौंमा विद्यालय सहयोग समितिलाई खबर गरिसकेको कुरा उल्लेख गर्दै थप्नुभयो– ूविद्यालय भवन भत्कन लागेकोमा भन्दा पढाइ र समय विग्रन लागेकोमा ठूलो पीर छ । ू  संचालक समितिका अरु सदस्यको ध्यानाकर्षण गर्न, अभिभावक तथा स्थानीय जनताकै दबाव सृजनाको लागि भनी नारा लगाएर जुलूस गर्न उहाँले अनुमति दिनुभयो । हामीहरू ३ दिन नारा लाउदै बजार परिक्रमा ग–यौं ।

त्यसपछि कक्षा १० का र ९ का हामीमध्ये केही राम्रा विद्यार्थीले अरु कक्षामा गई सिकाउने पढाउने काम पनि गर्न थाल्यौं । झण्डै डेढ महिना कटेपछि दशैं लागिहाल्यो । योे दशैंमा मेरो काका शिवप्रसाद प्रधान आउनु भएथ्यो । बुटवल त्यो बेला धेरै टाढा ठाउँ लागेथ्यो । त्यहाँदेखि बर्सौंपछि आउनु भएकोले म निकै रमाएँं । दशैंको एकादशीको दिन जब म खड्गजात्रा हेर्न त्रिपुरा सुन्दरी भगवती मन्दिर जाने बाटोको ढिस्कोमा पुगेथेंःू मन्दिरको प्राङ्गणबाट काका र अरु स्थानीय भद्रजनसंगै आइरहेको अपरिचित युवाजोडी देखियो । नयाँ माष्टर शायद ूहेडसरू हुन आएको हामीले थाहा पायौं । युवती उहाँकी श्रीमती । त्यसकै पर्सिपल्ट विद्यालय खुल्नु एक दिन अगाडि म खेतमा थिएँ । धान काट्न त हैन, काट्न योग्य छ, छैन हेर्ने र नुहाउने पनि । पियन भक्तबहादुरले खेतमा आई बोलाएपछि सँगै छक्क मान्दै गएँ । विद्यालयको पूर्वी कक्षमा भैरहेको सभामा जिल्लाका प्र.जि.अ.ब्रज मोहन शर्मा, जिल्ला न्यायाधीश जहान सिंह मात्र हैनन् उपत्यकामा आफनो व्यवसाय गरेर गाउँको विद्यालयको लागि भरथेग गर्ने, सहयोग समितिका सक्रिय सदस्य त्यस बेलाका प्रसिद्ध व्यापारी समाजसेवी इन्द्रमणि राजभण्डारी र न्याय सेवामा कार्यरत अम्बरबहादुर प्रधान (हाल दुवै स्वर्गीय) पनि हुनुहुन्थ्यो । दुवैे समाजसेवीको सो स्कूल संचालन, भवन र छात्रावास निर्माणमा समेत योगदान थियो र काठमाडौंमा भी.प.हा.स्कूल सहयोगी समिति गठन गरेर त्यसको माध्यमबाट वित्तीय र भौतिक सहयोग पु–याइ आउनु भएको थियो ।

म औसत सानो फुच्चे ठिटोले यस्तो विशाल सभामा उपस्थित हुनु पर्ने अप्रत्याशित स्थितिबारे नबुझेकोले संकोच मान्दै उभिने बित्तिकै इन्द्रमणिले भन्नुभयो, ूउहाँ ूरामबहादुर श्रेष्ठू अर्कों नआउन्जेल हेडमाष्टरको रूपमा चलाउनु हुन्छ । यसपालि तिमीहरूको पढाइ विग्रे पनि अर्को व्यवस्था नहुन्जेल स्वयंसेवी शिक्षकको रूपमा काम पनि गर्नु प–यो । तिमीहरूलाई पकेट खर्च पनि दिइने छ । पढाउन सक्छौ, होइन ?ू

इन्द्रमणि राजभण्डारी साइनोमा ठूलो बुवा, अम्वरबहादुर प्रधान पितामह । उहाँहरूको प्रस्ताब भनूँ आज्ञा, अझ यो त आफनो खूवी दर्शाउने योग्यताको परिचय दिने मौका थियो । अर्को त नयाँ हेडसरको सामीप्यमा रही विद्यालयको सेवा औपचारिक रूपमा गर्ने महत्वपूर्ण अवसर उपलब्ध भएकोमा कृतार्थ भएर मुण्टो हल्लाएँ । संचालक समितिको पुनर्गठन भई खड्गबहादुर श्रेष्ठ सदस्य मात्र, गेहेन्द्रबहादुर श्रेष्ठ सेक्रेटरी र दानबहादुर श्रेष्ठ कोषाध्यक्ष हुनुभयो । (हाल तीनैजना स्वर्गीय)रामबहादुर श्रेष्ठले का.मु.प्र.अ.भई विद्यालय सम्हाल्नुभयो । शिक्षकको रूपमा थपिनुभयो श्यामकृष्ण श्रेष्ठ । हामीहरू ३ जनामा चोकबहादुर दाहाल र रोहिणी श्रेष्ठ (हाल महिला विकास अधिकृत, सुर्खेत) स्वयंसेवी शिक्षक कम विद्यार्थी भई पढाउन थाल्यौं ६ देखि ९ सम्मका कक्षामा छानेर रोजेर ।

रामसर अर्थात् रामबहादुर हेडसरले अफिस कक्षकै समीपमा बस्न थाल्नुभयो म्याडम सहित । उहाँले विद्यालयको नयाँ रुटिन बनाउनुभयो, नयाँ गति दिनुभयो । हामी विद्यार्थीलाई शिक्षक बनाइएकोमा हाम्रै केही सहपाठीहरूले विरोध गरे । उहाँले हामीलाई सोध्नुभयो– “तिमीहरूकै कक्षाका साथीहरूले विरोध गरिरहेका छन्– तिमीहरूलाई शिक्षक बनाएकोमा, के राजीनामा गर्दछौ ?“ शिक्षकको औपचारिक नियुक्ति पत्र नदिए पनि संचालक समिति त्यसमा पनि विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भएको सभा वा बैठकले हामीहरूलाई नियुक्त दिएकै थियो र पकेट खर्च मासिक रु ४५। – जनही पाउने कुरा निश्चित थियो । यसबाट हाम्रो पूmर्ति र स्तर बढेको ठानेर साथीहरूमा ईष्र्या उत्पन्न भएको थियो । हामीले राजीनामा दिनुको औचित्य देखेनौं । किनकि हाम्रो नियुक्ति हाम्रो माग अनुरूप होइन, तत्कालीन । कारण बुझेका प्र.अ. रामबहादुर श्रेष्ठले पनि त्यसपछि क्यै भन्नु भएन । साथीहरू पनि चूप लागे । विद्यालय यसरी नै चल्यो । केही लामो समयसम्म पढाइ अवरुद्ध भएको विद्यालयलाई सुस्थिर पार्न  उति सजिलो थिएन । अनि तिहार आयो ।     

२००७ सालमा प्रजातन्त्रको सूत्रपात पछि लगत्तै २००८ सालमा भीम आधार स्कूलको जन्म भएको थियो, जसको विकसितरूप भीम पब्लिक हाई स्कूल हो । त्यसपछि २००९ सालमा ूत्रिपुरा पुस्तकालयू नामको सार्वजनिक पुस्तकालय पनि स्थापना भएको थियो । अमेरिकी पुस्तकालय, काठमाडौंको सहयोगमा २०१४ सालमा भैरव लाइव्रेरी खुल्यो । २०२३ साल जेठ ९ गतेको भीषण आगलागीमा ५५ चुल्हो बल्ने प्राचीन ऐतिहासिक भवन ध्वस्त हुँदा दुबै पुस्तकालय रहेका घर परेपछि जोगाउने क्रममा सार्दासार्दै विद्यालयमा थन्किन पुगेका पुस्तकहरू देखेर फेरि पनि पुस्तकालयको स्थापना गर्नु पर्ने आवश्यकतालाई संझी रामसरद्वारा तिहारको बिदा पछिको कुनै शनिवार बसेको संचालक समितिको वैठकबाट अनुमोदन गराई भीम पुस्तकालय जन्म भयो ।

पुस्तकालय संचालन तदर्थ समितिको सभापति हुनुभयोः रामबहादुर श्रेष्ठ (रामसर) । उपसभापति चोकबहादुर दाहाल, सेक्रेटरीमा म, कोषाध्यक्ष बलराम श्रेठ, उपसेक्रेटरीमा उदयनारायण श्रेष्ठ । पुस्तकालयको लागि विद्यालयकै एउटा सानो कोठा छृुट्याइयो । किताव दान गर्न आव्हान गरी बजारभरि घर घर डुलियो । पुराना कितावहरू निकै संकलन गरिए । नयाँ किताव चढाउने दाताहरू पनि भए ।

आत्माकृष्ण श्रेष्ठ (हाल समाजसेवी, स्थानीय राजनैतिक नेता) ले आफनो पिता भैरवबहादुर श्रेष्ठको (हाल स्व.) तर्फबाट एस.एल.सी.स्तरका पाठ्यपुस्तकहरू पूरै एकसेट किनेर उपलव्ध गराई दिनु भएपछि पुस्तकालय विद्यार्थीहरूको लागि बढी उपयोगी भइदियो ।

मैले त्यो वर्ष एस.एल.सी.नदिने निधो गरिसकेको थिएँ, किनकि पढाइ पूरा भएन । अर्को त उमेर पनि पुगेको थिएन । जे भए पनि पढाइ चालू राख्न भनेर औ भरखर खुलेको पुस्तकालयको सुरक्षाको लागि समेत दृष्टिगत गरी हामीहरू बेलुकीपख सिक्ने र पढ्ने गरी पुस्तकालय कोठामा सुत्न थाल्यौं । भवनाथ चौलागाई पनि थपिए ।

अंग्रेजी, गणित र विज्ञान जस्ता प्राविधिक विषय मात्र हैन सामान्य ज्ञान, दर्शन, धर्म जस्ता मूर्त–अमूर्त क्षेत्रमा पनि हाम्रो जिज्ञासाको उत्तर रामसरबाट  पाउन थाल्यौं । यो नौलो अनुभव थियो । एक बेलुकी घरमा खाना खाई पुस्तकालय कक्ष पुग्दा हामीहरू ढीलो भयौं ।सर र म्याडमको निद्रा खलबल हुने सोचाइले हामीहरू पढ्न सोध्न गएनौं । गफ गर्दै सुत्ने उपक्रममा लागेका के थियौ, पियन जो रातिको पालो बसेको थियो, ले उठाउन आइपुग्यो । पढ्न नआउने भए घाँस खाएर सुत्नु पर्ने सजायँसरको सन्देश समेत सुनाएर पतरीमा घाँस राखेर ल्याइ दियो । यसरी पढाइ–सोधाइ र जवाफको क्रमबाट विचलन हुन उहाँले नै दिनु भएन ।

दुई डाँडाको खोंच वीच नागबेली परी बगेको तामाकोशी नदीको दृश्य हेर्न जति रमणीय हुन्थ्यो, त्यहाँ गएर डुबुल्की मार्नु पनि अल्हादकारी हुने कुरा चल्ने पछि तामाकोशी समीपको सानो बस्ती नागदहमा बास वस्ने गरी शैक्षिक भ्रमण गर्ने निधो भयो । संभवतः यो पहिलो औपचारिकः अनौपचारिक शैक्षिक भ्रमण थियोः भी.प.हा.स्कूलबाट गरेको । उहाँहरू दुबै, हामी छात्र र छात्रा गरी १५। १६ जनाको डप्mफा नागदहका लागि ओरालो लाग्यौं । यो यात्रामा चोकजी छुट्नुभयो । तामाकोशी किनारको सानो सुन्दर रसरल बस्तीमा बास गाँसको जोहो गरेर हामी मध्ये ५। ६ जना काठेसाँघु तरी पारि मार्वु गाउँ पुगी १ पैसाको ४ दानाका दरले १ मोहरमा ताजा अम्वा छानीछानी किनेर ल्याउँदा रामसर दम्पत्ति छक्क पर्नुभयोः यति सस्तो र यति  मीठो अम्बा । तामाकोशीको चिसो नीलो स्वच्छ पानीले यहाँनेर भूमरी परेर सानो दह बनाएकोल.े नागदह भनिएथ्यो ।

स्वस्थानी कथामा नवराज राजाकी दुलही चन्द्रावतीले ब्रत बसी बगाएको चार रोटीमध्ये २। २ रोटी पाई एकले अर्काको संझना गर्दै बर्सौको विछोड पश्चात् मिलन भएका नागनागिनी संगमस्थल मानिने दोल्ती र तामाकोशीको दोभान नागदहमा स्वस्थानी कथा समाप्त पछि पूmलपाती विसर्जन गर्न मेला लाग्दछ ।

भोलिपल्ट पौडिन जान्नेहरू पौडी खेल्दै नुहाए । हामी नजान्नेहरू बगरको बालुवाको थृुप्रोमा खेलेर नुहायौं । राम्रो पौडिने विद्यार्थीहरूमा प्रभुनारायण, कनकलाल, मेरो काका विष्णु आदि थिए ।

मंसीरको पहिलो हप्तामा मेघराज कोइराला प्रधानाध्यापक भएर आउनुभयो । बी.एड. पास उहाँको आगमन पछि हामीहरूको शिक्षकी छुटेको सूचना पाइयो । रामसर  अब सहायक  प्र.अ. हुनुभयो । वार्षिक परीक्षा (६ देखि ९ सम्मको) शुरु भयो । मैले त्यो सालको परीक्षा ड्रप गरेकोले नयाँ सत्रदेखि केही विषय परिवर्तन गरी १० कक्षा जारी राख्ने सल्लाह रामसरले दिनु भएथ्यो । जस्तो ऐन स्रेस्ताको साटो अनिवार्य गणित र ऐच्छिक विषय नागरिक शास्त्रको सट्टा जीव विज्ञान ।

यसैले फाल्तु समयमा विद्यालयमा गई उहाँहरूको आपसी रोचक वार्ता सुन्नु वार्षिक परीक्षामा निरीक्षण आदिमा सघाउनु मेरो काम हुन्थ्यो । परीक्षा पछि लगत्तै साँस्कृतिक कार्यक्रमको तैयारी भयो ।

जस्तो माथि रामसरको आगमनको पृष्ठभूमि उल्लेख गरें, दोलखामा त्यसबेला प्रदर्शन गरिने नाटक साँस्कृतिक कार्यक्रमको चर्चा जस्तै धार्मिक नाटक स्थानीय कलाकारबाट देखाइन्थ्ये । त्यसमा पनि खासगरी ढुंगल टोलका शिवभक्ती जस्ता पिछडिएका अधिकांश निरक्षर कलाकारलाई सिकाएर सघाएर धार्मिक नृत्य–नाटकको संवाद र गीत श्रुति परम्पराबाट बोध गराइन्थ्यो । यस्ता नाटकको निर्देशक संगीतकार हुन्थेः घरेलुका शिक्षक हर्षबहादुर श्रेष्ठ (हाल स्व.) अझ ईश्वरीय शक्तिको आव्हान गरी नाटेश्वर बक्साई महिनौसम्म राती नाटक सिकाई पूर्वाभ्यास (रिहर्सल) गछि पहिलो प्रदर्शन दुंगलस्थित नाटेश्वरको डबलीमा गरिने चलन थियो र छ । सामाजिक नाटकमा नाटेश्वर बक्साइन्नथ्यो । न त गुरू बक्साई चोरेर भए पनि बलिपूजा गर्नु पर्ने बाध्यता थियो, तर पनि निर्देशक, संगीतकार हुन्थेः जसको भूमिका आपैmमा उल्लेखनीय थियो । तर महिला पात्रको भूमिका पुरुषले नै निर्वाह गर्दथे । विद्यालयका छात्रछात्राहरूमा छात्राहरू केवल महिला एकल वा समूह नृत्य वा गायनमा आफनो प्रतिभा प्रदर्शन गर्दथे । हिन्दी चलचित्रको प्रभाव भनूँ, खासगरी दशैंतिर स्थानीय युवा र विद्यालयका विद्यार्थी मिली नाटक देखाउँदा त्यस्तै खालका गीत रचना र संगीत गरिन्थ्योः जस्तो कि ०२३ साल दशैंमा भल्ला मास्केको निर्देशनमा प्रदर्शित ूमिलनू नाटकको गीत ः हे भोला तिम्रो भइ गए महे मीना ... (हो सनम, तेरी हो गइ हम्) यस अघि दोलखा नाटक समितिद्वारा प्रदर्शित ूप्रायश्चितू नाटकको यो न जीवन मस्तानाबस यहीनै सिकाउनु छ र (ए न जीसे मस्ताना, बस यही एक शिकायत हैं) शायद यही नाटकको पुछारमा ूचाहुँगा मे तुझे साँझ सबेरेू हिन्दीमै गीत पूरै गाएर हिडेको दृश्य थियो, जसको अभिनय र गायन शिक्षक कृष्णमुरारि मास्के (राजकुलेश्वर प्रा.विद्यालय) ले गर्नु भएको संझना सबै अझै गर्छन् ।

रामसर स्वयंले अभिनय गर्नु भएको एक दृश्यीय “लाहुरेको सपना (?)ू रूपक र अरु विविध नाच, प्रहसन, तरवार नृत्य सहितको साँस्कृतिक कार्यक्रम दोलखा बजारको सिम्भुथानमा प्रदर्शन गरियो । यो रूपक उहाँको मौलिक रचना थियो । त्यसको गीत पनि संभवतः मौलिक थिए । रोटी रोजीको लागि मुग्लान झरेर विदेशी पल्टनमा भर्ती भएको नेपाली युवक लडाईँमा भाग लिन परेर घाइते भई अस्पतालमा भर्ती हुन्छ । यता घरमा कमाएर छोरो आउँला ऋण तिरौंला भन्ने आमा र भाइटीका गरुंला भनी कल्पने बहिनीको संझनाले उसलाई आहत तुल्याउँछ ।

कलकले खोलाको दोभानमा
सग्लो पानी देखेर,
आँखामा आँसु बरर
घरको माया संझेर
उराठलाग्दो औंसीको रातमा
बैनी दिन गन्दी होली
छोरो आउँला भनी
आमा बाटो हेर्दै होली ।

एउटा गोडा गुमाई वर्षाै पछि जेनतेन युवक फर्कदा घर खेत साहूले लिइसकेको, आमा मरिसकेको, बैनीको अत्तोपत्तो नभएको अवस्थामा पुग्दा युवक झन व्यथित हुन्छ ः ूआशा निराशा डुबिसकेछन ्साँझको तारा खसेछ अब डुब्नु पर्ने छैन जीवन डुबिसकेछू पाश्र्व संगीत, पाश्र्व उद्घोषण (मिठो उद्घोषण मेघराजसरले गर्नु भएको) दोलखामा प्रदर्शित यो रूपक मौलिक मात्र भएन, प्रस्तुति नै नौलो भयो ।

जीवन्त अभिनय र रोचक प्रस्तुतिले त्यो बेला ूक्रान्तिकारी परिवर्तनू को आभास जनमानसमा दियो । साँस्कृतिक कार्यक्रमको भागको रूपमा नर्तक छात्र एकातिर छात्रा अर्कोतिर राखेर ःू पानी प–यो हरियो परियो पोइको घर नजाने ठहरियो, साहिला हा ेपानी प–यो हरियो परियो पोइको घर नल्याउने ठहरियो, साहिली हों जस्ता गीत गाउँदै जुहारी खेलेको दृश्य बढि स्वाभाविक भयो । नत्र त यस्ता गीत नृत्यमा छात्राले नै केटाको भूमिका वा छात्रले नै केटीको भेषभूषा लाउनु पर्दथ्यो ।

विद्यालयको संचालक समितिका सदस्यहरू प्रत्येकबाट सौजन्य स्वरूप विद्यार्थीहरूलाई छानेर क्षेत्रगत पुरस्कार पनि यही अवसरमा दिन लगाइएथ्यो । मैले अनुशासनमा उत्कृष्ट हो कि हाजिरीमा नियमित भनेर कापी २ दर्जन पाएँ । यो कार्यक्रमको सफलताले गर्दा स्थानीय माग अनुरूप दुई दिन पछि तल्लो टोलमा पनि प्रदर्शन भयो, जसलाई अरु बढी सह्रनी मिल्यो । मलाई नै सुनाएर त्यो बेला साइनोमा बाजे पर्ने इन्द्रबहादुर प्रधान (स्वर्गीय) ले भन्नु भएकोः यी २ जना माष्टरले विद्यालयको मात्र होइन ठाउँको पनि उन्नति गर्नेछन् ।

वार्षिक परीक्षाको नतिजा निस्केपछि विद्यालय खुल्यो । नयाँ सत्र आरम्भ भयो । नयाँ कक्षाको  हाजिरी कापीमा विद्यार्थीहरूको नाम लेखिन थालिंदा खास गरी रामबहादुर श्रेष्ठले सूझाव दिनुभयोः राम, कृष्ण, बहादुर जस्ता परंपरागत नाम बदल्ने । शेक्सपियरले ूनाममा के छ ? गुलाफलाई गुहूँ भने पनि बासना दिन छोड्दैनू भने पनि परंपरागत नाम धेरैको उस्ता उस्तै हुँदा नामको विशिष्टता, मौलिकता र एकलपना हुँदैनथ्यो । फलतः उदयनारायणको विनोद, प्रल्हादको योगेश, चन्द्रकृष्णको उमेशचन्द्र, बलदेवको प्रमोद, दुर्गाबहादुरको उपासक भीमबहादुरको आमोद, भवनाथको आभूषण, बलरामको प्रायश्चित, नन्दकुमारको उपेन्द्र, हरिनारायणको अनुराग,  पार्वतीको शवनम राखिए । त्यसबेला ८। ९ कक्षाका छात्र रहनु भएका मेरा दाइ शरणकुमार, काका विष्णुबहादुर र मामा खड्गबहादुरको पनि क्रमशः शरण, रत्नप्रभात तथा अमनमा नाम परिवर्तन भयो । १० कक्षाका हामीहरूले चाहिं ९ मा नाम दर्ता भैसकेकोले बदलेनौं । यद्यपि “प्रारब्ध“ प्रधान भनी मेरो नाउ बदल्न रामसरले सुझाउनु भएथ्यो ।

प्राइभेट टेष्ट पास गरी एस.एल.सी. दिन सकिने व्यवस्था भएकोले यस्ता “वयस्क“ हरूका लागि कोचिंग क्लास पनि मंसीरको दोस्रो हप्ता देखि विहान शुरु भएथ्यो । बिहान हुने यस्तो पढाइमा म पनि कहिलेकाहीं सरिक हुन्थें ।

२०२४ मंसीर २६ गते यही कोचिंगकै बेला एउटा बैठक बसी भीम पुस्तकालय तदर्थ संचालक समिति बिघटन गरी स्थायी कार्यकारिणी समिति गठन गरियो । छुट्टै पुस्तकालय भए पनि विद्यालयको संरक्षणमा राख्नु पर्ने भएकोले प्र.अ.पदेन सभापति र प्रधानपंच पदेन उपसभापति हुने व्यवस्था गर्नुपर्ने दृष्टिकोण विद्यालय तर्फको थियो भने प्रधानपंचलाई पदेन सभापति बनाइनु पर्ने तर्क अर्कोतिर थियो । दुबै बिचारमा आ–आफनै दम भएकोले मतदान गरी निर्णय गर्ने सहमति हुँदा वरावर मत दुवैतिर प–यो । अन्ततः गोला हाल्दा प्र.अ.पदेन  सभापति हुने भयो ।  उपसभापतिमा पदेन प्रधानपंच । रामबहादुरसर सेक्रेटरी र म उपसेक्रेटरी भएँ ।

पुस्तकालयलाई पनि कुनाको अँध्यारो कोठाबाट बीच कोठामा सारियो । किताव दान संकलन कार्य जारी नै थियो । टिफिन समयमा पुस्तकालय संचालन गर्ने काममा अरु विद्यार्थीहरू अमन श्रेष्ठ (हाल उपप्राध्यापक, पाटन क्याम्पस) अनुराग प्रधान (हाल अधिकृत, कृषि विकास बैंक), जयनारायण प्रधान (हाल पशु चिकित्सक, जिल्ला पशु स्वास्थ्य कार्यालय) स्वयंसेबक लाइव्रेरिएन भए ।

 ूगोरखापत्रू दैनिक, ूनयाँ सन्देशू साप्ताहिक पत्रिका पैसा तिरेर ग्राहक भइयो र पुस्तकालय स्थापना गरी सहयोग माग गरेका पत्रहरू विभिन्न  निकायबाट  पठाइयो । फलतः अमेरिकी पुस्तकालयबाट ूस्वतन्त्र विश्वू र अरु पुस्तक पत्रिका, चीनिया राजदूतावासबाट सचित्र चीन, जापानी राजदूतावासबाट ूपिक्टोरिएल जापानू, सोभियत संघको राजदूतावासबाट ूसोभियत भूमि,ू भारतीय राजदूतावासबाट ूभारत समाचार,ू पत्रिका तथा नेपाल कोरिया मैत्री संघबाट पुस्तकहरू नियमित रूपमा प्राप्त हुन थाले । श्री ५ कोसरकार सूचना विभागबाट प्रकाशित हुने पुस्तक–पुस्तिकाहरू पनि बराबर पाइन थालियो । राजदरवारबाट निस्कने ूरमझमू पनि उपलब्ध भयो । लोकसेवा आयोग, जनकपुर अंचलबाट निस्कने बुलेटिन पनि अपेक्षाकृत ढीलो गरी प्राप्त भए पनि ूआवश्यकताू विज्ञापनको म्याद रहेका सूचनाहरू सर्वसाधारणको उपयोगिताको लागि मार्फत भीम पुस्तकालय भनी सेक्रेटरी रामसरको हस्ताक्षरसाथ बजारमा टाँस्न थालियो । ूत्रिपुरा पुस्तकालयू को नाममा आउने ूराजपत्रू मा चाहिं नाम परिवर्तन गर्न चाहेनौं । किनकि कुनै बेला निशुल्क ूराजपत्रू पाउने भनी कम्तीमा मंत्रिस्तरीय निर्णय भएर ूराजपत्रू निशुल्क उपलब्ध भैरहेकोले नयाँ नाम बदल्न पनि त्यही स्तरमा निर्णय गरिनु पर्दथ्यो ।

विद्यालयको प्रारंभ “राष्ट्रिय गान“बाट हुन्थ्यो । संगसंगैसरस्वती प्रार्थना कहिले कुनै संस्कृत श्लोक, कहिले कुनै कितावको स्तुति जुन सर्वसुलभ हुन सकेको थिएन । छोटो तर मौलिकसरस्वती वन्दनाको रचना हेडसर मेघराजले गर्नुभयो जसमा रामसरले नै लय दिनुभयोः जसको चरण थियो ः

मेला छ यहाँ शिक्षाको माता
आइ द्यौ शारदा
रात्री छ शून्य मसानसरी
चम्किन जान्दैनौ
जननी हामी
भोलिको तारा नहुने ठान्दैनौं,
जननी हामी । ...

विद्यालयमा कुशल शिक्षकहरूबाट व्यवस्थित पढाइ हुने प्रचारले जिल्लाका धेरै गाउँबाट आएका विद्यार्थीहरू थपिदै गए । वरिपरिका चउर सफा गरी बगैंचा उद्यान बनाउने, विद्यालयको दक्षिणतिरको चउरमाथि नै कुलोमा पानी लाग्ने भएकाले सानो उद्यान, त्रिभूज आकारको पोखरी खन्ने जस्ता रचनात्मक कार्यमा पनि पालो मिलाई छात्रहरू संलग्न भए ।

शुक्रवार आधा दिन विद्यालय छुट्टी हुने परंपरामा १। २ घण्टा जति साहित्यिक कार्यक्रम गर्ने परिपाटी विद्यालयको इतिहासमा नौलो थियो । मैले औपचारिक रूपमा पहिलोपल्ट ०२४ साल पुसमा एउटा छोटो कथा लेखेर सुनाएँ । अरु साथीहरूले परंपरागत रूपमा लेखेको तुलनामा आधुनिक भनी उहाँहरू दुवैबाट प्रशंसा पाएँ । त्यो कथा वास्तवमा त्यसबेला निस्कने “नयाँ संसार“ सिनेमा मासिकमा छापिने कथा भन्दा बढी थिएन ।

कुनै शुक्रबार “बाद–विवाद प्रतियोगिता“ हुने भयो जुन पनि पहिले भएको थिएन । वादविवादका विषय “हलो र कलम“, “शहर र गाउँ“, “प्रकृति र ईश्वर“, आदि देखि पछि त “पूंजीवाद र साम्यवाद“ सम्म पुग्यो ।

२०२३ सालमा मैले विद्यालयमा प्रवेश गर्दा शायद कृष्णबहादुर थापा (हाल वाणिज्य व्यवसायी) कक्षा ८ कि ९ लाई विद्यार्थी युनियनको सभापति भनी चिनाइएथ्यो । तर थापाले विद्यालय पढ्न आउन छोडेपछि युनियन भए नभएको खै खबर कसैले गरेको जस्तो लागेन । पुस महिनामा शायद शुक्रवारतिर उहाँहरूकै आव्हानमा विद्यार्थीहरूको भेला भयो र स्वतन्त्र विद्यार्थी युनियन गठन निर्विरोध भयो । चोकबहादुर अध्यक्ष, विनोद उपाध्याक्ष र म सचिवमा छानियौं । औपचारिक रूपमा सपथ ग्रहण गरियो । तर यो युनियन ूप्रथम र अन्तिमू जस्तै भयो ।

पर्सिपल्ट होला, विद्यालय पुगे पछि थाहा पायौंः हाम्रो गुरू नारायण गिरी र नेपाल अधिराज्यभर प्रसिद्ध भीमेश्वर मन्दिर रहेको भीमसेन स्थानको अर्को पाटीमा वसोवास गरिआएका अलपत्रे जोगी वीच विवाद भएछ । स्थिति चर्केर गएकोले पंचायतको संलग्नता समेतमा जोगीलाई निकाल्नु पर्ने ठहर भैसकेको रहेछ । मानवताको दृष्टिले यो कदम उचित नहुने भएकोले गुरूलाई अनुरोध गरेर वा विरोध जनाएर भए पनि जोगी जस्तो ूनिरीहू गौ प्राणीलाई मंदिरको शोभाको लागि राख्न दवाव दिनु पर्ने हाम्रा दुवैसरहरूको निर्देशन थियो । फलतः युनियनका नवनिर्वाचित पदाधिकारी हामीहरू विद्यार्थीहरूको समूहसाथ भीमसेन स्थान गयौं । अलपत्रेको वास्तविक नाम जे भए पनि बालकै कालमा टुहुरो भई अलपत्र परी कुनै साधुको चेलो भई हिंडेपछि स्वयं साधु भएको र भीमेश्वर मंदिरको प्राङ्गणको पाटीमा वर्षौदेखि धुनी जगाई बस्दै आएको थियो । मंदिरको दर्शनार्थीहरूबाट प्राप्त सिधा, दान र विभूति लगाई दिंदा प्राप्त दक्षिणानै उसको जीवन निर्वाहको आधार थियो । पाए पाथी नै बजाउने, नपाए भोकै रहने उसको दिनचर्या आहानै बनेको थियो ।

अर्को पाटीमा नारायण गिरी गुरूले आश्रम जमाई आध्यात्मिक प्रवचन गर्न थालेको थुप्रै शिष्य र भक्तजनबाट आदर, सेवा, सम्मान, नाम र दाम पाउन थालेपछि निरक्षर अलपत्रेले डाहा गर्नु अस्वाभाविक थिएन । यही मनोरोगले ऊ बेलावखत गुरूको आश्रम अगाडि फोहोर गर्ने, गाँजा भाङ्गको नशा चढेको बेला जथाभावी गाली गर्न बेर मान्दैनथ्यो । अघिल्लो साँझ र भोलिपल्ट विहान यही क्रम चर्केकोले उसलाई पाटीबाट उठाएर पठाउने निर्णय भएछ । हामीहरू पुग्दा अलपत्रेको घ्याम्पोमा संचित चामल भरिंदै थियो प्रधानपंच कम शिक्षक भरतबहादुर श्रेष्ठको रोहवरमा, ताकि त्यसलाई बिक्री गरी प्राप्त रुपियाँ दिई उसलाई बिदा गर्न  सकियोस् । ूयो एकपटकलाई चेतावनी दिई यथास्थितिमा राखियोस्ू भन्ने हाम्रो आग्रहमा प्र.पं.ले गुरूले क्षमा दिए आपूmले गरेको निर्णय फिर्ता लिने कुरा सुनाउनु भएपछि हाम्रो अनुनय विनय गुरूसंग पोखियो, तर उहाँले आप्mनो धुनी समेत निभाई अनाचार गरे वापत सजाय पाउनै पर्ने भएकोले ७ दिनलाई बाहिर निस्कनु पर्ने शर्तमा संझौता भयो । चामल र अरु सामग्री यथास्थानमा थन्काइयो । सधैंको निकालाबास रोकिएकोमा हाम्रो युनियनको जीत ठानी विद्यालयतर्फ फर्कन लाग्यौं ।

अलपत्रे जोगी माथिल्लो गोरेटो बाटोबाट पाखलती चउरमा पुगिसकेको र हामीहरू तल्लो बाटोबाट पुग्दै थियौं । नारायण गिरी गुरूले अलपत्रेलाई निकालेको हल्ला फैलिसकेको थियो । पाखलतीमा नवनिर्मित आप्mनो घरमा रहनु भएका पूर्णलाल राजभण्डारी (इन्द्रमणिको पिता हाल स्व.) ले अलपत्रेलाई रोक्नुभयो र जोगीउपर अन्याय भएको ठह–याई प्रधानपंच र गुरू दुबैलाई हकार्नुभयो । भीमेश्वर पाटीमा ठाउँ नपाउने भए छुट्टै पाटी पाखलतीमा बनाइ राख्ने घुर्की सुनाएपछि दुबैजना नतमस्तक हुनुभयो । (अलपत्रे पूर्ववत् त्यही पाटीमा जीवन विताई २०४९ सालमा मृत्यु) समस्या समाधान भयो तर त्यसमा हाम्रो युनियनको भूमिका प्रखर भएन, हुन सकेन । यसैले हामीले कोइराला र श्रेष्ठ दुवैसरबाट खप्की पायौ, ू खै युनियनले के गरेको, के ग–यो ?ू फलतः विक्षुब्ध भयौं र प्रस्ताव तय भयो, सामूहिक राजीनामा दिने । नभन्दै एउटै निवेदन कोरिएर युनियनका पदाधिकारीहरू सबैको हस्ताक्षर गराई प्र.अ.मा चढाइयो । राजीनामा निवेदन पत्रको सनाखत गर्दै १। १ लाई सोधनी गर्ने क्रममा मलाई पनि प्रश्न तेर्साइयो, ूअरुको राजीनामा स्वीकृत गरी तिमीलाई यथावत राखेमा युनियन चलाउन मन्जूर गर्छौ ?ू त्यो बेला उमेरले म १४ वर्षमा टेकेको थिएँ । यो अवधिमा पहिलो पल्ट अप्ठ्यारो प्रश्न उभ्याइएको थियो । साथीहरूको संगति छोड्ने कि शिक्षकको आज्ञा अवज्ञा गर्ने । मैले केवल अड्की अड्की सुस्तरी भनेंू तर मैले साथीहरूको सहयोग त पाउँदिन निू । मेरो स्वर अवरुद्ध भयो र आँखा पनि रसायो । ू

सामूहिक राजीनामा स्वीकार गरी विद्यार्थी युनियन भंग गरिएको र निकट भविष्यमा वैकल्पिक व्यवस्था गरिनेू सूचना प्र.अ.ले सुनाएपछि खिन्न मन लिई हामीहरू घर लाग्यौं । त्यही साँझ मलाई बोलाहट भएको खबर पाएपछि खाना खाई गएँ । हेडसरले रामसरलाई भेट्न भन्नु भए पछि उहाँको निवासमा पुग्दा अरु केही विद्यार्थी साथीहरू पनि रहेछन् । उहाँले भन्नुभयो– ूस्वतन्त्र युनियन फापेन । अब स्काउट युनियन बनाउने बिचार गरेका छौं, तिमीहरू झन् कटिवद्ध हुनुपर्छं । ू स्काउट युनियन ? बिल्कुलै नयाँ नाम थियो हाम्रो परिवेशमा । के ठीक, के वेठीक ? एउटा द्वन्दमा निंदो अनिंदो भएर त्यहीं अफिस कोठाको टेबीलमाथि ओछ्यान लाएर सुत्यौं ।

भोलिपल्ट नभन्दै प्र.अ.को सूचना आयोः कक्षा १० का श्यामचन्द्र श्रेष्ठको (हाल पोखरा) कमाण्डरीमा स्काउट युनियन गठन गरिएको छ । विद्यार्थीहरू बीच एकल र अनुशासन कायम राख्न यो युनियन लागि पर्नेछ । म जनरल सेक्रेटरी अर्थात् महासचिव तोकिएको थिएँ । अर्थ–प्रवन्धक संभवतः कल्याणीदेवी –हाल शिक्षिका दोलखा बालमन्दिर) होला । स्पष्ट थियो स्वतन्त्र विद्यार्थी युनियनबाट भर्खर निवृत्त अध्यक्ष चोकबहादुर र उपाध्यक्ष विनोद यो स्काउट युनियनमा परेनन् । हरेक कक्षाबाट एक एक जना सदस्य आयुक्तको रूपमा नियुक्त गरिएका थिए । स्काउट युनियन भएकाले स्काउट तालीम बिहान– बिहान दिन थालियो । म औसत सानो उमेर शारीरिक रूपमा सबल नभएकोले स्काउट खेल्नमा भन्दा अरु प्रशासनिक काममा बढी खटिन थालें, आखिर महामंत्री न थिएँ । विभिन्न समिति उपसमिति गठन गरी कार्य विभाजन गरियो । स्काउट युनियनले नाम अनुसार नै पूmर्तिफार्ती देखायो । यसका प्रशिक्षक युनियनका संरक्षक सल्लाहकार रामबहादुरसरनै हुनुहुन्थ्यो ।

विद्यालय समीपको दक्षिणको जंगल सिंह वनमा विभिन्न तौरतरीकाका तालीम दिइन्थ्यो । उहाँले यसलाई एक किसिमको गुरिल्ला प्रशिक्षण भन्नु भएको छः –आँखा, १२–२०५५ असोज) सिट्ठी फुकेर बोलाउने, कुनै मिशनमा हिड्दा पछि आउनेलाई संकेत गर्ने, डोरी जस्ता कुरा पनि भिरेर हिंड्ने भयौं । यसरी सिट्ठीको भाकामा स्काउट विद्यार्थीलाई तत्काल जम्मा गराएर जे काम पनि गराउन सजिलो भयो । फलतः बजारसरसफाई होस् वा विद्यालयको खेलकूद मैदान विस्तार गर्ने काम होस् वा पौडी प्रशिक्षण दिन पोखरी खन्ने काममा होस् । छात्रावास पछाडि पोखरी खन्दा ८ कक्षाका विद्यार्थी शरण प्रधान (हाल प्र.अ.सर्व मा.वि.जिलु) ले करीव आधातोलाको सुनको औठी भेट्टाउँदा दशा लाग्छ भनी फाल्न खोज्दा “बेचेर खेलकूद सामाग्री“ किन्न युनियनको आम्दानी बाँधियो ।

सिंह वनको जंगलभित्र अवस्थित दिवाली पूजा स्थल, जहाँ स्थानीय वासिन्दा आ–आप्mना कुलको जमघट गरी बलि पूजा गरी बनभोज खाने गर्दछन्, ठाउँको उपयुक्त काँटछाँट जस्ता कार्यहरू चाँडै सम्पन्न भए । भीम एकादशीमा भीमेश्वर स्थानमा मेला लाग्दा, अरु जात्रामात्रामा स्वयंसेवक सेवा गर्न पनि युनियन नै जुट्दथ्यो । सिट्ठीले अझ बढी काम ग–यो ः दोलखा बजारमा राती आगोलागी हुँदा । बाक्लो पुरानो बस्ती अधिकांश पराले छाना भएका घरहरूमा विद्यार्थी र अरु मानिसको सहयोग बेलैमा पुग्नाले यस्ता २। ३ अग्निकाण्ड चर्किन पाएनन् ।

स्थानीय क्षेत्रमा स्काउट युनियनको हाँकधाक बढ्यो नै । तर एक चोटि यसको दुरूपयोग पनि भयो । त्यो दिन शनिवार थियो । हाम्रा युनियन कमाण्डर श्यामचन्द्रकै घरनेरबाट सिट्ठी बजेको आवाज आयो । सबै जम्मा भए । छिमेकीसित झगडा परेछ र कमाण्डरले सिट्ठी बजाएर आफनो शक्ति प्रदर्शन गरेछन् । त्यो दिन कुश्ता–कुश्तीमा स्वभावतः कमाण्डरको साथ दिनु परे पनि त्यो कर्म ठीक होइन भन्ने मलाई मेरो विवेकले ठह–याएथ्यो । मैले भोलिपल्ट रामसरलाई रिपोर्ट गरेपछि आयन्दा यस्तो व्यक्तिगत विवादमा युनियनलाई मुछ्न नपाइने र विद्यार्थी स्काउटले झैझगडामा नलाग्ने संकल्प गराइयो ।

माघ १२ गते विद्यालयको वार्षिक जयन्ती मनाइने कुरा उठ्यो । त्यसकै उपलक्ष्यमा रूपक सहित सांस्कृतिक कार्यक्रम पनि देखाउने तैयारी राम्ररी भयो । रूपक २०१८ सालमा श्री ५ महेन्दको्र जनकपुर सवारीमा बम प्रहार गर्ने दुगनिन्द झालाई दिइएको मृत्युदण्डमा आधारित थियो । पृष्ठकथा प्र.अ.मेघराजले लेख्नु भएको र मूल चरित्र अभिनेता रामसर हुनुहुन्थ्यो । केही शारीरिक खेल प्रतियोगिता पनि गरिएथ्यो । विद्यालयमै सम्पूर्ण कार्यक्रम मंचन गरिने भएकोले मंच तैयारीको लागि फलामे पाइप, काठको खम्वाहरू ल्याएर प्राङ्गणमा फ्याँकेका थियौं । किला आइनपुगेकोले एक छिन पछाडिको चउरमा खेल्न जाऔं भन्दै म कुँदेको मात्र थिएँ, फलामे पाइपमा गोडा अल्झेर पेटीमा बजारिन पुगें । एकछिन अँध्यारो भयो । होसमा आउँदा विनीत श्रेष्ठले निधारमा हातले समातेर रगत थामिरहेको र पछाडिबाट रामसरले उठाइरहेको चाल पाएँ । मेरो अघिल्लो माथिलो दाँत एउटा भाचिएछ । निधार ताछिएको र माथ्लो कुनामा केही गहिरो घाउ भएको रहेछ । पेनीसिलिन मल्हम कोचेर कपास र व्याण्डिज लाइदिएपछि कमाण्डरले नै बोकेर घर पु–याउनुभयो ।

जन्मजयन्तीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक संचालन गरिएछ, यद्यपि विवादास्पद अर्थात् अराष्ट्रिय तत्व घोषित व्यक्ति ूशहीदू भएको दर्शाइएको रूपकको कापी हात पारेर प्रशासनकोमा लैजाने प्रयास कसैले गरेका रहेछन् । रूपक प्रदर्शन पछि लगत्तै कापी जलाएर प्रशासनको कार्यवाहीमा परिनबाट जोगाइएकोले यो रूपकको पुन र्प्रर्दशन हुन सकेन । राजनैतिक  जनजागरण र सांस्कृतिक चेतनाको आधुनिक विकास थालनीको अर्को कडी थियो त्यो कार्यक्रम ।

त्यसबेला नेपाली कांग्रेसबारे हामीलाई थोरै मात्र ज्ञान थियो । इन्द्रमणि राजभण्डारी कांग्रेसप्रति सद्भावना राख्नु हुन्थ्यो । ने.कां.को नेता र ०१७ सालमा अपदस्थ प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको पछि लागेर थुनामा परेका भीमबहादुर तमाङ्ग (हाल ने.का.केन्द्रीय समिति सदस्य) यही जिल्लाको हो भन्नेसम्म सुनेका थियौं । मलाई आपूm घाइते भएको भन्दा पनि कार्यक्रम हेर्न नपाएकोमा बढी दुःख लाग्यो । घाउ ठूलै भए पनि जाडो महिना र त्यो बेला त्रिभुवन विश्वविद्यालयबाट दोलखा भाषिका अध्ययन गर्न चुडामणि वन्धुको नेतृत्वमा आएको भाषा शिक्षण टोलीसंग पनि उपलब्ध प्राथमिक उपचारका औषधी गरी निको भएँ ।

विस्तारै बुझदै आयौंः प्र.अ. मेघराज कोइराला र स.प्र.अ. रामबहादुर श्रेष्ठ दुवै परिवर्तन उन्मुख  हुनुहुन्थ्योः निर्दलीय पंचायत व्यवस्थाका विरोधी । परन्तु फरक थियो कोइराला कांग्रेस बिचारधाराको नजीक, श्रेष्ठ चाहिं वामपन्थी आन्दोलनका समर्थक । पठनपाठन तथा अरु व्यवहारकै क्रममा यो विरोध र भेद खुल्दै आयो । यथास्थितिप्रतिको विद्रोह तथा जनक्रान्तिको आवश्यकता सम्बन्धी कुरामा दुवैको सहमति भइकन पनि त्यसलाई अगाडि बढाउने बाटो अपनाउने विषयमा मन फरक देखाइन्थ्यो । कहिले हामी अलमलिन्थ्यौं, कहिले चाहिं दुई अलग दृष्टिकोण जान्न पाउँथ्यौं ।

एउटा प्रसंग, हाम्रो दशौं कक्षामा १२ जनामात्र विद्यार्थी भएकोले पुस्तकालय भएकै कोठामा अध्यापन हुन्थ्यो । पाना च्यातेका पत्रपत्रिकालाई काटेर त्यसमा अंकित घटना वा उल्लेखनीय तस्वीरहरू भित्तामा सजाउँथ्यौं पनि । यही क्रममा एउटा रुसी पत्रिकाबाट निकालिएको तत्कालीन सोभियत संघको एकजना राजनेताको सानो तस्वीर पनि भित्तामा अंकित थियो । हामीले वास्ता  गरेका थिएनौं, त्यो को हो भनेर । प्र.अ.ले अंग्रेजी दोस्रो पत्र पढाउन आउँदा देखेर भन्नुभयो, ूत्यो जोसेफ स्टालिन हो, कुख्यात तानाशाह, यसले धेरै साम्यवादी इतर बिचारका मानिसहरूलाई मार्न लगायो । ू उहाँ गएपछि हाम्रा साथी विष्णुनारायण (हाल प्र.अ.बालमन्दिर शिशु कक्षा, दोलखा) र युनियन कमाण्डर श्यामचन्द्रले त्यो तस्वीर उप्काउनुभयो र कोठाको वीचमा कर्कट पाताको छानोको पुटिङ्ग खसेर चुहिने पानीको धारले प्वाल पारेको सानो खाल्डो थियो, त्यसमा कोचेर लठ्ठीले घोच्दै, ूलौ जा तानाशाहलाई गाडेंू भन्दाभन्दै अर्को पिरियडमा अंग्रेजी प्रथमपत्रको कक्षा लिन प्रवेश गर्नु भएका रामसरले सोध्नुभयो, ूके गाडेकोू ?

हामीले यथार्थ कुरा बताएपछि उहाँको अनुहारमा केही रीस र विष्मय देखाप–यो, ू

तिमीहरूले गर्नु नहुने काम ग–यौ, महान सोभियतसंघ निर्माण गर्नमा स्टालिनको पनि योगदान थियो । तस्वीर गाडेर बिचार गाडिदैन । 

हामीलाई दिक्क लाग्यो । हाम्रो सानो कृत्यले पनि उहाँको चित्त दुखाइदिएछ ।

एक दिन शहीद को हो, कस्तोलाई शहीद मान्नु पर्छ भन्ने चर्चा चल्दा उहाँले भन्नुभयो– तिमीहरूले अहिले राजालाई बंदूक मात्र तेर्साएर मृत्युदण्ड पायौं भने पनि कालान्तरमा शहीद होइन्छ । हामीलाई यो भनाइ पटक्कै चित्त वुझेन । कस्तो बहुलठ्ठी कुरा । राजालाई बंदूक तेर्साउँदैमा शहीद होइने । चोकजी र मैले आपसमा कुरा ग–यौं । उहाँले थप्नु भएको थियो ः निरंकुश राजाको प्रतीकात्मक विरोधको सजायँ भागी हुनु नै शहीद हुनु हो ।

२०४६ सालको जन आन्दोलनको सफलताबाट प्रजातन्त्रको पुनस्र्थापनापछि मात्र पो त्यो अर्थ स्पष्ट भयो । पहिल्यै उल्लेख गरिएको छ, विद्यालयको आर्थिक स्थिति सबल थिएन । खेलकूद तथा अन्य पर्याप्त भौतिक सामग्रीहरूको अभावै थियो । क्यारमको गोटी, चेसको गोटी हराएमा, टेवुल टेनिसको बल फुटेमा, भलिवलको भित्री ल्याडर प्वाल परेमा पनि तुरुन्त पाइँदैनथ्यो । यस्तै खेलकूद सामग्री अकाल परेको समयमा सातढुँङ्गे (क्भखभल क्तयलभ) खेल आविस्कार भयो । दुई समूह बीच सातवटा बाङ्गा–बिङ्गा ढुँगाहरू तह मिलाएर ठड्याइएको गजूरलाई सानो भकुण्डोले हानेपछि एउटा समूहले त्यसलाई पुनः उभ्याउन खोज्ने अर्को समूहले भकुण्डोले हान्ने, लागेपछि डुम पार्दै आफनो समूह संख्या बढाउने । जसले धेरै पटक ढुंङ्गाको गजूर बनाउन सक्दथ्यो उसको जित संख्या बढ्दै जान्थ्यो । यस्तो खेलको नेतृत्व दुई समूहको प्र.अ.र स.प्र.अ.ले गर्नु हुन्थ्यो । बाँकी सदस्यको छनौटको लागि २। २ खेलाडीको जोडी बनी कुटनाममा छनाउन गए पछि उहाँहरूले रोज्नु हुन्थ्यो । त्यसैले हामीमध्ये धेरैजना उहाँपट्टि पर्न चाहन्थ्यौं र कुट नाम उहाँको इच्छा अनुकूल पार्न कोशिश गर्दथ्यौं । अमेरिका र चीन सम्बन्धी चर्चामा अमेरिका पहिले नै अंग्रेजहरूले उपनिवेशकालमा पूर्बाधार तैयार पारेको तर चीनमा साम्यवादी व्यवस्था पछि नै सामानुपातिक प्रगतिको लहर आएको बेलिविस्तार लाउँदै समतामूलक दृष्टिले चीनको व्यवस्थाको पक्षपाती बताउनु हुन्थ्यो । एकचोटिको सात ढुंगे खेलमा मैले आपूmलाई चीन र अर्को साथीलाई रुस भन्ने कूट नाम दिई रोजिन गयौं । रामसरले रुस रोज्नुभयो । म अवाक भएँ । त्यो साँझ र रातभर मलाई खुलदुलि लागिरहथ्यो । किन चीन नाम राख्दा पनि रोजाइमा परिनँ । भोलिपल्ट सोधिहालें । उहाँले भन्नुभयोः साम्यवाद भन्दा समाजवाद उत्तम हो, जुन बाटोमा सोभियतसंघ हिडिसकेको छ । अमेरिकाको तृुलनामा चीनको व्यवस्था राम्रो होला तर रुसको सुधारोन्मुख कदम अरु बढी स्वागतयोग्य छ ।

चैत्र १९ गते विद्यालय लाग्ने बित्तिकै हाम्रै दश कक्षाका विद्यार्थीहरूलाई अफिसमा बोलाएको खबर आयो क्रमशः चोक बहादुर, श्यामचन्द्र आदिलाई । तर बोलाएकै रहेनछ भन्दै भुतभुतिंदै फर्केका के थियो मलाई पनि बोलाहट भएको सुनेर अफिस पुगें । बोलाएको होइन भन्ने जानेर फतफतिदै फर्कन लागेको थिएँः भै हाल्यो अमरलाई नझुक्याऊ बताइदिउँ भन्दै रामसरले बिस्तारै मलाई भित्तेपात्रो  (क्यालेण्डर) हेर्न अह्राउनुभयो ।

म छक्क परेंः “किन र ?“ “अंग्रेजीमा तारेख हेर त“ भने पछि झस्के– अप्रील १ । “अप्रील पूmल बनायो“ गीत मात्र सुनेका हामीहरूले दोलखामा पहिलोपल्ट “अप्रिल पूmल“ मनायौं । अनि त के छ र ? सहपाठीहरू अराजक भै हाले । कतिसम्म भने एकजना विद्यार्थी घाइते भयो भनी बजारमा सानो औषधी पसल थाप्ने “भण्डारे कान्छा“ लाई प्राथमिक उपचार सामान बोकाई विद्यालयमा  बोलाइयो । उत्सव छ भनी बाजा बजाउने समूह लिई गोकुलकुश्लेको नेतृत्वमा कसाही र कुश्ले ६। ७ जनालाई ल्याइयो । अप्रिल पूmलको अर्थ नवुझेका गोकुल जोगीले वित्थामा दुःख दिएकोमा “झुक्काउनेलाई ६ महिनाभित्र बाँकी राख्दिनँ“ भने पछि वातावरण गंभीर भयो । तर रामसरले अन्तराष्र्टि«य चलन बताएर संझाएर विद्यार्थीको तर्फबाट क्षमा माग्दै बाजा बजाउन लगाई श्रोताहरूबाट भेटी उठाइ दिए पछि उनीहरू खुशी भएर हिडेका थिए ।

दिनहरू यसरी चिप्लदै थिए । फेरि शैक्षिक भ्रमणको कार्यक्रम बन्यो, चैत्रको अंतिम हप्तामा । कालिन्चोक भगवती स्थान जाने । दोलखादेखि ठाडो उकालो करीब १३००० फीटको डाँडाको उचाइमा अवस्थित कालिंचोक भगवती प्रसिद्ध तीर्थस्थल हो । दुबैजनासरहरू सपरिवार र हामी छात्र–छात्रा करीव ३० जनाको हूल बाटोको दिग्दर्शन पिउन थियो । बाटोमा पाइने बोट–विरुवा, चराचुरुङ्गी, चौरी झुण्ड, एक्लो याकको वनविहारको रोमांचकता बारे उहाँले बुझाउने प्रयास गर्नुभयो । पुगेको साँझ तीन तले ओडारमा बास भयो । ओड्ने बोके पनि ओछ्याउने कुरा पर्याप्त थिएन । वनका रुखका बोक्रामा टासिएका भ्mयाउ, ढुंगामा लेसिएका भ्mयाउ उप्काएर ल्याउँदै मिलाएर गलंैचा झै ओछ्याएर सुत्ने रमाइलो सुझाव उहाँले दिनुभयो ।

भोलिपल्ट विहान १००० फीट ठाडो उकालो चढेर शिखर कुण्डको भगवती स्थलको दर्शन गरी ओर्लिएर ओडार आसपासको टुटान आदि चउर घुम्ने क्रममा एउटा बिचार गोष्ठी गरियो । विषय थियो ः देव देवताको महत्व । सहभागीमध्ये सबैले क्यै न क्यै बोल्न अनिवार्य गरियो ।

प्र.अ.ले दैवी शक्ति मानव जीवन संचालनको लागि आवश्यक उर्जाको प्रतीक हो भन्नुभयो । स.प्र.अ.ले वातावरण सुरक्षा र पर्यटन प्रबद्र्धनको लागि यस्तो विकट ठाउँहरूमा दैवी अस्तित्वको अपरिहार्यता बोध गराउनुभयो । ध्यान चिन्तन मननकै रूप हो, जुन मानसिक शान्तिको लागि आवश्यक हुन्छ । मंदिरमा गई गरिने ध्यान यसकै रूप हो भन्ने धारणा रामसर व्यक्त गर्नु हुन्थ्यो । मंदिर, देवता, पूजा, पर्वलाई अन्धविश्वासको आँखाले भन्दा त्यसको महत्व उपादेयताको दृष्टिले वुभ्mनु पर्छं भनी सिकाउनु हुन्थ्यो जुन हामी केही बुभ्mदथ्यौ, केही बुभ्mदैनथ्यौं ।

२०२५ वैशाखमा दोलखामा बर्सेनी झैं मच्छिन्द्रनाथको रथ जात्रा चल्यो । खेती किसानी गर्नेहरूको इष्ट देवता बौद्धमार्गीले अवलोकितेश्वर तथा हिन्दूहरूद्वारा मछिन्द्रनाथको रूपमा पूजिने देवताको रथ जात्राको अवसर रथको गजूरले भूइं छोएमा थुमा बलि पूजा गरिसकेपछि मात्र रथ तान्ने चलन  थियो । रथ यात्राको ६ दिने अवधिमा दोलखा बजारको माथ्लो टोलको स्वयम्भू थानबाट ठाडो ओरालो झारी बीचमा मोडेर पूर्वतिर ढुंगल टोलसम्म लाने मार्ग सबभन्दा जटिल थियो । यद्यपि रथको सन्तुलनको लागि अगाडि र पछाडि दुबैतिरबाट दोहोरो डोरी लगाइ तान्ने र रोक्ने गरिन्थ्यो । रथको मास्तिर पनि दुवै दिशामा डोरी बाँधी सिधा राख्ने गरिन्थ्यो । परन्तु त्यो दिन रथ ओरालोमा कुंदाएर लाँदालाँदै ढलेर गजूर रास्नीको ओह्रालोको मुन्तिरको बारी (हाल बाल मंदिर भवन) मा छुन पुगिहाल्यो । अर्को दिन उठाई मर्मत संभार गरे पछि थुमाबलि पूजा नगरी रथ तान्न गुठियारले प्रयास गरेको खबर सुन्ने बित्तिकै रामसरले हामीलाई सूचना गर्नुभयो । परम्परा बिगार्न दिनु हुँदैन ।

हाम्रो युनियनको सिट्ठी बज्यो । साथीहरू जम्मा भए । रथ घेरेर डोरी तान्नबाट रोक्यौं । बलि पूजा भए पछि रथ यात्रा निर्बिध्न सम्पन्न भयो । असार–साउन दुई महिनाको लागि विद्यालयमा वर्षे बिदा भयो । यस बेला अधिकांश खेतीपातीमा व्यस्त भए पनि परामनोविज्ञान र रुढीवादीको विषय बोक्सीबारे एउटा साहित्यिक गोष्ठी भीम पुस्तकालयको आयोजनामा आव्हान गरियो ः ूबोक्सी भेटू शीर्षक राखेर । साउन १५ गते पंचायत घरमा चरिकोट र दोलखाका १३ जना जति स्थानीय लेखकहरूले बोक्सी सम्वन्धी आफना अनुभव, कथा, बिचार सहितको रचना पाठ गरे । विद्यालय संचालक समितिका सदस्य तथा अंचल घरेलु उद्योग कार्यालयका हाकिम सिंहबहादुर थापा (हाल स्व.) गोष्ठीको सभापति हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रूपमा रामसरको आमन्त्रणमा ओखलढुंगाका साहित्यकार प्रेमनारायण प्रेमी (हाल ओखलढुंङ्गा जि.वि.स.सभापति) पुग्नु भएको थियो । मैले मेरो भाइ सज्जनको मृत्यु बोक्सीको कारणले भएको भनिएकै कथानकमा कथा प्रस्तुत गरेको थिएँ । मामा जगतनारायण श्रेष्ठ (हाल शिक्षक, भीम माध्यमिक विद्यालय) ले घण्टाकर्णको बेला ूबोक्सीू आउने भनाइ र यथार्थको पृथकतालाई समेटेर कथा सुनाउनु भएथ्यो । त्रास र अन्धविश्वासको प्रतीक बोक्सी बारेको गोष्ठी नितान्त नौलो र दिमाग ख्याउने खालको अनुभव श्रोताहरूले गरे ।

भदौमा विद्यालय खुल्यो । भदौको पहिलो हप्ता जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा प–यो । दोलखामा साउन शुक्ल प्रतिपदादेखि नै “गुन्ला“ अर्थात् हिले जात्रा आरंभ हुन्छ । लाखेजात्रा दिउँसो र बेलुकी फरक फरक खालका हुन्छन् । गाईजात्राको अवसरमा देखाइने व्यङ्ग्यात्मक प्रहसन तथा झांकीमा विद्यालयले पनि भाग लिनु सांस्कृतिक सम्बर्धनका लागि उपयोगी हुन्छ भन्ने ठानिई दुवैसरको निर्देशनमा “किसानमारा साहु र त्यसप्रतिको विरोधको झांकी“ बनाई बजार घुमाइयो । भुँडीवाल पुड्के साहू म बनेको थिएँ ।

केही दिन पछि रामसर बुबा हुनुभयोः नवजात छोरी रश्मीको । यसै खुशियालीमा ूनौलो पाहुनाू शीर्षकको प्रतियोगितात्मक साहित्यिक गोष्ठी गर्ने र पुरस्कार आपूmले दिने घोषणा उहाँले गर्नुभयो । चोकबहादुरजी, विनोदजी, मैले र अरु साथीले त्यै शीर्षकमा कथा, निबन्ध, कविता सुनायौंः शुक्रवारको गोष्ठीमा । मैले एउटा केही लामो कथा पारायण गरें, जुन छुट्टिमा रचना गरेर प्रतियोगिताको लागि केही परिवर्तन गरी प्रस्तुत गरेको थिएँ । अतीत–स्मृति शैलीमा लेखिएको यो कथा नितान्त मौलिक थिएन । बालचन्द्र शर्माको ूशवनमू, केशवराज पिंडालीको ूप्रिन्सू, मातृकाप्रसाद कोइरालाको ूपिपाको हवल्दारू आदि कथा संमिश्रित अनुकरण थियो, तैपनि पुरस्कारको हकदार हुने अपेक्षा राखिएको थियो । निर्णायक मण्डलीको नेतृत्व गर्दै प्र.अ. मेघराजले घोषणा गर्नुभयोः शैली, कथानक र प्रस्तुतिले अमर र चोकका कथा उत्कृष्ट भए पनि ती दुःखान्त भएकाले नौलो पाहुना प्रवेशको सुखद अवसरमा पुरस्कार दिन योग्य ठहरिएनन् । प्रथम भयो उमेशचन्द्र श्रेष्ठ, उनको कथा सुखान्त थियो । हामी बरिष्ठ कथाकार भइ टोपलेका हिस्स प–यौं । तर थाहा भयो ः उद्देश्य समय सापेक्ष हुनु पर्दोरहेछ ।

भीम पुस्तकालय छात्रावास भवनमा सरिसकेको थियोः जुन मूलबाटो सम्मुख जनसाधारणको पहुचमा पर्नाले बढी उपयोगी भएको थियो । त्यहीबेला इन्द्रमणि राजभण्डारीले रामसरलाई बी.कमका किताबहरू पठाइ दिनुभयो । उहाँलाई शिक्षकको रूपमा दोलखा ल्याउँदा नै प्राइभेट वी.कम.गर्न सघाउने वचन दिनु भएको कुरा मलाई अब ज्ञान भयो । उहाँलाई प्रेषित पुस्तकहरूमध्ये तुलसीराम कुंवरको ूरनेू उपन्यास पढ्न पाएँ । समाजवादी आदर्शोमुखी यो कृतिमा चित्रित लोकव्यवहार सामान्य जीवनमा सहज कसरी हुन्छ भनेर म र उहाँबीच सम्वाद विवाद हुन्थ्यो विशेष नाम नचली उपन्यास लेख्न नहुने राय उहाँको थियो ।

वर्षे छुट्टिमा हाम्रो युनियनका कमाण्डर श्यामचन्द्र जिरीतिर गएर विद्यालय खुले पछि पनि आएनन् । आउँदैनन् भन्ने सुनियो । उपकमाण्डर पद नभएकोले युनियनको नेतृत्व गर्ने पद रित्तो थियो । पूर्तिको लागि अचानक प्र.अ.को नोटिस आयो स्काउट तालीमको दीक्षान्त लिएको विद्यार्थीले मात्र सो पदमा उम्मेदवार हुन पाउने । स्काउट युनियन भए पनि औपचारिक तालीम सम्बन्धी व्यवस्था गरिएको थिएन, सुनेका पनि थिएनौं । नौ कक्षाको लक्ष्मीप्रसाद काप्mलेसंग राष्ट्रिय स्तरमै तालीम लिई दीक्षान्त पाइसकेको प्रमाणपत्र रहेछ । काप्mले प्र.अ.को अनुगामी भएकाले उनीलाई नै कमाण्डर बनाउने उद्देश्य सूचनाको थियो । अधिकांश हामी काप्mलेलाई कमाण्डर बनाउन चाहन्नथ्यौं ।
 
खोजी पस्दा विनोदले काप्mलेबाट पनि तालीम लिई दीक्षित भएको प्रमाणपत्र केही वर्ष अगाडि हासिल गरेको बुझियो जुन उम्मेदवार हुन पुग्ने तर्क हाम्रो थियो । तर प्र.अ.काप्mलेलाई मात्र योग्य उम्मेदवारको रूपमा निर्विरोध कमाण्डर बनाउन चाहनु हुन्थ्यो । हामी विरोधमा उभ्यौं र दुबैलाई उम्मेदवारको रूपमा स्वीकारी आम विद्यार्थीहरूद्वारा मतदान गराउने पक्षमा जिकिर गरिरह्यौं । स्पष्ट थियो हाम्रो पृष्ठभूमिमा रामसर हुनुहुन्थ्यो । अन्ततः प्र.अ.ले कमाण्डर पनि चाहिंदैन, स्काउट युनियनको आवश्यकता नरहेको भनी एकतर्फी निर्णय दिएपछि युनियन  निस्कृय भयो । रामसरले हामीलाई आफ्नी छोरीको न्वारानको पूजाको प्रसाद खाजाको रूपमा ख्वाउँदै संझाउनुभयो ूयुनियन नभए पनि अरु कुनै माध्यमबाट आफनो रचनात्मक कार्य जारी राख्नेछौं । ू

कोठाभित्र खेलिने खेलमा बुद्धिचाल सजिलो थियो । फुर्सतमा विशेषतः उहाँ र म घण्टौ खेल्दथ्यौं । महाभारतको लडाईंमा तैयार गरिने अनेक व्युह जस्तो अभिमन्यु मरणको कारण बनेको गुरू द्रोणको चक्रव्यूहको प्रारंभिक ज्ञान बुद्धिचाल खेलबाट पाउन सकिन्छ भन्नु हुन्थ्यो । मेरो भित्र प्रश्न उभिन्थ्योः महाभारत जेठो कि  बुद्धिचाल खेल  जेठो ?

२०२५ सालको भाद्र शुक्ल अनन्त चतुर्दशी, काठमाडौं उपत्यकामा इन्द्रजात्रा । दोलखामा इन्द्रको मूर्ति पूजा गरी प्रदर्शन गरिन्छ । बडामहाराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा काठमाडौं विजय गरी नेपालको राजधानी बनाएको २०० वर्ष पुगेको उपलक्ष्यमासरकारले एकीकरण द्विशताव्दी समारोह देश भरै मनाउने आव्हान गरेको रहेछ । सदरमुकाम चरिकोटमा एउटा प्रवचन कार्यक्रम व्यवस्था गरिएथ्यो । विद्यार्थीहरूमा मैले र चोकजीले कनिकुथी भाषण दियौं । बोल्न केही बुँदाहरू रामसर र बद्रीमान सिंहसर (हाल शिक्षक शान्ति शिक्षा मन्दिर, काठमाडौं) ले नै जु–याइदिनुभयो । हो मैले बोल्दा आपूm होचो हुनाले माइकसम्म नपुग्ने भएकोले रामसरले कतैबाट सानो टीन ल्याएर चढ्न लगाउनुभयो ।

त्यसै बेला नारायण गिरी गुरूले राजीनामा दिनुभयो । बिदाइ भाषणमा गुरूले आपूm तीर्थ यात्रामा जाने भएकोले सेवामा निरन्तरता दिन नसकिने कुरा सुनाउनुभयो । तर भित्र भित्रै सुनियोः गुरूले जहिले पनि रामसरलाई साथ दिने भएकोले विद्यालयको आर्थिक अवस्थाले धान्न गाह्रो भएको कारण देखाई राजीनामा दिन हेडसरबाट उत्प्रेरित गरिएको थियो ।

दशैं नजीक आयो । लामो छुट्टी अगाडि लोटोरी कार्यक्रम (कागजको टुक्रो तान्दा जे लेखिएको छ त्यै अभिनय गर्ने) भयो । आफनो पालिमा नृत्य गर्नु पर्ने लेखिएको पाउँदा म विस्मित भएँ । चोकजीले लोटरी तान्न अस्वीकार गर्नुभयो । यो अवज्ञा हठ ठानियो ।

दशैं पछि बद्रीमान सिंहले (हाल शिक्षक, शान्ति शिक्षा मन्दिर, काठमाडौं) उच्च अध्ययनको लागि उपत्यका जान शिक्षक पदबाट अवकास लिनुभयो । उहाँको रिक्त स्थानमा विज्ञान र गणित पढाउन श्याम प्रधान (हाल व्यवसायी, काठमाडौं) नियुक्त हुनुभयो ।

टेष्ट परीक्षामा सबै सामेल भए पनि ७ जना उत्तीर्ण भयौं । फर्म भर्न फोटो खिचाउन काठमाडौं नै जानु पर्ने भएकोले म हेडसरसंगै काठमाडौं आएँ । यतै बसी बिहान–बिहान बद्रीमानसरकोमा गणित र अंग्रेजी पढ्न थालें । एस.एल.सी. परीक्षा दोलखा केन्द्र २०२५ साल देखि भी.प.हाई.स्कूलमा राखियो । हामी प्रथम समूहका परीक्षार्थी भयौं । सो परीक्षाको लागि माघ २ गतेदेखि विद्यालय बन्द भएकोले वी.कम.परीक्षा दिन तैयारीको लागि रामसर एस.एल.सी.मा प्रथम श्रेणी ल्याउन शुभकामना छोडीसपरिवारसाथ काठमाडांै लाग्नुभयो ।

अंग्रेजी बिषयको दुई पत्रको परीक्षा सकेपछि प्रश्नपत्र परीक्षा समयभन्दा पहिले निस्केको निहूँमा राजधानीमा दंगा भयो । परीक्षा नियन्त्रण कार्यालय जलाउन खोजियो । यी समाचारसंगै बाँकी परीक्षा स्थगित गरेको सूचना रेडियोले सुनायो ।

विद्यालय खुल्यो । रामसर आउनु भएन । सुनियो उहाँले खबर पनि गर्नु नभएकोले गयल जनाइयो । माघ २२ देखि परीक्षा शुरु भई सिद्धिएपछि सबै लाखापाखा लागे । हेडसरले शिक्षक भै काम गर्न मलाई र बलरामलाई सोध्नुभयो । हामीले निवेदन दियौं । फागुनदेखि बलराम श्रेष्ठ र म शिक्षक भयौं । मासिक ४५। – रूपैया तलब हैन, भत्ता पाउने गरी स्वयं सेवक शिक्षक ।

केही दिन पछि गाइगुइं फैलियोः उहाँलाई बिना कुनै खबर अनुपस्थित भएको अभियोग समेत लगाई अवकास दिने निर्णय संचालक समितिले ग–यो । हेडसर र रामसर बीच बिचारको द्वन्द्व थियो । बौद्धिकता प्रदर्शनमा प्रतिस्पर्धा थियो । सिद्धान्तको झगडा  थियो । रामसरले साम्यवादको वकालत गरी विद्यार्थी नभड्किउन् भन्ने आग्रह हेडसरको थियो । कहिलेकाहीं अप्रत्यक्ष धम्काउनु हुन्थ्यो, ूहरेक कक्षामा मेरो सूत्रधार छन्, कसले कसरी अध्यापनइतर कुरा पढाउँछ वा पढ्छ मलाई जानकारी हुन्छ । ू

उहाँको यही सम्वादबाट आजित भएर एक पटक बद्रीमानसर ूके हरेक शिक्षक र विद्यार्थीको ठेक्का तपार्इंले लिनु भएको छ ?ू भनी कुर्लनु भएको हामीलई थाहा थियो । तथापि हेडसर मेघराज कोइरालाको व्यक्तित्व आकर्षक थियो । हमेशा नरम बोल्ने, मीठो शब्दमा व्यङ्ग्य प्रहार गरी विरोधीलाई पनि नतमस्तक कलामा माहिर हुनुहुन्थ्यो । दुबैसरबीच व्यक्तिगत कुरामा लडाईं थिएन । परन्तु सम्बन्ध भित्रभित्रै चिसो भएर यसरी रामसरलाई खोस्नु पर्ने परिस्थिति सिर्जना भइसकेको वास्तविकता विल्कुलै अप्रत्याशित थियो ।

फागुनको दोस्रो हप्तातिर रामसर सपरिवार फर्कनुभयो । उहाँलाई अवकास दिइसकेको पत्र काठमाडौं पठाइएको थिएन न त उहाँलाई दोलखामा पठाउने काठमाडौंस्थित विद्यालय सहयोगी समितिलाई नै औपचारिक जानकारी दिइएको थियो । दोलखा पुगेका दिनसम्म उहाँ अनभिज्ञ नै हुनुहुन्थ्यो प्रारंभमै दर्शाइएको छ प्र.अ.मेघराज र स.प्र.अ.रामबहादुर दुबै भी.मा..वि.का लागि स्थानीय जनताका निम्ति अपरिहार्य थिए । दुवैले विद्यालयको रूप रंग फेर्न, एउटा सुब्यवस्था बसाउन आआप्mनै क्षमता र प्रतिभाले प्रशस्त योगदान पु–याएका थिए । यसैले स्थानीय जनता चाहन्थेः दुबै मिलेर रहिदिए हुन्थ्यो ।

एउटा हल्ला थियो ः रामसर एक वर्षको लागि आएका हुनाले अव वी.कम.को जाँच पास गरेपछि शिक्षक भइरहने छैनन् । अर्को गाइगुइं थियोः स्काउट युनियन बनाएर विद्यार्थीहरूलाई जंगल जंगल लगेर तालीम दिने, साम्यवादी प्रचार प्रसारमा बढावा दिने आदि कारणले रामसर स्थानीय प्रशासनका समेत कोपभाजन हुन पुगेका हुन् । हामी अन्यौंलमा थियौं ः के गर्ने के नगर्ने ? अवकास दिएको शिक्षकलाई बिदाई कार्यक्रम       (फेरवेल) औपचारिक रूपमा दिन नहुने रे । यो झन् खट्क्यो ।

भूतपूर्व शिक्षक श्याम जोशीसंग सल्लाह भएथ्यो ः बिदाइ कार्यक्रममा कन्जुस्याइ गर्न हुँदैन । विनोदले (हाल स.प्र.अ.जन प्रभात मा.वि.,कालिमाटी) मसंग सोधेः रामसरको बारेमा के गर्ने ? हठात् मेरो मुखबाट निस्क्यो, समय अनुकूलताबारे उहाँलाई सोधेर फेरवेल गर्ने । वास्तवमा विनोदको सोधाइको उत्तर गलत ठाउँमा प–यो । मनसाय गलत थिएन । रामसरलाई बिदाई हैन थमौतीको लागि के पहल गर्न सकिन्छ भन्ने आसय रहेछ, जुन मैले शुरुमा वुझिनँ । रामसरले आफनो अवकास अवैध र नियमसम्मत नभएको भनी विरोधको स्वर ओकल्नु भएपछि विस्तारै स्थानीय जनमत उहाँको पुनर्वहालीको लागि तयार हुँदै थियो । त्यो बेला प्रधानपंचको पदावधि समाप्त भएकोले मेरो साहिला पितामह हरिबहादुर प्रधान (हाल स्व.) ले जेष्ठ वडा–सदस्यको नाताले कार्यवाहक प्रधानपंच सम्हालिरहनु भएको थियो । उहाँकै सभापत्विमा पंचायत घरकै कोठामा एउटा वृहत् वैठक बस्यो । खुला छलफल भयो । सबैले आआफनो तर्क दिए । संचालक समितिको भनाइ थियो ः विद्यालयको आर्थिक स्थिति कमजोर भएकोले पनि उहाँलाइ अवकाश दिनु परेको हो । तर यो तर्क झिनो थियो । कमजोर ठहरियो । छलफलको निर्णय भयो ः रामसरलाई स.प्र.अ. पदमा यथावत् बहाली राख्ने । कुटनीतिमा धूर्त हेडसर मेघराज कोइराला (हाल प्र.अ.हरिवन मा.वि., सर्लाही) आफनो हार स्वीकार्न यति सजिलो तैयार  हुनु भएन । उहाँले अर्को चाल चल्नुभयो ः संयुक्त राजीनामा पत्र । रामबहादुरलाई संचालक समितिले पुनवर्हाली गरेमा प्र.अ.लगायत संपूर्ण शिक्षकहरूको राजीनामा । यसमा सबै शिक्षकको हस्ताक्षर थियो । हामी नयाँ शिक्षक मध्ये बलराम श्रेष्ठ (हाल ए.मा.ले.न.स.स.) ले पनि हस्ताक्षर गर्नुभयो । मेरो बाँकी थियो । मैले सही गर्नु अगाडि सोच्ने समय मागें । त्यो रात । २०२५ साल चैत्रको दोस्रो हप्ताको कुनै रात । तिनताक म डायरी लेख्ने गर्थें । यसको सिको पनि रामसरबाटै सिकेको हुँ । विद्यालयको पुरानो लेटरप्याड काटेर मिति लेख्ने खानामा मिति भर्दै डायरी पुस्तिका बनाएको थिएँ । त्यो डायरी हरायो नत्र मिति किट्न सक्ने थिएँ । त्यसबेला लेखेका शब्दहरू उतार्न सक्दथें । तै पनि संझन्छु ः ३ पाना डायरी भरेर पनि मेरो दिमाग शान्त भएन, मन स्थिर भएन । रामसरको विरुद्ध संयुक्त राजीनामा पत्रमा हस्ताक्षर गरुँ कि, हेडसरको अवज्ञा गरुँ । त्यो बेलासम्म, त्यो उमेरसम्म, मानिस ननिदाइकन वा कुनै काम नगरी चूपचाप बस्न कसरी सक्छ भन्ने लाग्दथ्यो । मनमनै गुनेर के गरुँ, के नगरुको द्विविधामा उल्झेर म पहिलो पल्ट घण्टौं उद्विग्न भइरहें । बत्ती बले नबलेको याद भएन, भोजनमा के स्वाद लिएँ, पेट अघाए नअघाएको चाल पाइनँ । रामसरको निस्काशन र थमौतीको चर्चा दोलखा चरिकोट भरि पुगिसकेको थियो । संचालक समितिको सदस्य रहनु भएका मेरो ठूलो बुबा (ज्ञानबहादुर प्रधान) ले अवकास दिने निर्णयमा सही गरे ता पनि पुनबर्हालीको लागि सार्वजनिक सभाले निर्णय गरेकाले त्यसलाई स्वीकार्नु पर्ने ठान्नु हुन्थ्यो । दाइ शरण र काका रत्नप्रभात त नौ कक्षाका विद्यार्थी हुनाले यो अनपेक्षित स्थिति आइलागेकोमा दुखित हुनुहुन्थ्यो । यो सव कुरा थाहा पाएका मेरी महातारीले (सुवर्ण लक्ष्मी हाल स्व.) मेरो घरपटी देख्नुभयो, बुझ्नुभयो । केवल भन्नुभयोः जे उचित ठान्छौ गर । भोलिपल्ट दिउँसो विद्यालय गएँ । म अझै अन्यमनस्क्य थिएँ । श्याम जोशी (हाल सहप्राध्यापक त्रि.वि.डा.श्याम जोशी) संग भेट भयो । उहाँ रामसरको पक्षपाती हुनुहुन्थ्यो । तर मेरो उल्झन बुझे पछि चाहिं सल्लाह दिनुभयो ः तिमीले सही नगर्दैमा संयुक्त राजीनामा पत्र अधूरो हुने होइन । सही नगरे बरू तिमी एक्लिन्छौ । मेघराज मात्र हैन अरु सबै स्थानीय शिक्षकले सही गरिसकेका छन् । आप्mनो अन्तरात्मा विरुद्ध पनि साछी बक्न परिस्थितिले कसरी बाध्य बनाउँछ भन्ने पहिलो पाठ मैले लिएँ ।

संयुक्त राजीनामा पत्र देखाई विद्यार्थीहरूलाई पनि सोधपूछ गरियो ः कतातिर लाग्छौ भनेर ? विनोद र केही विद्यार्थीले खुलेर रामसरको समर्थन देखाए । अरु धेरै विद्यार्थीले दुबैसरहरू भैदिए बेस नत्र बहुमत ठीक भनी कुरा चपाए । रामसर विद्यालय आउनु थाल्नुभयो । छुट्टै हाजिर कापीमा सही गरेर पहिले झै पढाउन थाल्नुभयो । परन्तु विद्यालयको वातावरण स्वच्छ हुन सकेन । स्थानीय प्रशासनले रामसरको पुनर्बहालीमा दिलचस्पी लिएन । ३ हप्ता बित्यो ः एउटा उकुस मुकुसमै ।

चैत्र २१ गते रामसरले सुनाउनुभयो, जाँच दिन काठमाडौं जाँदा छोडिएका किताब र सामान लिएर फर्कन्छु । भोलिपल्ट बिहान सबेरै उहाँ सपरिवार हिड्नु भएछ । ५ दिन पछि विद्यालयमा रजिष्टर पत्र आयोः उहाँले लेख्नु भएको २ पाने राजीनामा पत्र । जतिसक्दो छिटो दोलखा छोडेर जान प्रशासनिक धम्की आएको कुरा “रामबहादुरको नमस्कार“ मा उल्लेखन छ । यसरी दोलखाबाट रामबहादुर श्रेष्ठसरको बिदाइ भयो । बिदाइ समारोह गर्न नपाइएको चुक– चुक रहिरह्यो सबैमा ।

२०२५ सालको जेठताका भीम पुस्तकालयको नाममा ूसंजीवनीू साहित्यिक कथा संकलन पत्रिका आयो । त्यसमा भनिएको थियो अस्वीकृत जमातको अस्वीकृत कथा अंक १ । त्यसका संपादक थिए ूकवितारामू । यस पत्रिकाको बारेमा गोरखापत्रमा निकै चर्चा परिचर्चा पढ्न पाइयो । ूरामबहादुरू नै कविताराम रहेछ, पहिलो पल्ट दोलखाले थाहा पायो । किन ूअस्वीकृतू ठानियो त्यतापट्टि दोलखाली गएनन् । परिबन्दले नचाहँदा नचाहँदै पनि उहाँलाई ूरामबहादुरू कै रूपमा दोलखाले अस्वीकार गरेको झोक त थिएन ?

भदौमा ूमन्त्रू मासिकका १। २। ३ अंकहरू प्नि हात परे, संपादकमा शैलेन्द्र साकार रहे पनि  हालिमुहाली कवितारामको भएकोले अस्वीकृत जमातको मुख पत्र भनिएको थियो । ूमन्त्रू पाइने भनी छापिएको ठेगानाहरूमध्ये मेरो नाम र भीमपुस्तकालय उल्लेख उहाँले नै गरेको हुनु पर्दथ्यो ।

बडादशैं, २०२६ को उपलक्ष्यमा भनेर जिल्लाकै पहिलो पत्रिका भीम पब्लिक हाई स्कूलले ूआँखाू सामयिक संकलन प्रकाशित ग–यो जसको प्रधान सम्पादकमा हेडसर र संपादक द्वयमा श्याम श्रेष्ठ तथा म थिएँ ।

मेरो प्रकाशित पहिलो कथा यहीं ूआँखामा समाहित ूचित्र बुद्धकोू हो । ूकवितारामू को रचना नपरे पनि प्रभाव थिया,े नभए पनि उहाँका शिष्यहरूका रचना थिए । २०२७ साल फागुनमा ब्रतवन्धको निहुँमा काठमाडौं आए पछि म यतै ८ महिना जति बसें । यस अवधिमा उहाँसंग भेट भयो । इन्द्रमणि राजभण्डारीले दोलखा फर्कन भने पनि मेघराजसंग झगडा गरी बसेर विद्यालयको वातावरण बिगार्न नचाहेको मेघराजले पनि अचानक विद्यालय छोडेर भागेको आदि चर्चा भए । सर्लाहीमा प्र.अ.भई गएर मेघराजसरले “पत्रिका“ निकाल्नु भएको कुरा मैले सुनाएँ । “सन्देश गृह“ मा त्यो पत्रिका मैले देखाएँ पनि । रामसरले प्रशंसा गर्नुभयो, “जे भए पनि मेघराज मभन्दा राम्रो लेख्थ्यो । खुराफाती र तास खेल्ने भएर बिग्¥या हो ।” विद्यालयले “आँखा“ को शुरुवात गरेकोमा पनि उहाँ खुशी हुनुहुन्थ्यो । यो खुशी रामसरको नभनौं कवितारामको थियो । यही ूआँखाू का अंकहरू पछिपछि निस्के पूर्णाङ्क २ देखि ५ सम्म प्रकाशक भी.प.हाईस्कूल र व्यवस्थापक कालिन्चोक युवा क्लव भएर । पूर्णाङ्क ६ देखि प्रकाशक कालिन्चोक युवा क्लव मात्र भयो ।

१२ वर्ष बन्द भएपछि २०४१ सालमा ७ औं पूर्णाङ्कको रूपमा ूआँखाू उघ्रेपछि १० औं अंक (२०४७ बैशाख) मा ूदोलखाले बिर्से पनि दोलखालाई संझनु होलाू भनी कवितारामको ूमेरा अस्वीकृत मान्यताहरू ू पुस्तकमा दोलखाको चर्चा नगरेकोमा दुखेसो पोखियो । जसको स्पष्टीकरण स्वरूप ूदोलखालाई रामबहादुरको नमस्कारू भनी उहाँले उत्तर दिनुभयो ूआँखाू १२ मा (२०५५ असोज) । यसमा आफनो राजनैतिक प्रतिबद्धता, तदनुकूल व्यवहारको कारणले तत्कालीन अनुदार प्रशासनकै कार्यवाही र धम्कीको कारण दोलखा छोड्नु परेको, त्यसबेलाका हेड माष्टर प्रशासनको सहायक गोटी बनेको दर्शाउनु भएको  छ । सुनेका थियौंः हेडसरसंगको क्षुब्धताले काठमाडौंमा उहाँले पाल्नु भएको कुकुरलाई ूमेघेू नाम दिनु भएको थियो रे । उहाँको “नमस्कार“ मा यस्तो विद्वेष व्यक्त गरिएको छैन । केवल ूकवितारामू नामको साहित्य साधकको रूपमा दोलखामा पटक्कै नबिताएको र नचिनाएकोले कवितारामको ूमेरा अस्वीकृत मान्यताू पुस्तकमा दोलखालाई उल्लेख नगरेको सफाइमात्र दिइएको छ । जेहोस्, त्यो प्रत्युत्तरलाई धेरैजसो दोलखालीले पढे, तीन दशक अगाडिका क्षण संझे पनि नयाँ पुस्ताकाले इतिहास ठाने ।

यसको लगत्तै ०५५ पुसको दोस्रो हप्तामा कविताराम दम्पत्ती दोलखा भ्रमणमा आउनुभयो । कुनै बेला बाह्रबिसे देखि ९ कोसको उकालो ओराली गर्नु पर्ने पैदल यात्राको साटो गाडी हाँकेर आउन पाएको सुगमता, चरिकोट र दोलखा दुर्गम गाउँको साटो एउटै नगरपालिकाको दर्जामा बढोत्तरी भएको स्थलको अनुभूति २०२५। २६ सालमा कल्पनातीत थियो । पुराना दुःख र सुखका झझल्का संझदै नवीकरणको साइनो लाउन पाउँदा उहाँहरू प्रसन्न चित्त हुनुहुन्थ्यो, जुन अनुभूति जिरी सम्मको यात्रामा मसंग पोख्नुभयो ।

अहिले उमेरले प्रौढतातर्फ घर्के पनि त्यस बेला यौवनोत्कर्षमा नवविवाहित भएर दोलखा आउँदा श्रीमती कविताराम अर्थात् म्याडम चन्द्रा नारीसुलभ रूपको आकर्षण र लामा कपालहरू फुक्का छोडेर हिड्ने गरेकाले (गाउँघरतिर सधवा स्त्रीले कपाल फुक्का छोडेर झाक्रो फिजाउन नहुने रुढीगत बिचार अझै छँदैछ) चर्चित हुनुहुन्थ्यो । इच्छा विपरीत काम भएको रिसको झोकमा अलि बेसी चर्को गाली गर्ने गरे पनि सामान्यतः उहाँको स्वभाव विद्यार्थी विशेषतः छात्राहरूसंग स्नेहपूर्ण घुलमिल भै हाल्ने थियो । त्यो बेला मेरो बैनी मेनुका, जो ५ वर्षकी बालिका थिई, लाई उहाँले मातृत्व उन्मुखपूर्व अवस्थाको पूर्वाभ्यास नै भनौ बात्सल्य खनाई प्रायशः आपूmसंगै राख्नु हुन्थ्यो । यी कुराको स्मृति गर्दै पनि उहाँ आफनो पुनरागमनमा रमाउनुभयो । आप्mनो छोरी रश्मी जन्मेको घर (राजभण्डारी निवास), दोलखा आगमनमा बसेको पहिलो डेरा (शिक्षक श्यामकृष्ण श्रेष्ठ निवास) हेरेर जति रमाउनुभयो उति नै विद्यालयको एल आकारको भवनको सट्टा अलग–अलग ब्लकको टहरो देखेर दुःखित हुनुभयो । काँचुली फेरे पनि केही रुखहरू रहेछन्, जसको पातहरू हल्लिएर “तिमीलाई चिन्दछौ” भन्छन् नै ।

हाम्रो परम्परागत संस्कृति र मिथकलाई विश्वास र अन्धविश्वासको दृष्टिले भन्दा पनि तथ्य कथ्य पत्ता लाउन नवीन दृष्टिले हेर्न थाल्नु भएका डाक्टर कवितारामले दोलखाको पसिना निकाल्ने भीमेश्वर, पूजारी बाहेक अरुका लागि प्रवेश निषिद्ध रहस्यमयी त्रिपुरासुन्दरी भगवती, भँगेराले पाइला चाल्न सकेपछि मात्र पाताल कैदबाट मुक्ति पाउने आसमा रहेकी कुमारी (जसको यात्रामा शिवभक्ति थरका मात्र भैरव कुमारी हुन्छन्), उल्टो मूर्ति भएको गणेश आदि देव देवी स्थानको स्थापना र प्रचलनलाई नयाँ रूपले हेर्न र अध्ययन गर्न रुचि लिनुभयो । खासगरी भीमेश्वर मन्दिर जीर्णोद्धार कार्य सबै श्रद्धालुहरूको जनसहभागितामा केदारमान सिंह, (अध्यक्ष, द्वाल्खा गुठी) कृष्णप्रसाद मास्के (सदस्य सचिव, भीमेश्वर जीर्णोद्धार समिति) जस्ता आफ्ना पूर्व परिचित समाजसेवी व्यक्तित्वहरूको सक्रियतामा पुरातत्व विभागको प्राविधिक तथा वित्तीय सहयोग समेत जुटाई सम्पन्न हुन लागिरहेकोमा प्रसन्नता व्यक्त गर्दै “एक शिला तीन अवतार“ का रूपमा पूज्य दोलखाको भीमसेनको पारम्परिक विशेषताको रहस्य खोतल्ने जमर्को गर्नुभयो । (साप्ताहिक, ०५६ साउन २८) ।

आपूmले जन्म दिएको भीम पुस्तकालय, जिल्लाकै पहिलो सार्वजनिक पुस्तकालयको रूपमा बजारको केन्द्रमा आप्mनो भवनमा भाडाको आयस्थाले बाँचिरहेको देख्न पाउँदा कम हर्षित हुनुभएन । (त्रिपुरा पुस्तकालयको लागि २०१० सालमा हस्तवहादुर श्रेष्ठद्वारा दानगरी दिएको जग्गा केही नपुग जग्गा हर्कबहादुर श्रेष्ठ प्र.अ., रा.प्रा.विबाट थप दान प्राप्त गरी रा.वि.से. विद्यार्थीको सक्रियतामा का.मु. क्लबको अनुदान र स्थानीय जनसहभागिताबाट निर्मित पुस्तकालय भवनको भूइतला पसल कवल भाडामा दिइएको छ) दुई महिना पछि २०५५ चैत्रको पहिलो हप्तामा नेपाल बाल साहित्य समाजले भीमेश्वर नगरपालिकाको आयोजना तथा द्वाल्खा गुठीको सहयोगमा वार्षिक अधिवेशन तथा बालसाहित्य भेला, चरिकोटमा राख्दा ने.रा.प्र. प्रतिष्ठानमा उपकुलपति मदनमणि दीक्षित, सदस्यहरू रमेश विकल, नगेन्द्रराज शर्मा लगायत थुप्रै साहित्यकर्मीहरूका संग साथ दिन कविताराम श्रेष्ठ फेरि दोलखा आउनुभयो । अधिवेशन र भेलाको औपचारिकता मात्र सफल भएन ः दोलखा बजारमा बाल मन्दिर भवनको प्राङ्गणमा द्वाल्खा गुठीले दिएको रात्रि जमघटमा मदनमणिज्यू समेतलाई नचाउने अनौपचारिक रमाइलोको पहल पनि कवितारामले गर्नुभयो । भीमेश्वर नगरपालिकाको मेयर चोकबहादुर र गुठीको सचिव म दुबै कवितारामको ूशिष्यू भएको गर्व आपूmलाई भएको कुरा उहाँले अभिव्यक्त पटकपटक गर्न बिर्सनु भएन । हामी पनि कम थिएनौं सवर्ग भन्न शिष्य थियौं, छौं तर कसको राम बहादुरसरको कि कवितारामको ?ःःःः ०० ःःःःःपुछारमाः कवितारामको व्यक्तित्व र कृतित्वको समग्र वा भिन्न भिन्नको दृष्टीय विवेचना गर्नु प्रस्तुत आलेखको उद्धेश्य होइन । परन्तु, आजका प्रबुद्ध व्यक्ति बन्नु धेरै अगाडि गधापच्चीसे ननाघेको उमेरमा, नवविवाहित जोडि एउटा दुर्गम ठाउँमा, पारिश्रमिकको निश्चित हाल नपर्ने सेवामुखी विद्यालयमा (आजको बोर्डिङ्ग होइन) १ १÷२ वर्ष बिताउँदा जाँदा पनि आगत भविष्यलाई उथलपुथल पार्ने कर्म गरेको सानो झलक हो, जसको उतार उदाएको राजनैतिक मान्यजन प्रति सहमति–विमति नजनाउने तर किंचित् आदर्श शिष्यले गरेको छ ।
 



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   1   times