“अनौठो यात्रा” बालउपन्यासको सङ्क्षिप्त अध्ययन – गोपालप्रसाद खतिवडा

“अनौठो यात्रा” बालउपन्यासको सङ्क्षिप्त अध्ययन – गोपालप्रसाद खतिवडा
(कवितारामको जीवन, व्यक्तित्व र कृतित्व नामक स्नाकोत्तर तहको शोधपत्रबाट साभार)


पृष्ठभूमि

    कवितारामले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था अन्तर्गत सामुदायिक स्वास्थ्य सेवासँग सम्बद्ध संस्थामा रही विविध अनुभव हासिल गरेका छन् । तिनै सामुदायिक संस्था सम्बन्धी अनुसन्धान तथा अनुभवलाई विषय बनाई बालबालिकाहरूलाई समयमै स्वास्थ्य सम्बन्धी सचेतता दिने उद्देश्यले रोचक बाल उपन्यासहरू लेखेर प्रकाशित गरेका छन् । यस्ता बालउपन्यासमा ‘अनौठो यात्रा’ पनि एक हो । प्रस्तुत उपन्यास सर्वप्रथम अन्तरकृया प्रकाशनले नवयुवा मासिक पत्रिकाको २०५३ सालका भिन्नभिन्न अङ्कहरूमा धारावाहिक रूपमा प्रकाशित भएको थियो भने २०५८ मा साझा प्रकाशनले पुस्तकाकार रूपमा प्रकाशित गरेको छ । यस उपन्यासले ०५८ को साझा वालसाहित्य पुरस्कार समेत पाउन सफल भएको छ ।

“अनौठो यात्रा” बालउपन्यासको कथावस्तु

    बालसाहित्य होस् वा प्रौढसाहित्य होस्, कथावस्तु उपन्यासको आधारवस्तु हो । जसको निर्माण सामान्य वा जटिल घटनाको संयोजनबाट हुन्छ । यसलाई कार्यकारणहरूको सूत्रबद्ध स्वरूप अथवा घटनाहरूको सङ्घठन भन्न सकिन्छ । जसको आधारमा उपन्यासको आवृmति खडा हुन्छ (वृmष्णचन्द्रसिंह प्रधान, नेपाली उपन्यास र उपन्यासकार, (ललितपुर, साझा प्रकाशन, तेस्रो संस्करण–०५२ पृष्ठ ७) ।

प्रस्तुत उपन्यास ‘अनौठो यात्रा’को विषयवस्तु पनि वास्तवमै अनौठो छ । त्यसैले लेखकले शीर्षक नै ‘अनौठो यात्रा’ राखेका हुनसक्छन् । यसमा लेखकले शरीरविज्ञान, औषधिविज्ञान र समाजविज्ञानलाई विषयवस्तु बनाएका छन् । प्रायः उनका बालवृmतिका पात्रहरू स्वप्नमा विचरण गरेर ज्ञान प्राप्त गर्दछन् । त्यही बालपात्रको स्वप्नलाई प्रयोग गरी लेखक आफ्नो भनाइ राख्छन् । यस वृmतिमा पनि यस्तै गरिएको छ ।

सुजीको चकचवmे भाइ सन्दीपले चकचक गरेर खुट्टो हल्लाउँदै गर्दा ठोकिएर तासीमा राखिएको एउटा टिनको बट्टा खसेर खुट्टामा चोट लाग्छ । सुजीले औषधि लगाइदिन्छिन् । दिदीभाइ औषधि शरीरमा पसेर काम गर्ने प्रवृmयाका सम्बन्धमा रोचक छलफल गर्छन् र खाना खाएर ढल्किएपछि सुजी त्यही अघि छलफल गरिएको औषधिको चामत्कारिक प्रयोग र शरीर संरचनाको बारेमा वmुरा खेलाउँदा खेलाउँदै तन्द्रा अवस्थामा आपूm साँच्चै नै एन्टिबायोटिक औषधि भएर भाइको शरीरमा प्रवेश गरेको सपना देख्छिन् र यही स्वप्नमा उनको साहसिक तथा अनौठो यात्रा शुरु हुन्छ । उनी मुखबाट पेट हुँदै डियोडिनम् भन्ने अर्को खण्डमा पुग्छिन् । त्यहाँबाट वmुनै अदृश्य शक्तिले सोसेर उनलाई रगतको खोला (रक्तनसा) मा पु¥याइदिन्छ जहाँ खानाबाट आएका अन्य तत्वहरू धमाधम प्लाज्मामा रूपान्तरित भइरहेका हुन्छन् । सुजीसँग सेता र राता रक्तकोषिकाहरूसँग, म्याक्रोफेज, टि रक्तकोषिका र बि रक्तकोषिकासँग अनि भिटामिन सि, भिटामिन ए र ग्लुकोजतत्वसँग पनि परिचय आदानप्रदान हुन्छ । कतिपय कोषिकाहरू त औषधि (सुजी) को प्रभावले लखतरान पनि हुन्छन् । सबै कोषिकाहरू आआफ्ना कार्य सक्रियतापूर्वक सम्पन्न गरिरहेका देखिन्छन् । अचानक रक्तकोषिकाहरू दौडादौड गर्न थाल्छन् । टि हेल्परले सिटी फुवmेर अन्य कोषिकाहरूलाई सूचित गरेको देखिन्छ । भएको वmे रहेछ भने भाइको खुट्टामा लागेको घाउबाट अत्यन्त शक्तिशाली भाइरसहरू शरीरभित्र पसेका रहेछन् र तिनै भाइरसहरूलाई निष्क्रिय तुल्याउन रक्तकोषिकाहरू सक्रिए भएका रहेछन् । सुजी पनि रगतसँगै बग्दै त्यतैतिर लाग्छिन् । रक्तकोषिका र भाइरसको बीचमा घमासान युद्ध हुन्छ तर यी भाइरसहरूलाई रक्तकोषिकाले जित्न सक्दैनन् । यत्तिवैmमा एउटा भाइरस टि हेल्परको शरीरभित्र प्रवेश गर्छ । अचानक त्यो भाइरस अरू वmुनै नभएर एच.आई.भी. भएको वmुरा सुजीले थाहा पाउँछिन् । टि हेल्पर भित्र भाइरसको सङ्खया असङ्खयमा वृद्धि भएपछि टि हेल्पर फुटेर असङ्खय भाइरसहरू पैmलन्छन् । क्रमशः रक्तकोषिकाहरूमाथि भाइरसको आक्रमण बढ्दै जान्छ र उनीहरू आपूm विजयी भएको घोषणा गर्दछन् । भाइरसले, “भाइले स्यामेले इन्जेक्सन लगाएको पुरानो सुईले घाउ कोट््याएको र आपूm त्यही सुई हुँदै घाउको माध्यमबाट भाइको शरीरमा प्रवेश गर्न सफल भएको” वmुरा अट्टहास गर्दै सुजीलाई बताउँछ । अचानक सेता रक्तकोषिकाहरूले घाउको रगत थुन्न बाँधेको बाँध फुट्दा रगत बाहिर निस्कन्छ र त्यही रगतसँग सुजी पनि बाहिर निस्किन पुग्छिन् । बाहिर निस्वmेर हेर्दा त अहिले पनि भाइ त्यही स्यामले प्रयोग गरेको इन्जेक्सनले घाउ कोट््याइरहेको रहेछ । भाइको आफ्नै गल्तीले उसलाई एच.आई.भी. भाइरसले आक्रमण गरेको वmुरा बुझेर उनलाई सा¥है दुःख लाग्छ र उनी रुन थाल्छिन् । यत्तिवैmमा उनको निद्रा खुल्छ । बिउँझँदा पनि उनी त साँच्चिवैm पो रोइरहेकी रहिछन् । त्यो त एउटा स्वप्न मात्र रहेछ । उनको भाइ पूर्णतः स्वस्थ थियो र उसको घाउमा सुरक्षित पट्टीसमेत बाँधिएको थियो । उनी फेरि खुशी भइन् । यसरी यस उपन्यासको कथावस्तु गुम्फित  भएको छ ।

पात्र (चरित्र)

    कथावस्तु पात्र र चरित्रसँग सम्बन्धित हुन्छ । चरित्रलाई कतै पात्र र कतै क्रियाकलाप र कार्यव्यापार आदिका नामबाट पनि चिनाउने प्रयास गरिन्छ । मानवजीवनको व्यापक भाष्य उतार्ने तत्व नै चरित्र हो । व्यक्तिका अन्तर र बाह्य दुवै संरचना चरित्रवैm माध्यमबाट प्रकट हुने तत्व हुन् (राजेन्द्र सुवेदी, नेपाली उपन्यास परम्परा र प्रवृत्ति, (वाराणसी, भूमिका प्रकाशन, २०५३) पृष्ठ १७) । यस उपन्यासका पात्रहरू सुजी (औषधि) भाइ सन्दीप, बहिनी पिङ्की, आमा र अन्य पात्रहरूमा प्लाज्मा सेता रक्तकोषिका, राता रक्तकोषिका, म्याक्रोफेज, टि हेल्पर, टि रक्तकोषिका, बि रक्तकोषिका, भिटामिन सि, भिटामिन ए र ग्लुकोज तत्व हुन् । यी पात्रहरूलाई मुख्य पात्र र गौण पात्रका आधारमा हेर्न सकिन्छ ।
    (१) मुख्यपात्र – सुजी (औषधि)
    (२) गौणपात्र – अन्य सम्पूर्ण ।

    मुख्यपात्र सुजी (औषधि) को वरिपरिको परिवेशमा सम्पूर्ण कथावस्तु घुम्दछ । यहाँ पात्रहरूको माध्यमबाट विशेषतः रक्त सञ्चालन प्रवृmया, औषधिले रक्तप्रणालीमा प्रवेश गरेर काम गर्ने प्रवृmया, भाइरसहरूले शरीरमा पु¥याउने दुष्प्रभाव प्रष्ट्््याउनु मुख्य उद्देश्य रहेको देखिन्छ । यदाकदा सुजीका भनाइहरूले शारीरिक प्रणाली जस्तो सबल, स्वस्थ र सक्रिय प्रक्रियामा मानव समाज किन चलिरहेको छैन ? भन्ने जस्ता जिज्ञासाहरू पनि भेटिन्छन् । तर यो धारणा पात्रगत अभिनयात्मक चरित्रमा आधारित नभई केवल सम्वादमा मात्र सीमित छ । यस उपन्यासका पात्रहरूलाई अन्य सन्दर्भबाट पनि विश्लेषण गर्न सकिन्छ ।
    (१) सत्पात्र,   
    (२) असत्पात्र

    सत्पात्रमा सुजी (औषधि) भाइ, बहिनी, आमा, विभिन्न माथि उल्लेख गरिएका सम्पूर्ण रक्तकोषिकाहरू, भिटामिन तत्वहरू र ग्लुकोज तत्व पर्दछन् । यिनीहरूले समाजका सत्पात्रले समाजिक व्यक्तिको स्वास्थ्यको हित निम्ति आफ्नो चारित्रिक वैशिष्ट््य प्रष्ट््याएका छन् । शरीररूपी समाजलाई सुव्यवस्थित बनाइराख्नमा सक्दो योगदान दिएका छन् । त्यसैगरी खलपात्रमा शरीरमा आक्रमण गरी मृत्युको मुखसम्म पु¥याउने एच.आई.भी. भाइरस रहेका छन् । यिनीहरूले समाजका दुर्जन पात्रहरूको प्रतिनिधित्व गरेका छन् । जसरी दुर्जनहरूले समाजलाई दूषित बनाइरहेका हुन्छन्, त्यसरी नै यी एच.आई.भी. भाइरसहरूले पनि शरीरमा प्रवेश गरेर अस्वस्थ बनाइरहेछन् । यसरी पात्रगत चरित्रले भाइरसको जस्तो होइन, सुजी (औषधि) र विभिन्न रक्तकोषिकाहरूको जस्तो समाजरूपी शरीरलाई भलो हुने काम गर्नुपर्छ भन्ने शिक्षा बालबालिकाहरूलाई दिन्छ ।

सिल्प

    प्रस्तुत ‘अनौठो यात्रा’ बालउपन्यास नवयुवा मासिक बालपत्रिका (२०५३) मा धाराबाहिक रूपमा जम्मा छ अङ्कमा प्रकाशित भई पछि २०५८मा साझा प्रकाशनबाट प्रकाशित एको छ । कवितारामले जुन उमेर तहका बालकहरूलाई ध्यानमा राखेर वृmति लेखिएको हो, त्यही उमेर समूहका पात्रहरू प्रयोग गर्ने गर्दछन् । यस वृmतिमा मुख्य पात्रका रूपमा कक्षा ९ मा पढ्ने छात्रालाई प्रयोग गरिएकोले माध्यमिक तहका बालबालिकाहरूका लागि यो वृmति बढी सान्दर्भिक छ । ‘कमिलाको कथा’ को तुलनामा यो निवैm लामो क्लिष्ट र विषयवस्तु पनि जटिल छ । कविताराम स्वभावले नै झर्रो भाषाशैलीका प्रयोक्ता हुन् । यस वृmतिमा पनि झर्रो शैलीको प्रभाव पारेको देखिन्छ । यदाकदा उखान टुक्काको पनि प्रयोग भएको पाइन्छ । संवादात्मक शैली आद्योपान्त पाइन्छ भने पूरकका रूपमा लेखक बोल्ने गर्दछन् । साथै शरीर विज्ञानका प्रशस्त अङ्ग्रेजी पारिभाषिक शब्दहरूलाई नेपालीकरण गर्ने प्रयास गरेका छन् भने टि हेल्पर, म्याक्रोफेज, ग्लुकोज, भिटामिन, भाइरस, फ्याक्ट्री, एन्टिबायोटिक जस्ता वmेही शब्दहरू यथारूप छन् । उपन्यास वस्तुवादी र जीवशास्त्रीय तथ्यमा आधारित हुनुले लेखक विज्ञान साहित्यकार हुनुको यथार्थ प्रमाणित हुन्छ । विषयवस्तु जटिल भए तापनि उपन्यासकारको सिल्पशैलीले प्रस्तुत वृmतिलाई अत्यन्त कौतुहलयुक्त र बालकहरूले पढ्न रुचाउने ढाँचामा प्रस्तुत गरिनुले उनको सिल्प सहज छ भन्न सकिन्छ ।

भाव

    वृmतिको अन्तरनिहित लक्ष्य वा उद्देश्य भाव हो । भावरहितको रचना निरुद्देश्य हुन जान्छ । प्रस्तुत रचनामा लेखकले बहुविषयलाई भावपक्षमा उतार्ने प्रयास गरेका छन् र ती पक्षलाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ ।
    (क) शरीर पक्ष
    (ख) औषधि पक्ष

    (ग) समाज पक्ष
    (घ) रोग पक्ष

शरीर पक्ष

    लेखकले शरीर विज्ञानका तथ्यमा आधारित भई शरीर संरचना अन्तर्गतका शरीरका अवयव, रक्तकोषिका, रक्तनली, खाद्यनली आदि र तिनीहरूको कार्य आदिलाई विस्तृत विवरणमा प्रस्तुत गरी बालमस्तिष्कमा बुझाउने प्रयास गरेका छन् । यसरी शरीर विज्ञानका बारेमा जानकारी भएपछि बालकहरूमा स्वास्थ्य सम्बन्धी चेतना आउने धारणा लेखकमा रहेको देखिन्छ ।

औषधि पक्ष

    औषधि प्रयोग र त्यसको सकारात्मक र नकारात्मक प्रभावले शरीरमा पु¥याउने असरको ज्ञान दिनु पनि यहाँ लेखकको अभीष्ट छ । सानो तिनो समस्यामा औषधि प्रयोग गरिहाल्नु हुन्न । यसो गरिएमा हाम्रा शरीरका रक्तकणहरूमा नकारात्मक असर पर्छ । असाध्य रोग लागेको अवस्थामा र शरीरको प्रणाली एक्लैले रोगका भाइरसलाई पराजित गर्न असमर्थ भएको स्थितिमा मात्र औषधि प्रयोग गर्नुपर्छ र साथै औषधिको सही प्रयोग गर्नुपर्छ भन्ने आशय समेत लेखकको पाइन्छ ।

समाज पक्ष

    कविताराम समतामूलक समाजका पक्षपाती हुन् । उनको यो पक्ष ‘कमिलाको कथा’ का साथै यस अनौठो यात्रामा पनि प्रगाढ रूपमा प्रष्फुटित छ । उनले यहाँ सुजी (मुख्यपात्र) को माध्यमबाट यो वmुरा राखेका छन् । शरीर विज्ञान (संरचना) को नियमितता, प्रत्येक अङ्गप्रत्यङ्ग, कोषकोषिकाहरूको कार्यशीलतादेखि प्रभावित भई सुजीले सुव्यवस्थित र समतामूलक समाजको चाहना गरेका वmेही उदाहरणहरू हुन् . . . “यो त ठ््याक्कै हामी मान्छेले चाहने गरेको एउटा पूर्ण व्यवस्थित सुसङ्घठित आदर्श समाज जस्तो पो रहेछ ।” . . कोषिकामा व्यक्तिगत उँचनीचको दर्जा दिने चलन पनि छैन ।” . .. “कति स्वभाविक ढङ्गमा व्यवस्थित छ शरीर । यस्तै समाजको त हाम्रो कल्पना छ नि . . ।”

    लेखकले प्रस्तुत उपन्यासका एड्स भाइरसहरूलाई साम्राज्यवादको प्रतीकको रूपमा लिएको वmुरा व्यक्त गरेका छन् । साम्राज्यवादीहरू पनि वmुनै राष्ट्रमा पसेर सर्वप्रथम त्यस देशको सूचना प्रणालीमा कब्जा जमाई त्यसलाई तहसनहस पार्छन् । यस वृmतिमा पनि त्यही आशय व्यक्त गरिएकोले उपर्युक्त वmुराको पुष्टि हुन्छ । जस्तैः. . “बाहिरी तत्वहरू सहयोग र शक्तिको मिशनका नाममा प्राविधिक, विशेषज्ञ, सल्लाहकार, स्वयंसेवक वा सहयोगी सेना लिएर एउटा समाजमा पस्दछन् र पछि उनीहरू नै स्थानीय संस्वृmति, समाज, अर्थ र प्रतिरक्षा व्यवस्थामा हावी भएर आफ्नो अप्रत्यक्ष नवउपनिवेश बनाउँदै लग्छन् .. ।” यस्तै आशयको पुष्टि एच.आई.भी. भाइरसको कथनले पनि हुन्छ– . . . “यस्तै लडाइँ हामीले छिनछिनमा दुईतीन महिनासम्म शरीरभित्र लड्नु पर्नेछ । त्यसपछि मात्र सहीमानेमा हामीले यस शरीरमा हाम्रो साम्राज्य खडा गरेका हुनेछौँ । यसरी लेखकले समाजका विविध पक्षहरूलाई समेत इङ्गित गरेको तथ्य उपर्युक्त उद्धृतांशहरूबाट स्पष्ट हुन्छ ।

रोग पक्ष

    लेखकले मुख्यतः एड्स रोगसँग सचेत रहन बालबालिकालाई प्रेरित गरेका छन् । सुजीको भाइ सन्दीपले आपूmलाई घाउ लागेको ठाउँमा फ्याकिएको सूईले कोट््याउँदा एच.आई.भी. भाइरसले उसको शरीरमा प्रवेश गर्दछन् । किनभने त्यो सुई त्यसै गलत काममा प्रयोग गरेर फ्याकिएको थियो र प्रयोग गर्ने व्यक्ति रामे एच.आई.भी. भाइरसले आक्रान्त थियो । यसरी अनावश्यक रूपमा गलत तरिकाले घाउ कोट््याउँदा पनि असाध्य रोग लाग्न सक्छ । एच.आई.भी. भाइरस यौनसंसर्गका कारण प्रौढ व्यक्तिमा मात्र सर्ने होइन, विभिन्न असावधानीले बालबालिकामा समेत यसले आक्रमण गर्न  सक्छ । यो प्राणघातक र निको नहुने रोग हो । तसर्थ यसदेखि सावधान रहनु पर्छ भन्ने शिक्षा बालबालिकालाई दिने उद्देश्य समेत राखिएको छ ।

    कवितारामको ‘अनौठो यात्रा’ को भावपक्ष एकपक्षीय नभई बहुपक्षीय देखिन्छ । समग्रमा यस अनौठो यात्रा उपन्यासले राजनैतिक, आर्थिक, साँस्कृतिक सामाजिक लगायत विविध विषयलाई सरल र सहज शैलीमा वालमनोवैज्ञानिक प्रभाव उत्पन्न गराउँदै सचेतना र जागरुकता छर्ने काम गरेको छ ।
–––



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   1   times