SElECT * FROM groups WHERE parentId = '0' AND type = 'Header Links' ORDER BY weight
    Access denied for user 'aswikrit_aswikri'@'localhost' (using password: YES)

अस्वीकृत सांस्कृतिक बिचार मंथन/ Aswikrit Cultural Analysis

स्वस्थानी कथाको सन्देश के हो ? 
पुराण र जनजीव्रोमा विजयपुर

-Dr. Kavitaram Shrestha (cartsklrs@hotmail.com)

विषय प्रवेश

पूर्वी क्षेत्रको प्रख्यात शहर धरानको विजयपुर आफ्नो पौराणिक र ऐतिहासिक गाथाले गर्दा निकैनै महत्वपूर्ण स्थान राख्दछ । पौराणिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण यो स्थान लोककथामा पनि उत्तिकै प्रख्यात छ । यहाँ भएका मध्यकालीन भग्नावशेष मन्दिर र स्थानहरुकाबारेमा प्राप्त लोककथाहरुले विजयपुरका ऐतिहासिक प्रघटनाकाबारेमा स्पष्ट साक्षी दिइरहेका छन् । विशेषज्ञहरु पौराणिक तथा ऐतिहासिक विश्लेषण त गर्छन् तर लोककथाहरुलाई कथाकै रुपमा छाप्नु बाहेक ऐतिहासिक सामाग्रीको रुपमा भने त्यति ध्यान दिइएको पाइएको छैन । त्यही कमीलाई ध्यानमा राख्दै म यहाँ प्राप्त लोककथाहरुको विश्लेषण पौराणिक तथा ऐतिहासिक परिपेक्षमा गर्दैछु ।

हालका यस विजयपुरका जम्मा चारवटा नामहरु रहेका कुरा पुराण र लोकोक्तिहरुबाट स्पष्ट हुन्छ । ती नामहरु रुद्राक्षारण्य वेदीपुर, विजयपुर र शीतशैल हुन् । रुद्राक्षारण्यमहात्म्यले विजयपुर क्षत्रलाई धेरै रुद्राक्ष पाइने वन भएको हुँदा "रुद्राक्षारण्यनाम" दिएर यसको धार्मिक महात्म्यको बढाई गरेको छ । त्यस्तै एउटा लोकआहानले मकवानपुरे सेनवंशी विजयसेन राजाद्वारा शासित भएको हुँदा यसलाई विजयपुर भनिएको हो भन्ने गरेको पाइन्छ । यसलाई शीतशैल चािहं शीतल हावा बहने ठाउँको रुपमा रुद्राक्षारण्यमहात्म्यमा वर्णन गरिएको पाइएको छ । यसलाई लोकआहानहरुले कतैपनि उल्लेख गरेको पाइएको छैन । अनि वेदीपुर किन भनियो भन्ने सम्बन्धमा यसको कथा महाभारतसंग जोडिएको प्राप्त लोककथाले जनाउँछ । तर यस कथाको उल्लेख महाभारतमा नै नपाइएको हुँदा यो कथाको आमुख कहाँ र कुन हो भन्ने कुरा यसतिर छानवीनमा लागेका विद्वानहरुले आजसम्म किटेर लेखेको पाइएको छैन । पुराण र लोकोक्तिहरुका आधारमा विजयपुरको इतिहासको विश्लेषण निम्नानुसार गर्ने मेरो प्रयाश छ ।

पुराणमा विजयपुर ः

रुद्राक्षारण्यको उल्लेख वैदिक कालदेखि नै हुँदै आएका प्रमाणहरु यथेष्ठ छन् । ऋषितर्पनी पूर्णिमामा गरिने स्नानको सन्दर्भमा जम्मा चौधवटा मुख्य वनहरुको उल्लेख भएको पाइन्छ यीनै चौधमध्ये रुद्राक्षारण्य एक छन् । यस बाहेक स्कन्दपुराणको हिमवतखण्ड अन्तर्गत "रुद्राक्षारण्यमहात्म्य"  भन्ने एउटा िसंगै अध्याय यसैकोबारेमा छ ।१

प्रश्न उठ्छ- के रुद्राक्षारण्य यसै ठाउँमा थियो त कुनै पनि वेद तन्त्र उपनिषद वा पुराणहरुले यसको ठीक ठीक स्थान बताएको पाइएको छैन । रुद्राक्षारण्य विजयपुरमा नै थियो भन्ने कुरा सर्वप्रथम योगी नरहरीनाथले प्रकाशनमा ल्याउनु भयो । उहाँले धनकुटा कुरुलेगाउँ बस्ने तारिणी प्रसाद बरालको घरमा रुद्राक्षारण्य माहात्म्य लगायत केही अन्य प्राचीन ग्रन्थहरु प्राप्त गर्नुभएको थियो र तिनै ग्रन्थहरुमा उल्लेख भएको आधारमा उक्त कुराको पुष्टी गर्नु भएको हो ।२

त्यस ग्रन्थले कथा हाल्द छ कि महाशिव त्रिपुरासुरलाई मारी थकान मेटन कोशीदेखि दश योजन क्षेत्रमा फैलिएको क्षत्रमा आराम गर्न आए । त्याहाँ आराम गरेको क्षणमा महाशिव हर्षले रोमािाचत भए र उनका हर्षाश्रु टप्कन गयो । ती हर्षाश्रु भूईंमा खस्नेवित्तिकै रुद्राक्षमा परिणत भए । यीनै चार रुद्राक्षहरुबाट वीजाङ्कुरण भई रुद्राक्षका रुखहरु र कालान्तरमा रुद्राक्षका वननै वन्न गयो ।

रुद्राक्षारण्य माहात्म्य अध्याय १० मा यो पनि भनिएको छ कि महाशिवको पवीत्र चरणको स्पर्श पाउने यो स्थान तुरुन्तै सुनको बन्यो । यहाँ शीतल हावा बहने हुँदा यसले महाशिवको थकान मेटाएको थियो । यसै सन्दर्भमा यस माहात्म्यले विजयपुर पर्वतलाई शीतशैल भनी उपमा दिएको पाइन्छ । अर्को उल्लेख अनुसार विजयी महारुद्रको बास भएको कारणले यसलाई विजयपुर भनिएको हो भन्ने पनि पाइन्छ ।

रुद्राक्षारण्यमहात्म्यमा अमृतको खातिर देव र दानवहरुद्वारा गरिएको समुद्रमन्थनको प्रशंग पनि आउँछ । अमृतभन्दा पहिले हलाहल विष निस्कदा जगत कल्याणकारी महाशिवले जगतको कल्याणार्थ त्यस विष खाए र विषको प्रभावलाई शान्त गर्न याहाँ नै लमतन्न सुतेर आराम गरेका थिए । यसै प्रशंगमा याहाँका प्रख्यात धाम पिण्डेश्वरको उत्पतिकथा पनि जोडिएको छ । भनिएको छ कि समुन्द्रमन्थनको सफलतापश्चात समुन्द्रमा थेगि्रएका जडिबुटीहरुको अवशेषहरुलाई देवताहरुले पिण्डाकार दिई शिविलंग बनाएर पुजे र त्यही िलंग अद्यापि याहाँ पूजित छ ।

विजयपुरलाई शिवजीका कथासंग याहाँ स्थित दंतकाली मन्दिरको कथाले पनि जोड्दछ । स्कन्दपुराणले भन्दछ कि महादेवले मृत सतीदेवीको लाशलाई बोकेर भौंतारिएर िहंड्दै जाँदा मृत सतीदेवीको लाश सडी ठाउँ ठाउँमा अंगहरु पतन भए र दाँत चाहिँ विजयपुरमा खस्न गई शक्ति स्वरुपले रहन लागे । हीमवत खण्डले पनि यही कथा दोहोर् याउँदछ ।

यी त भए पुराणमा वर्णित प्रशंग । यीनै प्रशंगहरुलाई लोकआहानहरुमा आयात गरी थरीथरीका कथाहरु भनिने गरेका पनि पाइएका छन् । एउटा आहानले भन्छ कि शिवजी यहाँ एक युगसंग तनक्क तन्केर निदाएका थिए र उन्का शरीरले छोएजत्ति भाग सुनको भएको थियो । यसै सिलसिलामा अर्को कथा यसको उत्तरतिर पर्ने छाँगोकोबारेमा छ । भनिन्छ शिवजी यहाँ सुतेको वेलामा उनका जटा उत्तरतिर पहरामा अडिएका थिए । त्यसबखत जटाबाट प्रवाहित हुने गंगा यसै पहराबाट झर्ना भई झरेको थियो र आज त्यसलाई सेवतीखोला भनिन्छ । तीर्थको रुपमा रहेको यस खोलालाई शिवगंगाको नाम पनि दिइएको छ२ । यस क्षेत्रलाई हाल पनि शिवजटा भनिन्छ । यहाँ टाढा टाढादेखि तीर्थयात्रीहरु गंगास्नान गर्न आउँछन् ।

एउटा प्रचलित लोकोक्तिको भनाइ छ कि पाण्डवहरुले राजसुय यज्ञको खर्चको लागि यही स्थानबाट सुन लगेका थिए । पछि स्वर्गारोहण गर्नभन्दा अघि आफूसंग भएका समस्त धन यसै स्थानमा गाडेर गएका थिए ।
अर्को प्रचलित लोकोक्तिको भनाई छ कि पाण्डवहरुले पिण्डेश्वरको यसै पवीत्र स्थानमा आएर नै महाभारतमा उल्लेखित प्रख्यात राजसुययज्ञ गरेका थिए । यज्ञको आगोले सुन पग्लने र सुनधातु माथि पाइला राख्न नहुने हुँदा भीमसेनले सभाउत्तर खाँदवारीबाट माटो ल्याई यस पर्वतलाई माथिबाट पुरेका थिए । त्यसै वेलादेखि विजयपुरको आजको यो रुप हुन आएको हो ।

त्यस्तै अर्को लोकोक्तिले यहाँका रातो माटो र ढुंगाकोबारेमा भन्छ - वेदीकै आगोको कारण यहाँका माटो र ढुंगा पाकेर रातो भएका हुन् ।

यसमा फेरि अर्को भनाइ पनि छ - पाण्डवहरु गुप्तबासमा रहँदा उनीहरुले यस सुवर्णमय पर्वतको पत्तो पाएका थिए । यस पवीत्र भूमीमा उनीहरुले यज्ञ गर्न चाहे । तर सुन जस्तो पवीत्र धातुमा टेक्न नहुने हुनाले भिमसेनले संखुवासभाबाट माटो ल्याई यसलाई पुरिदिए । त्यसपछि त्यही ठाउँमा वेदी वनाएर यज्ञ गरे । यज्ञ गरिसकेपछि उनिहरुले त्यस वेदीलाई पुरी दिए र माथिबाट शिविलंग स्थापाना गरे । त्यसै अवस्थादेखि यस क्षेत्रलाई वेदीपुर भनिन लाग्यो । उनीहरुले स्थापना गरेका शिविलंगलाई पाण्डवेश्वर भनियो र कालान्तरमा अपभ्रंश भई पिण्डेश्वर हुन गयो ।

अर्को लोकआहानले थपेको छ कि यज्ञ गर्दा टाँगिएको त्यही चंदुवाको कारणले नै हालसम्म विजयपुरमा शीत पर्दैन ।

जे होस् यी दुवै कथाले रुद्राक्षारण्यको जमीन सुनको भएको र सो जमीन पुर्नको लागि यसको पश्चिमोत्तरमा पर्ने संखुवासभाबाट माटो ल्याएको कुरा पुष्टी गर्न खोज्दछ । महाभारतले साक्ष नदिएको यो कथा यसै स्थानको उपज हो भन्नमा अत्युक्ति नहोला । महाभारतसंग सम्बन्धित यस क्षेत्रलाई यसको माहात्म्य गाइंदा केही बढ्ता महीमागान हुनु कुनै अस्वाभाविक कुरो हुँदैन । सभाउत्तर र विजयपुरको मिल्दोजुल्दो माटोलाई लिएर यस क्षत्रका जनजीब्रोले एउटा छुट्टै कथाको जन्म यसरी दिएको हुन सक्छ ।

त्यो युग धर्ममा आस्था राख्ने युग थियो । प्रत्येक विचित्र कुराहरुको टुंगो आफ्ना सधारण मस्तिष्कले लगाउन नसक्दा कारणको रुपमा अलौकिक शक्तिहरुलाई मान्ने विश्वासमा बाँचेको युग थियो त्यो । यस्तो अवस्थामा विजयपुरको त्यो माटो जो छेउँछाउँका ठाउँहरुबाट नितान्त भिन्न छ र त्यही स्वरुपको माटो संखुवासभामा देख्छन् भने अनि त्यो पहाडको स्वरुप पनि केही चिज पुरेको जस्तो गरी अलग्गै ढीस्कोको रुपमा चुसुक्क उठेको छ भने त्यस वेलाका धर्मभीरु आध्यात्मिक जनमानसमा त्यस्तो अर्थ लाग्न जानु अस्वाभाविक हुँदैन । भौगोलिक वैचित्र्यले उनीहरुलाई यस्तै सोच्न लगाइ रहेका थिए । तपाई स्वयं विजयपुमै गएर हेर्नुभयो भने तपाईले साँच्चै नै पाउनु हुनेछ कि त्यहाँ पाइने माटो यसको वरिपरि अरुतिर कतै पाइंदैन र विजयपुरको आकार पनि एउटा वेदी पुरेको ढीस्कोको रुपमा उठेको छ । यो सानो पर्वत चारैतिरबाट उठेको छ र यसको लमाई झण्डै एक कोशको छ । चौडाई नाम मात्रको छ ।

माथि परेका पौराणिक महात्म्य आजका विजयपुरका नै हुन् भन्ने विशेष आधार रुद्राक्षारण्यमहात्म्य तथा यता पाइने किमवदन्तिहरु छन् । वेद उपनिषेद तथा अन्य पुराणहरुले वर्णन गरेका शिव कथा तथा समुन्द्रमन्थन आदिका प्रशंगसंग यसै स्थानसंग तादात्म्य गरी लोकआहानहरु प्रचलित भएको स्पष्ट हुन्छ । पाण्डवका हरेक कृतित्वलाई फूलबुट्टा भरेर माहात्म्य गान गर्ने महाभारतले कतैपनि सुनको पहाडको वर्णन भएको र भीमले कोसौं टाढादेखि त्यत्रो पहाड पुर्न माटो बोकी ल्याएको प्रशंग उल्लेख गरेको छैन । यसैबाट पनि यी आहानहरु यतैका स्थानीय उपज हुन् भन्ने ठाउँ रहेको छ । अझ उल्लेखनीय यो छ कि राजसुययज्ञको लागि पूर्वी देश सर गर्दै आउने भीमले सप्तनदी सप्तकोशी क्षेत्रका किराँतहरुलाई जितेको प्रशंग आउँदाआउँदै पनि यो सुनको पहाडकोबारेमा कतै उल्लेख गरेको पाइंदैन ।

विजयपुरको उत्सर्ग विशेषतः सेनबंशी राजाहरुका राज्यकालमा बढेको हुनुपर्छ । प्रस्तुत प्रशंगमा परेका रुद्राक्षारण्यमहात्म्य धनकुटा कुरुलेगाउँका तारिणी प्रसाद बरालबाट हात परेको थियो र उहाँ बराल सेनबंशी राजाहरुका पुरोहितखाले हुनु भएको कुरा नरहरीनाथ तथा लक्ष्मी आचार्यले स्पष्ट गर्नु भएको छ ।४ भन्न खोजिएको यही हो कि रुद्राक्षारण्यमहात्म्य सेनबंशी राजाहरुकै पालामा उनीहरुकै प्रयत्नमा रचित भएको थियो र रचयिताले विजयपुरलाई एउटा पुण्यभूमि बनाउन पुराण तथा वेदहरुको प्रशंगलाई सक्दो उपयोग गरेका थिए । उनै उल्लेखहरुको कारण विजयपुर सम्बन्धमा अनेक आहानहरु प्रचलित भए । अन्ततः यहाँका भूगोल तथा यसका विशेषताहरु सोही अनुरुप जनजिब्रोमा रंगिए ।

तराइसंगै जोडिएको यस विजयपुरमा शीत नपर्ने र औलो नलाग्ने तथ्यबारेमा पनि यसको भौगोलिक स्थितिलाई हेर्नेवित्तिकै स्पष्ट हुन्छ । विजयपुर तराइसंगै जोडिएको एउटा सानो पहाड हो । तराइ भन्दा यो स्थान उच्च छ र याहाँ हावा पनि लाग्दछ ।

लोकआहानले जोडेको छ कि याहाँ शीत नपरेको कारणले औलो लाग्दैन । शीतको कारणले औलो लाग्छ भन्ने कुरालाई विज्ञानले मान्यता दिएको छैन । विज्ञानले पुष्टी गरेको छ कि औलो एनेफिलिज भन्ने भाले लामखुट्टेद्वारा अन्य विरामीको रगत सद्दे मान्छेमा सरेर लाग्दछ । लामखुट्टेद्वारा यो रोग सर्छ भन्ने ज्ञान नहुँदा यस्तो निष्कर्ष जनमानसले निकालेको हुनुपर्छ । मदेशीतिर बाहिर शीत लाग्ने ठाउँमा लामखुट्टेले टोकी औलो लागेकै भएपनि अज्ञानतावश शीतलाई अवजस दिएको हुनुपर्छ ।

विजयपुरमा शीत वनाउने तुवांलोलाई हावाले उडाएर लान्छ र याहाँ शीत पर्दैन । तथ्य यो पनि छ कि औलो सार्ने लामखुट्टॆहरु यसै हावाको कारणले याहाँ रहन पाउँदैन र पहाडी जमीन भएको कारणले पानी जम्न नपाई यसको बंशबृद्धी हुने संम्भवना पनि पूर्णतः शून्य रहेको छ । लामखुट्टे छैन र औलो पनि छैन । तर विश्वास गरिन्छ शीत छैन र औलो छैन । काकताली त्यस्तै परेको छ - लामखुट्टे पनि छैन र शीत पनि छैन ।

यस पहाडको रातो माटोलाई लिएर पनि भौगोलिक निक्र्यौल यसरी गर्न सकिन्छ कि उहिले नै रुद्राक्षारण्यको समस्त १० योजन भूमी मदेशभन्दा उच्च ढाल परेको समतल रातोमाटोको भूमी थियो जसमा दुईवटा खोलाहरु सर्दू र सेउती दुई कुनाबाट बग्दथे । यीनै दुई खोलाहरुले दुईतिरबाट माथिल्लो रातोपत्र काटेर यो रातो पहाड मात्र रहन गयो । सर्दू र सेउतीको हालको प्रकृतिलाई हेर्दा पनि यो कुरा काल्पनिक मात्र अवश्यनै मान्न सकिन्न । भुगोलवीदहरुको लागि निश्चय नै यो चाखलाग्दो विषय छ ।

---
सहायक ग्रन्थ लेख तथा श्रोत व्यक्तिहरु
१. कवि श्री लक्ष्मी आचार्य- देशको माटो देशको ढुंगा
२. कवि श्री लक्ष्मी आचार्य - रुदाक्षारण्य
३. कवि श्रीमनबज्राचार्य -भेट र प्रकाशीत÷अप्रकाशीत कृतिहरु
४. पण्डित दिनानाथ - लोककथा उक्ति
५. पण्डित जगन्नाथ उपाध्याय- भेटवार्ता
६. बहिदार सुरथ बहादुर थापा- भेटवार्ता

 




अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
SElECT * FROM groups WHERE parentId = '0' AND type = 'CMS Links' ORDER BY weight
Access denied for user 'aswikrit_aswikri'@'localhost' (using password: YES)
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 


SELECT * FROM galleries WHERE groupId = '342' order by id desc
Access denied for user 'aswikrit_aswikri'@'localhost' (using password: YES)

Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   24551   times