Front Gallery


Aswikrit award 066 to Dr. Madhurya, Russia


Aswikrit award 065 to Hom Nath Subedi


Aswikrit award 065 to Hom Nath Subedi handed over in USA


Children's Literature Promotion Honor-065 to Pramod pradhan


Children's Literature Promotion Honor-065 to Kartikya Ghimire for ketaketinews.com


Children's Literature Talent Award 065 to Oskar Sapkota


Bimochan of Novel "James Wilson" (Part II) By Oskar Sapkota


Samman to Dr. Kavitaram Shrestha by Pravashi Nepali Sahitya Parishar UK


BigNepal.com Honor to Kavitaram in UK
Watch Video


Innovation Award for his book Ke Kina Bhaniyo? to Kavitaram in UK

INLS Honor to Kavitaram in USA


Inu Shrestha -064 Talent for International Network for Children's Literature

अस्वीकृत रचना

एएनएसको पिकनिक एएनए कन्भेन्सन र प्रॆमराजाको उचाई
अमेरिकामा एएनए र आइएनएसका ती अविस्मरणीय सहित्यिक कार्यक्रम

अमेरिकामा एएनए र आइएनएसका ती अविस्मरणीय सहित्यिक कार्यक्रम
-डा. कविताराम श्रेष्ठ (cartskrs@hotmail.com)


१. एएनएको कविता महोत्सव

दाई लौ जुलाई ४ मा मेरिल्याण्ड आउन पर्छ है ।

यी थिए प्रेमराजा र हाम्रो भेट भाथ्यो भर्जिनियामा भएको एएनएसको पिकनिक-२००८ मा ।

जुलाई ४ अर्थात् एएनएको २६सौँ कनेभन्सनमा । मलाई पहिले नै त्यसको कविता महोत्सवमा एउटा निर्णायकको भूमिका निभाउन निम्तो आएथ्यो । मैले गम्म फुलेर बताउँदै भने ए म त त्यसको कविता महोत्सवमा निर्णायक बनेर आउँदैछु नि । मलाई के थाहा कि त्यस वृहत कन्भेन्सनको आयोजकमध्ये नै यी महत पनि एक थिए । एक हिसाबले म यो सम्समरण लेखिरहँदा आफ्नो धक्कूमा लज्जित भईरहेको छु । सँगै म त्यस गोष्ठीका आयोजकहरुप्रति उत्ति नै असन्तुष्ट पनि छु । किनकि त्यस कार्यक्रमकोबारेमा मलाई कत्ति थाहा दिइएको थिएन र नै यस्तो वच्कना अभिव्यक्ति भएथ्यो मबाट ।

झण्डै पन्ध्रबीस दिन अघाडि मलाई त्यस कविता महोत्सवको संयोजक एचबि भण्डारीभन्ने कसैले निर्णायकको भूमिका निभाउन अनुरोध गर्नुभएथ्यो । मिति तोकिएको थियो जुलाइ ४ । यो कन्भेन्सन नै सम्पूर्ण उत्तर अमेरिकामा बस्ने अग्रणी नेपालीहरुको जमघट हुने हुँदा मेरोलागि धेरै महत्वको थियो । त्यसमाथि बौद्धिकताको परिचायक कविता गोष्ठी अझ गोष्ठी होइन महोत्सव नै । सुन्दै पनि यो उत्सव मात्र थिएन महोत्सव थियो । त्यस्ता अवसरमा मैले निर्णायकको भूमिका पाउनु भनेको मेरो लागि ठूलै सम्मान भएको सम्झेथेँ । तर झण्डै दसदिन बित्दा पनि फेरि मलाई केही फोन आएन । समय आइसक्यो तर कार्यक्रम हात नपरेको मात्र होइन आयोजककै अत्तोपत्तो थिएन ।

बासु श्रेष्ठसँग कुरा गरेँ । उहाँबाट थाहा भो यो कार्यक्रम अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासकै सहसंयोजकत्वमा हुँदै रहेछ । मैले बासुजिबाटै एचबिजीको फोन नम्बर लिएर सम्पर्क गरेँ । उहाँले तपाईंलाई निर्णायकमा होइन नेपालदेखि आउनुभएकोले अतिथीको रुपमा राख्ने भयौँ भनेर फ्याट्ट भन्नुभयो । मलाई थाहै निदिइ मेरो भूमिका परिवर्तन भएछ । अनि सोधेँ मैले मेरो भूमिका के हुन्छ सामान्य ढंगमा भन्नुभो त्यही त हो नि कविता सुन्ने बस्ने अनि फर्कने । पहिलोपल्ट दिमागमा आयो व्यवस्था पूरै हचपचमा छ । तत्काल मैले यसमा चाख नभएको जनाएँ । अनि त तत्काल उहाँले बोली परिवर्तन गर्नुभो । ए मैले बुझेँ ठीकै छ तपाईं निर्णायक नै बस्नुहोस् न त । म अब पूरै अन्यौलमा परेँ । एकएकछिनमा बोलि परिवर्तन भइरहेछ । भनिन्छ यो महोत्सव हो अनि ठूलै कन्भेन्सनको एउटा वौद्धिक अंग । तत्काल मैले गोविन्द गिरीलाई फोन गरेर मेरो असन्तुष्ठी जनाएँ । उहाँले तुरन्तै भन्नुभो । तपाईंलाई हामीले त्यत्रो सम्मान दिएर नेपालदेखि बोलाएका छौँ । सामान्य भूमिकामा मात्र तपाईं कसरी जान सक्नुहुन्छ तपाईंलाई निचिनेका हुन् साथीले । त्यसपछि आधा घण्टामा उहाँकै फोन आयो । दाई तपाईं निर्णायकमै हुनुहुन्छ । तपाईंलाई त्यहाँसम्म लाने ल्याउने बन्दोवस्त पनि हुन्छ ।

संयोजक रहेका एचविजीको फोन भने फेरि कहिल्यै आएन । बरु बसन्त श्रेष्ठको फोन आयो । उहाँ पनि त्यसमा निर्णायक हुनुहुँदो रहेछ । उहाँलाई त थाहा होला त्यहाँ केभइरहेको छ । मलाई त निम्तो पनि आको थिएन । मलाई कताकता आत्मसम्मानमा चोट लागेको अनुभूत भइरहयो । कार्यक्रमको रुपरेखा केही थाहा छैन । म कसरी उत्साहित हुने बासुजीले फोन गर्नुभो तपाईंलाई लाने र ल्याउने म भएँ । तै पनि म उत्साहित भइन ।

भोलीपल्ट अर्थात् २ तारिखमा बासुजीले फोन गर्नुभो कविता महोत्सव त जुलाई ३ मै गनॆ्र रहेछ । मैले छुट्टी मिलाएथेँ ४ देखि । के गर्ने साँझमा त म आउन सक्छु तपाईं छिट्टै पुग्न पर्ने भएकोले अर्को निर्णायक रहनुभएको बसन्तजीसँग जादै गर्नुहोस् ।

यस्तो अन्तिम समयसम्म कार्यक्रमको मिति नै गडबड भइरहेथ्यो । कत्रो हचपच नेपालकै गाउँका सामान्य गोष्ठीमा समेत यत्रो हचपच हुँदैन । यो त अमेरिका । मैले पचाइन । अमेरिका आवतजावत गरेको बीसौँ वर्ष भयो । मेरा बच्चाबच्चीहरु समेत अमेरिकी भैसके । आफूले पनि यतैको जागीर पचाएको पनि हो । यस्तो अव्यवस्था मैले यता कहीँ कहिल्यै देखेको थिइन । मिनेटको अन्तर होइन । घण्टाको पनि होइन । दिनकै फरक भइरहेछ । फेरि उल्टा । हामी नेपाली त ढीलाईको साँस्कृतिक पंन्छि छौँ । नेपालीसमय भनेर हामी आफै आफैलाई उडाउँन अभ्यस्त छौँ भने दुइ तीनघण्टा ढीला गरी पुग्ने नेपालीहरुको लागि २४ घण्टा अघाडि त्यो पनि अन्तिम घडीमा समय परिवर्तित हुँदा कार्यक्रमको हविगत के हुने हो

कार्यक्रममा त्यो भूमिका निभाउन भन्दा पनि त्यसको स्वरुप हेर्न अब अर्कै जाँगर भयो ममा । म गएँ बसन्तजीसँग । मेरियट होटल बाल्टिमोरमा रहेछ कार्यक्रम । बाल्टिमोर भनेको मेरो पेशासँग सम्बद्ध स्थान हो । यहाँकै जोन हप्किन्स युनिभसर्िटीको जपाइगो भन्ने प्रोजेक्टमा सातवर्षसम्म कन्सल्यान्ट भइ काम गरेथेँ । अमेरिकी प्रोजेक्टहरुसँग फिल्ड डाइरेक्टर भएर नेपालमा वषौर्ंसम्म काम गर्दै रहेपनि मलाई अमेरिका ल्याउने र अन्तर्राष्ट्रिय कन्सल्ट्यान्सी पेशामा पुर्याउने त बालटिमोरै हो । पहिलोपल्ट अमेरिकाको स्वाद दिने नै यही बालटिमोर हो । यो ठाउँसँग मेरो भावनात्मक लगाउ छ । तर यो ठाउँ त बालटिमोर होइन रहेछ । माइलौ टाढा अर्कै ठाउँ रहेछ । मलाई रमरमाउने त्यो अकाश छुने स्काइस्क्राइपरको दृश्य त्यहाँबाट देख्न सकिन्नथ्यो । िहंग नभए नि हिँग बाँधेको टालो मलाई भइरहेथ्यो । मलाई लागि रह्यो म आफ्नै पुराना ठाउँमा छु ।

होटल वरीपरी नेपालीहरुको चहलपहल देखियो । मूख्य कार्यक्रम त जुलाई ४ अर्थात भोलिपल्ट मात्र हो । अघिल्लो दिन भए पनि आएका रहेछन् है नेपालीहरु । सायद कविता गोष्ठीको कारणले पो यस्तो भएको हो कि । म उत्साहित भएँ । भेटिए गौतम दाहाल । घाँटीमा परिचायक माला लगाएका थिए । उनी पनि व्यवस्थापक मध्येकै रहेछन् । गाविन्दगीरिले डा। तारानाथ सर्मालाई ल्याए । उहाँ प्रमुख अतिथी हुनुहुँदोरहेछ । भाउजु शान्ता शर्मा पनि साथमा हुनुहुन्थ्यो । हामी कुसर्ीमा राखियौँ र साथीहरु लागे व्यवस्थापनमा । मान्छेहरु आउँदैथे । कसैसँग चिनापर्ची केही हुन सकिरहेको थिएन । सुरु गर्ने समय निक्कै हर्किए । भोक उस्तै लागिराथ्यो । तिर्खा उस्तै । नेपालतिर सामान्य गोष्ठीमा पनि सहभागीहरुलाई यसो खुवाउने गर्छन् । त्यतैबाट आएका साथीहरुले त्यस्तो व्यवस्था गरेको रहेछ भने अलिकत्ति खानेकुरो पहिले नै चड्काउने सुर ल्याएँ । तर त्यो व्यवस्था रहेन छ । तानादाइ त भोकले सिकिस्तै हुनुभयो र भाउजुले एक कुनामा लगेर बिस्कुट र पानी खुवाउनुभयो । एउटासम्म बिस्कुट माग्ने इच्छा थियो । तर दाईलाई फेरि के पर्ने हो भनी माग्न सकिन । दाईलाई धेरै भोको हुनै नहुने विमार छ रे । पाँच छ बजे सुरु गर्ने भनेको गोष्ठीको तारताम्या रातको दस बजेसम्म पनि मिलिरहेको थिएन । पछि बुझियो । त्यसको ब्यानर आइपुगेको रहेनछ । एकैछिनमा सुनियो ब्यानर लिएर आउदै गर्नुभएको होम सुवेदीजी जाममा फस्नुभएको छ रे । उहाँले खबर पठाउनुभएछ व्यानरबेगर नै कार्यक्रम सुरु गर्दै गर्नू भनेर ।

तर कार्यक्रम शुरु भयो ब्यानर आइपुगेपछि नै । गौतम देखिए माइकमा । उद्घोषणसँगै उनले भने वािसंगटन डिसी डटकमले लाइभ ब्रोडकास्ट गरिरहेको छ । मारेन के त्यो क्यामेराले अघिदेखि नै यहाँको लथािलंग खिचेको खिच्यै थियो । एचबि भण्डारीलाई सभापतित्व ग्रहण गर्न बोलाइए । ए एचबि भन्ने यो महोत्सवको संयोजक उनै रहेछन् । बल्ल चिनेँ । उनको घाँटीमा पनि परिचायक माला थियो । आसनग्रहणकै क्रममा बल्ल थाहा भो निर्णयकहरु म र बसन्तबाहेक गोविन्दगिरी प्रेरणा शाश्वत पराजुली तीर्थ पाण्डे विनोद रोकासमेतको फौज नै रहेछ । थहा भएन यी नामहरु पनि यहाँ जोजो देखिए उनलाई राखेका हुन् कि पूर्वनिश्चित थिए । गौतम दाहालले मलाई माइकबाटै गाउँले दाजुको रुपमा चिनाए । मलाई लागिराथ्यो यीनै गौतमले ओखलढुंगामा यो भन्दा व्यवस्थित कविता गोष्ठी गर्थे हालान् । अमेरिकाका नेपालीहरुको यत्रो २६ वर्षे इतिहास बोकेको सँस्थाको कन्भेन्सनमा यो के आयोजना भएको म चकित थिएँ ।

मैले बडै असन्तुष्ठी जनाएको लाग्ला तपाईंलाई यसको आउटपुटबाट तपाईंले यस व्यवस्थापनलाई आँक्न सक्नुहुन्छ । जस्तै छ जना निर्णायकहरु भएको यो महोत्सवमा केही आयोजकहरु समेत नौजना मात्र प्रतियोगी कवि थिए । मैले सुनेथेँ केही नभए पनि अमेरिका भरीका १५ हजार सहभागीहरु यस कन्भेन्सनमा भाग लिन आउँछन् । १ प्रतिशत मात्रले पनि कविता महोत्सवमा भाग लिएका भए १५० जना त कवि पक्कै हुन्थे । बाहिरकै चहलपहलमा पनि मलाई लाग्छ तीनचारसय मान्छे थिए । यो के नमिलेको हो तपाईं आफै पनि सोच्नुहोस् । हामी निर्णायकहरु र केही आयोजकहरुले कविता पाठ नगरेको भए यो एउटा कोठे गोष्ठीमात्र पनि हुने थिएन । कसरी महोत्सव भनी मान्ने

वालवालिकाहरुको लागि छुट्टै प्रतियोगात्मक कवितावाचन फोरम थियो रे । तर भाग लिन आए दुइजना बालिकामात्र । त्यसैले ठूलाहरुकै फोरममा उनीहरुले पनि मिसिएर भाग लिए । नौवटा प्रतियोगीमा प्रथम गौतम दाहाल द्वीतीय प्रभात अधिकारी र तृतिय सीर्जन ताम्राकार छान्न हामीलाई केही गाह्रो भएन । कविता भनिसक्दा नसक्दै सिद्धिएको थियो मूल्यांकन । मूल्यांकनको परिणाम सुनाउने जिम्मा मलाई थियो । हाँस उठने कुरा होला । विहान ब्रेकफास्टमात्र खाएको यो नेपाले भुँडीमा यो रातको १ बजेसम्म केही परेको थिएन । म भोकले हत्तु थिएँ र त्यो परिणाम भन्न जान पनि आँट थिएन । पानी छ कि भनी एक जना घाँटीमा परिचायक माला झुण्ड्याउने भाईलाई सोधेँ । लज्जित उनले सरी मात्र भने । तर एकैछिनमा दुइतीन बोतल पानी लिएर आए है उनी । बाहिर स्टल थियो सायद उनले आफ्नै पैसाले त्यो किनेर ल्याए । उनी रहेछन् एकराज सेन्चुरी । कार्यक्रमको अन्त्यमा धन्यबाद दिने भाषणमा उभिएपछि नाम थाहा हुन गयो ।

कार्यक्रम सिद्धियो कुनै आयोजकसँग परिचय नै भएको थिएन । कस्तो छायाँ परेको निर्णायक परेँ आफैमा अपठ्रो भयो र जे भए पनि अयोजक भण्डारीसँग गएर हात मिलाएँ । थाहा छैन उनले म कविताराम नै हुँ भन्ने चिने कि चिनेन् । त्यहाँ खाने बस्ने केही बन्दोवस्त थिएन । हामी फक्यौँ घर । घर अर्थात भर्जिनियाँ आउँदा रातको साढे दुइ बजेको थियो ।

भोलीपल्ट १० वजेतिर वािसंगटन डिसी डटकमको लाइभ च्यानलमा देखियो योगेश भट्टराई पनि आएका रहेछन् अतिथीमा । सुशील कोइराला पनि थिए । त्यहाँ त एकैछिनमा प्रेमराजा महत पो अतिथिलाई स्वागत मन्तव्य दिन आउँछन् । ल म दंग परेँ एकाएक उनको उचाई मभित्र धेरैमाथि उठ्यो । स्याबास भाई तिमी साँच्चै उठेका रहेछौ । सामान्य भीडको वाहवाहीमा फुलेर अल्मलिएका रहेनछौ । मेरो छाति गर्वले उठ्यो । मीत्र सोमनाथ घिमिरेले मलाई उहिले नै भनेथे यो त कलाकारमात्र होइन मान्छे अर्कै छ हेर्दै गर्नुहोला । उनले के हेर्नु भनेको हो अहिले मैले बुझेँ ।

कलाकारहरु जहाँ पनि नटुवा नै भएर रहन्छन् । राजनीतिकर्मी वा प्रशासन वा ठालुहरु जसले पनि कलाकारहरुलाई गाइने बनाएर नटुवा बनाएर उचाल्छन् ताली ठोक्छन् रमाउछन् र सामान्य ज्याला दिएर लखेटछन् । कलाकारहरुलाई ज्यालाभन्दा फ्यान प्यारो हुन्छ । तालि बजेकै छ रमाएर हाँसिदिएकै छन् कलाकारहरुलाई त्यो भन्दा बढी के चाहियो ठालुहरुले शोषण गरिरहेका हुन्छन् भन्ने कुरा अधिकतर कलाकारहरुलाई होसै हुन्न । हाम्रा गन्धर्भहरु पहिले देवकोटीमा थिए । युग वित्दै जाँदा सामन्तहरुले अछुत बनाएरै छाडे । यो वस्तुगत युगका कलाकारहरुको घैँटोमा अझै घाम लागेको छैन । आज पनि अछुतै बनाइएका छन् भन्ने बुझेकै छैनन् ।

तर यी प्रमराजा भने फरक रहेछन् । आफ्नो भाउ रखेका रहेछन् है । साँच्चै उनी होँच्याइएका अछुत कलाकारमात्र थिएनन् । उनै देवकोटीका गर्विलो गन्दर्भ थिए । मेरा यी अभिव्यक्तिले अरु कलाकारहरुको मान मर्दन गर्दै गरेको भान हुन्छ कि कृपया त्यसो होइन । म आफै पनि कलाकारको पहिचान राख्न लालायित मान्छे हुँ । किन त्यसो गर्थेँ मेरो भनाइ हो प्रमराजा भीडको तालीभन्दा माथि उठेका ठालुहरुका भाटमात्र नरहेका सही मानेका कलाकार थिए । उनले सही कलाकार हुनुको पहिचान दिएका छन् ।

बढी गुनगान गरेको जस्तो लाग्यो तपाईंलाई के गर्नु त यत्ति माथिका जनमानसमा राज गर्ने साँच्चैको माथिल्लो स्तरको कलाकार ऊ प्रमाणित थियो । नत्र लरतरले त्यो माइक पाउँछ संसारभरी उसको आवाज र प्रस्तुतिकरण प्रसारित भइरहेछ । के ख्यालख्याल छ तपाईंले पनि मान्न पर्छ कि यो उचाइमा त्यतै देखिने उनका दाइ कलाकारहरु पनि देखिएनन् । रहरले पनि यो हुन सक्दैन । इष्र्याले पनि हुन सक्दैन । राम्रा अनुहार भएर नि हुन्न । फिलिममा हिरोइनसँग नाचेकै भरमा पनि हुन्न । लुगा लाएर मात्र पनि हुन्न । कला भएर मात्र पनि हुन्न । बोली राम्रो भएरमात्र पनि हुन्न । सबैको मन जित्न सक्ने क्षमता पनि हुनपर्छ र त्यस्माथि पनि समाजलाई अग्रगामी बनाउन नेतृत्वको गुण पनि भएको हुनुपर्छ ।

के कलाकारहरु मनोरन्जन दिने पेशेवर मात्र हुन् के कलाकारहरु ठालुहरुका जोकरमात्र हुन् म भन्छु नै कलाकारको इज्जत राखेछन् भाई प्रमराजा महतले । आफू साहित्यकर्मी पनि भएकोले कताकता त्यस्तै व्यक्तित्व साहित्यिकहरु माझ पनि यहाँ भएको भए त्यो कविता महोत्सवको त्यत्तिसारो खील्ली पक्कै उड्ने थिएन । मन त्यहाँ नै कुँडियो । हेर्नुहोस् त के भयो बुद्धीका खेति गर्ने साहित्यकर्मीहरुको कविता महोत्सवको हाल मैले बढी भन्न पनि मिलेन र घटाउन पनि मिलेन । डिसी च्यानलले लाइभ दिइरहेथ्यो । त्यसमा मेरै घोषणा त्यसमा सुनिन्छ छ जम्मा नौजना प्रतिश्पर्धी भए भनेर । त्यसलाई छाडौँ । अब आउँ आइएनएस्को भानुभक्त जयन्तिको जमघटका कुरामा ।

२. आइएनएस्को भानुभक्तको जयन्तिको जमघट

उहिले १९ वर्षदेखि यो जयन्ति पोटाम्याक नदीको किनारमा भएको एउटा पार्कमा गर्ने परम्परा रहेछ । त्यो पार्कको नाम बिसे्रँ । यसै जमघटमा अनेसासले मलाई सम्मान गर्ने कार्यक्रम पनि जोडेको थियो । मलाई डर भइरह्यो कि १५ हज्जारसम्म उपस्थिति हुने अशा राखिएको कन्भेन्सनको थु्रपैतारे होटलको साहित्यिक कार्यक्रम त कुन हविगतको थियो भने यो अब के हुने हो डिसि च्यानलले यसलाई पनि लाइभ दिइरहेथ्यो । हेर्नुभयो होला कविहरु आए १०० नाघेर बालकविहरु पनि थिए आठदसजना । कार्यक्रम भव्य रुपमा भयो । मैले देखेको अमेरिकाको कविता महोत्सवभन्दा यो उत्सव पनि नभनिएको गोष्ठीको गुणत्मकता कता हो कता माथि थियो । मैले बढी बोलेको होइन अझै डिसी च्यानललाई दाहोर्याएर हेर्न सक्नुहुन्छ । त्यसको रेकर्ड अझै वेवसाइटमा उपलब्ध छ । देख्नुहुनेछ जमखट उत्साहप्रद थियो नै । अनि सहभागिता उस्तै ।

म त अर्को कुराले पनि मख्ख कि नेपालदेखि सम्मानमात्र खान आएको यहाँ मेरो अभिनन्दन नै हुनपुग्यो । अभिन्दन पत्र पढ्दामात्र मलाई यो कुरा थाहा हुनपुग्यो । शायद अभिनन्दन र सम्मान पर्यायवाची पनि हुनसक्छ तर मलाई अभिनन्दन बढी उच्च हुनुको मनोबोध छ । अझ त्यसमा पनि मलाई हर्षविभोर बनाउने शव्दहरु बुनिएका थिए । अभिनन्दनमा हुने योगदानको फुलबुट्टे चर्चाहरुले मलाई छुनेवाला थिएन । तर त्यहाँ अप्रत्याशित चर्चा थियो मलाई छुने कुराहरुको । यसमा भनिएको छ तपाईंँले सहकर्मी मित्रहरुका साथ शुरु गर्नुभएको अस्वीकृत जमात अहिले अस्वीकृत विचार साहित्यको रुपमा तपाईंको एकल नेतृत्वमा झाँगिदै र फैलदै विश्वव्यापि हुन गएको छ । मलाई पहिलोपल्ट जीवनभरको अभीष्टै सम्मानित हुन पुगेको अर्को मनोबोध भयो । म राम हुँ तर नाम राखेँ कविताराम । साहित्यिक भएकोले कविताराम र त्यो साहित्य पनि अस्वीकृतबादी । मेरो पहिचान नै अस्वकिृतबाद हो र सही मानेमा मेरो आस्था अभिनन्दित भएको छ । म हर्षविभोर थिएँ र अहिले यी पंति लेखिरहँदा पनि त्यही म त्यही मनोव्याप्तीमा लोतपोत छु ।

साहित्यमा अमेरिकाबासी नेपालीहरुको कत्ति रुची छैन तर धेरै रुची छ । दुवै विरोधाभासका कुरा देखेँ । कारणहरु केके छन् । मलाई थाहा छैन । तर म दॆख्थेँ यो पछिल्लो कार्यक्रमको व्यवस्थापन आफूमा स्पष्ट थियो । उसलाई थाहा थियो ऊ के गर्दै छ कहाँ गर्दैछ कसरी गर्दैछ । र सहभागी कस्ता छन् । मलाई लाग्छ अब आउने एएनएको २७ सौँ कन्भेन्सनले यसको कविता महोत्सव दुइ दिन अघि नै गर्नु छ भने पनि एउटा पाख पुगेको साहित्यकर्मीकै हातमा व्यवस्थापनको जिम्मा दिएको हुनुपर्छ । स्थानीय रुपमा त्यस्ता व्यक्ति उपलव्ध छैन भने बाहिरबाट ल्याएर पनि गर्नुपर्छ । साहित्यकर्मी छैन भने अरु कर्मीहरुलाई उधारो ल्याएर भए पनि गर्नुपर्छ । नत्र साहित्य विधाकै हँस्सी मजाक हुन्छ । लागिपरेका साहित्यकर्मीहरुलाई यो पच्दैन ।

आफू त साहित्यकर्मी । जता गए पनि धुन त्यही । नातिहरु अमेरिका आएपछि अंग्रेजीमात्र बोल्ने भए । गीत गाउँछन् र्याप । सुर चाहिँदै नचाहिने् । स्वर चाहिँदै नचाहिने । तालमा प्यारप्यारति बोल्न सके भइहाल्यो । त्यसैले उनीहरु र्याप गाउँदैनन् तर हान्छन् । र्याप हान्छन् । यो नगर्नु भन्ने मेरो भनाइ होइन । नेपाल नबिसे्र हुन्थ्यो भन्ने मात्र हो । एउटा हिपोक्रेसी । नेपाल सम्झनेहरुले गरेकै पो के छन् र नेपालमै हुने हामीहरुले कति पो गरेका छौँ र तर हिपोक्रसी नै भएपनि वा आफूभित्रको नजानिदो स्वाँग वा ढोँग नै भएपनि बच्चाहरुका दिमागमा नेपाल हुलीराख्न पाए हुन्थ्यो भन्ने लाग्छ नै । तपाईंलाई पनि पक्कै त्यस्तै लाग्ला । आफ्नोपनको माया हुन्छ नि त्यसैले ।

मेरो छोरो रसोज श्रेष्टलाई यतै कम्प्युटर एनिमेशसन सिक्न ल्यााएको थिएँ ऊ यतै भासियो परिवारसँगै । पढाइसकिएपछि डेनभरको सामुदायिक च्यानलमा उसले नेपाली भाषा संस्कृतिको हिमालय टिभि भन्ने मुनाफा नकमाउने टिभी च्यानल हेल्पिंग ह्याण्डको सहयोगमा राजेन्द्र राईलाई साथलिएर शुरु गर्यो । स्याबास छोरा । मैले उसलाई यसमा सम्भवभएसम्म सगाएँ । त्यो डेनबरको सामुदायिक च्यानल डिसिटिभिमा संचालित थियो । उनीहरु दुवैले स्वयमसेवीको रुपमा झण्डै तीन वर्षसम्म यसलाई चलाए । पछि डिसिटिभी नै टाटपल्टन गएछ र उनिहरुको हिमालय टिभि पनि त्यसैसँग सति गयो । हिमालय टिभिको एकमात्र उद्देश्य थियो अमेरिकाबासी नेपालीहरुको पोल्टामा प्यारो नेपाल राखिदिने । विशेषगरी यसबाट बालबच्चाहरुलाई नेपालीत्वको सामाजिकरण गर्न ठूलो सहयोग पुगेथ्यो । तर उडायो सपना सबै हुरीले ।

वच्चाहरुलाई के बनाउने भन्ने आमाबाबुकै इच्छामा भर हुने कुरा हो । अमेरिकामा आइसकेका बच्चाहरुलाई हामीले अनेकन मेहनत गरी नेपालीकरण गर्दै लग्छौँ । तर आधा अमेरिकन भइसकेको तपाइको सन्तानलाई आफूमुनिका सन्ततिलाई नेपाली बनाउने मोह र पागलपन तपाईंको सरह हुन्न नै । अनि त्यसै हो भने अहिलेको प्रयासको अर्थ के भयो जे गरे पनि र नगरे पनि उही नै हुने हो भने हाम्रो गराईको अर्थ के अर्थ देखिन्न र पनि हामी त्यसै चुप लाग्न सक्दैनौँ । हाम्रो त्यो पागलपनको प्रकृयात्मक कार्य र कारणको सम्बन्ध कहाँसम्म डोरिएर जाने हो हामीलाई थाहा छैन र पनि हामी त्यो गर्न छाड्दैनौ ।

त्यत्रो एएनएको कन्भेन्सनमा कविता भन्ने बालकहरु आए दुइजनामात्र त्यो पनि अंग्रेजीकै कवितासाथ । यही भानुजयन्तिमा पनि जति बालकहरु आए सबैमा अंग्रेजी शव्दहरु नै हावी थिए । भन्नुहोस् न हामी नै अब के गर्न सक्छौँ हामीलाई नै त्यो अब स्वाभाविक लाग्न लागेको छ र बरु अर्कै पाटामा हाम्रा लोभ टुसाउँछ कि हाम्रा बालबालिकाले नेपालीमा नसही अर्कै भाषामा भएपनि केही सीर्जना चाहिँ गरुन् । हामीलाई रहर छ उनिहरु पनि हामीजस्तै साहित्यानुरागी बनुन् । भाषा जुन प्रयोग गरेपनि । यस्तै सोच अन्यत्र विदेशी मुलुकमा बस्ने आमाबाबुको अवश्यै छ नै ।

दुइ महिना अघि म युकेमा ६ महिनाको लागि थिएँ । त्यहाँ त्यस्तै सोच राख्ने आमाबाबुसँग भेट भयो र निराकरणमूखी सहकार्य नै गर्यौँ । वालसाहित्यकार विनोद न्यौपाने मनीष श्रेष्ठ र राजुकार्की अदिले मेरै आतिथ्यमा नेपाली बालसाहित्य समाज खोले त्यहाँ । सल्लाह भो अन्तरर्राष्ट्रिय स्तरमा यसरी नै काम गर्दै जाने । अन्तरर्राष्ट्रिय स्तरको कार्यसंयोजनको अभिभारा मैले उठाएँ र यता अमेरिकामा आइपुग्दा कमल भट्टराई मधुसुदन पन्थी र मन्जु ज्ञवालीहरुको साथ लिएर यहाँ पनि भर्जिनियामा बालसाहित्य प्रवद्र्धन संंयोजन समिति गठन भयो । सल्लाहकारमा रहनुभयो होमनाथ सुवेदी बसन्त श्रेष्ठ र बासु श्रेष्ठ । यस समितिले त्यही भानुजयन्तिकै अवसरमा कमसेकम आफ्नै समुदायको बालबच्चाहरुलाई साहित्य सिर्जना गर्ने कार्यशाला गोष्ठी आयोजित गर्यो । एकै दिनमा १३ जना बालबालिकाहरुलाई जुटेथ्यो र ३ घण्टासम्म वालकहरुसँग अन्तरकृया गरी प्रत्येकबाट केही न केही रचना गराएरै छाडेथ्यौँ । ती रचनाहरु सामान्य सम्पादनसाथ युकेबाट विगनेपाल डटकम र अमेरिकाबाट खसखसडटकममा प्रकाशन शुरु भइसकेको छ ।

चाहे पछि नहुने के रहेछ र सीर्फ तीन जनाले एकै दिनमा १४ जना वालवालिकालाई जुटाएर एउटा उदाहरण पेश गर्यो नै । यसैवेला एएनको त्यही कविता महोत्सवमा हुनुपर्ने वालसाहित्य गोष्ठीको गर्भभित्रैको तुहाइलाई सम्झेर दिक्क हुनु पुगिरहेछु । मनले चाहे त हुने रहेछ नि नचाहनेहरुले किन व्यवस्थापक हुनुपर्यो कसले कर गर्यो कि रहरै मात्र थियो त्यहाँ

यता र उता फड्को मार्दामार्दै फेरि त्यहाँ नै एएनएकै जमघटमा म यो सम्समरणसाथ पुग्दैछु । प्रेमराजाको अनुरोध थियो आउनु भनेर । र मैलेपनि निकै गम्भीर प्रकृतिको जिम्मेवारीमा आफू भएको धाक दिएकै हुँ । अनि यता त्यही जिम्मेवारीमा मेरो सोचले वास्तविक रुपमा लोप्पा खाएकै हॊ । प्रेमराजालाई मेरो के हविगत भयो थाहा भयो या भएन थाहा छैन । उनलाई म आउनु र नआउनुको कति नै महत्ता राख्थ्यो र इज्जतसम्म दिएको हो । मलाई त्यो थाहा थ्यो । तर आफ्नै त्यही अवास्तविक धक्कूको असामान्यतालाई धुन पनि मलाई त्यसमा जानै पर्ने मनोस्थितिले त्यहाँ पुर्यायो । म दोस्रो दिन गएँ नै । जुलाई ४ को त्यो दिनको उद्घाटन समारोह सकिइसकेको थियो र लन्च ब्रेक थियो यो बेला । बाफरे बाफ भीड । भीत्रका कुरा छाडौँ । बाहिर आँगन र पार्किंगमा समेत खुट्टा राख्ने ठाउँ थिएन । साहित्यिक जमघटकै मात्र किन त्यस्तो हविगत दुःख लागिरह्यो अमेरिकामा हामी नेपालीहका वुद्धीको खेतिको हालमात्र किन त्यस्तो  ?













अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Roman font to unicode Keyboard of Preeti font
 


Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   169   times