Front Gallery


Aswikrit award 066 to Dr. Madhurya, Russia


Aswikrit award 065 to Hom Nath Subedi


Aswikrit award 065 to Hom Nath Subedi handed over in USA


Children's Literature Promotion Honor-065 to Pramod pradhan


Children's Literature Promotion Honor-065 to Kartikya Ghimire for ketaketinews.com


Children's Literature Talent Award 065 to Oskar Sapkota


Bimochan of Novel "James Wilson" (Part II) By Oskar Sapkota


Samman to Dr. Kavitaram Shrestha by Pravashi Nepali Sahitya Parishar UK


BigNepal.com Honor to Kavitaram in UK
Watch Video


Innovation Award for his book Ke Kina Bhaniyo? to Kavitaram in UK

INLS Honor to Kavitaram in USA


Inu Shrestha -064 Talent for International Network for Children's Literature

अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

हज्जारौँ वर्षको अन्तरालपछि देशमा ठूलै परिवर्तन आएको छ । विगतको राजनीतिक द्वन्द्वको परिस्थितिमा बसेर यस क्षत्रमा जे हुनुपर्थ्यो । जसरी हुनुपर्थ्यो  सत्ताको डंकनको कारणले गार् हो थियो । अबको खुलेको परिवेशमा लेखनका विषयहरुले कायापलट गरिसकेको अवस्था छ । जस्तै हीजो जुन विषयलाई साम्प्रदायिक मानिन्थ्यो वा उग्रवादी वा अराजक मानिन्थ्यो आज त्यो विषय साहित्यकारहरुको लागि समावेशी वा लोकतान्त्रिक वा क्रान्तिकारी अभिष्ट बन्न पुगेको छ । यो नयाँ परिस्थितिमा बहुदा साहित्यकर्मीहरुलाई अगाडि बढ्न हीजोको त्यो मानसमा भएको कुसँस्कारलाई आफैभित्र अस्वीकारेर नयाँ विषयमा आफूलाई ढाल्नु चुनौति बनेको छ । वास्तबमा सहित्यकारहरु क्रान्तिको अग्रदूत हुनुपर्दथ्यो । तर हीजो हाम्रा बहुधा साहित्यकारहरु पूर्ववत मान्यताका भाटगिरीमै मस्त भई जनताभन्दा धेरै पछि परेका थिए । अबको परिस्थितिमा त्यो पूर्ववत साधनाले काम गर्दै छैन । त्यसैले त्यस्ता पछौटे साहित्यकारहरुलाई यात त्यसैमा ढालिन पर् यो या त लेखन धर्म नै छाड्न पर् यो । जो लेख्छु नै भन्दैछन् ती सबैलाई यसैतर्फ साधनारत हुनै पर्ने अवस्था छ । उनीहरुको लागि निक्कै गाह्रो स्थिति छ । अर्काखाले क्रान्तिकारी साहित्यकर्मीहरुमा भने परिवर्तनका आभास प्रचुर छन् । तर उनिहरुको पखेटा पनि युगौँको पिँजडामा बन्दी रहेका कारणले कुँजिएका छन् । मुक्त आकाश भेट्दा पनि र आफूमा जोश रौस र शक्ति हुँदाहुँदैपनि उन्मुक्त भएर उड्न कुँज्याइको कारणबाट अशक्त भइरहेको स्थिति छ ।
 
गणतन्त्र आउँदैमा लोकतन्त्र वहाली भइसकेको छ भन्न कदाचित मिल्दैन । कैयुँ गणतान्त्रिक देशमा प्रजातन्त्र कुँजिएर रहेका उदाहरणहरु हाम्रासामू छन् । समाजमा लोकतन्त्र तब बहाली भएको हुन्छ जब बौद्धिक आर्थिक राजनीतिक सामाजिक साँस्कृतिक जैविक लैंकिग र भौगोलिक सुगमताले पुष्ट वर्गबाट शोषित शाशित दलित र अस्वीकृत वर्गले सही मानेमा समानरुपले बाँच्ने मौकाहरु प्राप्त गर्दछन् । त्यो त्यति बेला सम्भव हुन्छ जुन बेला क्रान्तिबाट सफल भएका वर्गले तछाडमछाड त्यागेर समानताको आधारमा अगाडि बढ्न शुरु गर्दछ । तर मान्छे भन्ने जात अति नै स्वार्थी हुन्छ । उ सत्तामा पुग्नेवित्तिकै उनका सबै आदर्शहरुले हावा खान्छन् । यस्तै अवस्थामा साहित्यले अग्रगामी भएर अहम् भूमिका खेल्नपर्ने हो । हाम्रो साहित्यमा भएको बिडम्बना नै यही हो कि त्यो जीविकोपार्जनको लागि समयसापेक्ष हुन संघर्षत हुन्छ । सामयसापेक्षता नै हाम्रो साहित्यको अभीष्ट रही आएकोछ र अब हुने पनि त्यही देख्दछु । समयसापेक्षता मात्र भाटगीरी हो । त्यो यथास्थितिबादिता हो । अप्रगतिशीलता हो । हीजो हाम्रो देशमा साहित्यमात्र होइन राजनीति पनि जनताभन्दा पछि थिए । जनताभन्दा पछि पर्ने राजनीतिले अब हावा खाइसकेको स्थिति छ । हाम्रो साहित्य जनता त के राजनीतिभन्दा पनि पछि परेकाले त्यसको हाल अझ निकृष्टतम थियो । र अझै त्यही हुने देख्दछु ।
 
साहित्य अग्रगामी हुनुपर्छ । समयसापेक्ष होइन । साहित्यले समयलाई आफ्ना अग्रगामी प्रगतिशीलतासापेक्ष बनाउन पर्छ । सत्तामा विराजमान राजनीतिक शक्तिलाई तत्काल छाडेर राजनीतिलाई नै पथनिर्देशन दिन लाग्नपर्दछ । प्रतिगमन शक्तिलाई नामेट गर्ने काममा सगाउँदै बाँकी कार्यहरुमा प्रतिपक्षीको भूमिकामा होमिनपर्छ । हरेक समय सकारात्मक खबरदारी गरिरहेको हुनुपर्छ । यो भुल्नु हुन्न कि सत्ता सदा दमनकारी नै हुन्छ । मैले भन्न खोजेको हो उनै क्रन्तिकारी शक्ति नै सत्ताको मोहमा पछि गएर व्यवधान हुन जान्छन् निरंकूश बन्नसक्छन् । बुद्धिको खेती गर्नेहरु जबसम्म सत्ताको मोहमा हुन्नन् र प्रतिपक्षमा रहेर खवरदारी गर्दै रहन्छन् तबसम्म हरेक क्रान्तिले बढीमा बढी लोकतन्त्रको उचाई हासिल गरिरहेको हुन्छ ।
 
प्रगतिशील कर्मीहरुको लागि क्रान्ति कहिल्यै टुंगिदैन । कहीँ कुनै पनि जीव निर्जीव प्रघटनामा प्रगतिको लागि सीमा हुन्न । यही कुरा रंगकर्मीहरुलाई पनि लागु हुन्छ । तर दायित्वकै कुरा गर्ने हो भने रंगकर्मी वा चलचित्रकर्मीहरुसमेतको संस्कृतिकर्मीमा त्यो दायित्व बढी घनिभुत छ । साहित्य भनेको बौद्धिक समुदायमा जाने एउटा विधा हो तर चलचित्र वा रंगमंचन भनेको सबै तहका सवै उमेरका सबै िलंगका जनसमुदायमा प्रत्येक्ष जाने कुरा हुन् । साहित्यमा भएका सानातिना गल्तिहरु बौद्धिक समुदायले यसै पचाउँछन् तर रंगमंच वा चलचित्रमा भएका ससाना गल्तिले वीषकै काम गर्न सक्छ । त्यसैले यसक्षत्रका कर्मीहरुका समवेदनशीलता र दायित्वबोध नीकै गंभीर हुनुपर्छ । साहित्यकर्मी रंगकर्मी एवम चलचित्रकर्मीहरुले अहिलेको आवश्यकतालाई प्राथमितकता दिई जनतालाई सुसूचित गर्ने र अग्रगमनको बाटो निर्देश गर्नुपर्छ । यी विधाहरुमा अग्रगमनको शत्रु को मीत्र को परिवर्तित स्थिति के र अबका दिशा के बाटोहरु के र गन्तव्य के यी सबैको स्पष्ट निर्देशन हुनु जरुरी छ ।
 
समाजमा मैले आर्थिक हिसाबको वर्गिकरणलाई मात्र होइन राजनितिक हिसाबको वर्गिकरणको पनि धेरै पहिलेदेखि कुरा गर्दै आएको छु- ती हुन् शासक र शासित वर्ग । हामी सबैले देखेका छौँ आर्थिक वर्गनाश भएको देश चिन र सोभियत रुसमा शासक र साशित वर्गको उदय भयो र त्यहाँ अर्कोखाले शासक र शासित वर्गबीच संघर्ष भयो । त्यसकारण मैले अस्वीकृत विचार साहित्यिक आन्दोलनमार्फत जसरी शोािषत वर्गको वकालत गर्दै आएको छु सँगै उत्तिकै जोडले शाशित वर्गको पनि गर्दै आएको छु । यस वैचारिक लडाइंमा मैले धेरैबाट अराजकतावादी भन्ने गालि पनि खाँदै आएको छु । तर आज आएर मेरै देशमा मेरो त्यो उठानको अर्थ लाग्दै गरेको पाएको छु । यो हिमवतखण्डका सम्पूर्ण जनजाति आदिबासी अनि दलितहरु हज्जारौँ वर्षदेखि आफ्नै भूमीमा शासित हुँदै आएका थिए र आज भर्खर एउटा क्रान्तिपछि उनै शासितहरुलाई स्थापना गर्न समावेसी अबधारणाहरु आइरहेका छन् । यहाँ आएर जुन हदमा आर्थिक समानताका लागि संग्राम भइरहेछ त्योभन्दा माथि आएर शासित वर्गको स्थापनामा बढी यो संक्रमणकाल संघर्षशील भइरहेको यथार्थ छ ।
 
वर्तमान परिवर्तित परिस्थितिमा िसंगो समाजलाई साहित्य कलामार्फत् कसरी अग्रगामी बनाउन सकिन्छ भन्ने एउटा प्रश्न उब्जन्छ । यो स्पष्ट छ नेपाली विश्वविद्यालयहरुले अहिलेसम्मका उत्पादन गरेका संस्कृतमूखी साहित्यकार र उनैद्वारा उत्पादित साहित्यिक अध्यापकहरुले त्यो गर्दैनन् । हज्जारौँ वर्ष पुराना जीर्ण मान्यतामूखी पाठ्यपुस्तकका यी उत्पादनबाट त्यो कदाचित
हुनेवाला छैन । सत्तामा बस्ने दलहरुलाई सन्देश यो दिन सकिन्छ कि अहिलेको परिवर्तित मूल्यअनुरुपका अग्रगामी पाठ्यपुस्तकहरुका निर्माण र त्यसै साथ नयाँ पिँढीलाई यसतर्फ अग्रसर बनाउन पर्छ । साथै नयाँ नेपालका प्रगतिशील क्रान्तिकारी कलाकर्मीहरु तथा साहित्यिकारहरुमा अरुको पनि सुन्ने धैर्यता र खुलापन हुनुपर्ने मैले देखेको छु । अबको साहित्य तथा कला शोषितूुखी मात्रै होइन शासितमुखी पनि बनेको हुनपर्छ । आजको भाषामा भन्ने हो भने शाशितहरु समेतको समावेशी साहित्य हुनुपर्छ । शोषितको साथै शासितहरुको मुक्ति पनि साहित्यको अभिष्ट रहनुपर्छ ।
 
छोटोमा भन्नु यही छ कि कुनैपनि प्रगतिशील संघर्षको अन्त्य कदाचित हुन्न । समाजमा प्रगतिशील संघर्ष सकारात्मक परिवर्तनको लागि एक नभइनहुने माध्यम हो । त्यसैले समाजमा संघर्ष एउटा शाश्वत परिघटना हो । त्यो थियो छ र सदा रहने छ । जब समाजमा संघर्ष सिद्धियो भनिन्छ त्यहाँ नै प्रगतिको क्रम अबरुद्ध भयो भन्ने जाने हुन्छ । हरेक समाजमा घट्ने यही हो कि हरराजनीतिकर्मीहरु आफ्नो दुनो सोझिनेसाथ थपसंघर्षप्रति निरुत्साहित हुन्छन् । अझ भन्ने नै हो भने उसको दुनो गुम्ने डरमा प्रगतिशील संघर्षलाई निरुत्साहित गर्न लाग्दछ । या त उनिहरु संघर्षशीलतालाई किनेर भाटगीरीमा परिणत गराउँन लाग्छन् या असामाजिक तत्वको रुपमा अस्वीकार गर्दै त्यसैमाथि दमन शुरु गर्दछन् । सही साहित्यकर्मी तथा कलाकर्मी कदाचित भाट रहन सक्दैन । हरेक विसंगतिविरुद्ध उनको चेत जागरुक रहेको हुन्छ । कतै उ रोकिन्न । कतै उ विक्दैन । कतै ऊ भुल्दैन । रोकिनु विकिनु वा भुल्नु उसको मृत्यु हो भन्ने उ बुझ्दछ । ऊ सदा संघर्षशील खबरदारी र विद्रोहमा जीवन्त भइरहन्छ । आकाश खस्छ भनेपनि ऊ विचलित हुन्न । ऊ भाट रहन सक्दैन । अबको खुलापनको बिमा उसैको हतमा छ । स्वतन्त्र समाज निर्माणको लागि निर्देशको जिम्मा उसैमा छ । धन्यबाद ।



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Roman font to unicode Keyboard of Preeti font
 


Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   171   times